Tuesday, April 26, 2011
Posted by
MY WORDS
,
at
4:29 AM
महिला र पुरुष एक अर्काका परिपुरक एक अर्का बिना अपुरा अधुरा जसले जे भने पनि जे गरे पनि जति नै सृष्टिको खिलाफ ठुल ठुला गफ गरे पनि महिला र पुरुष सधै एक अर्का बिना अधुरा हुन यो कुरा सबैले आ आफनो ठाउ बाट महसुस गरेका छन मात्र कसैले त्यसलाई समाजको अगाडि व्यक्त गर्छन त कसैले र्गदैनन बस फरक यति मात्र हो । एउटि समझदार र साहसि श्रीमति पाए पुरुषको भाग्य बन्छ उ अफलताका हरेक खुडकिला चढदै सफल बन्छ त्यसैगरि सहयोगि र सम्बन्धमा इमान्दार श्रीमान पाए महिला पनि सफल र सक्षम हुन्छीन ।एक अर्काको माया र विश्वासमा अडेको सम्बन्ध हो श्रीमान र श्रीमतीको । जति कसिलो बन्धन हो यो त्यति नै कमजोर पनि ?त्यसैले कहि कतै दुईमा एक चुक्न पुगेमा सजिलै टुटन पुग्छ । त्यसैले हर एक कुरामा ध्यान दिनु पर्छ ।कहिले काहि सोच्नु पर्दछ म मेरो सम्बन्ध प्रतिकति इमान्दार छु । स साना कुरामा ख्याल राख्नाले जिवन रमाइलो र सुखि हुन्छ तर साथिलाई बेवास्ता गर्नाले जिवन नरक हुन्छ । महिला र पुरुषको सम्बन्ध भनेको व्यापारी र ग्राहको जस्तो हुदैहोईन तर अचेल त धेरै पढेका अधिकार र कर्तव्य बुझेका हरुले भाषण गर्न र आफनो स्वार्थ सिद्व गर्ने नाममा वा भनौ जागिर बचाउने नाममा सम्बन्ध माथि राजनिति गरेर खतम पारे । महिला र पुरुषको सम्बन्धमा हामि आमा बुवा काका काकि दाजु भाउजु मामा माइजु दिदि भाई छोरा छोरी भतिजा भतिजि नन्द देवर जस्ता धेरै सम्बन्धहरुको बिचमा हुर्किएका हौ ।त्यसैले हामिले जति सजिलो गरि सायद सम्बन्धलाई कसैले पनि बुझदैन तर पनि हामि काहा कहिले चुक्न पुग्यौ गम्भिर हुने बेला आएको छ ।हामिले पहिले पनि देखेका थियौ हाम्रा कति आफन्तका घरमा कसैकोमा काकिले शासन गर्नु हुन्थ्यो कसैकोमा मामाले कोहि अत्याधिक कडा स्वभावका कोहि साहै नरम कसैको घरमा गाउ नै र्थिर्कने गरि झगडा हुन्थ्यो त कसैकोमा ठुलो स्वरपनि सुनिदैन थिए ति सबै कुरा हामिले देखेकै हौ तर त्यति कारणले उनिहरुको घर कहिल्यै टुटेको हामिले देखेनौ तर अचेल त सामान्य कुराले पनि जसकसैको घर टुटन थालिसकेकोछ । कारण के त ?गम्भिर भएर सोच्ने बेला आइसकेको छ।
Subscribe to:
Post Comments (Atom)