Sunday, April 17, 2011

२०६७ चैत्र ३० गते मेरो रिपोटमा ब्लगर अफ दि विक हुदा भएको कुराकानि

,
कविता गुरागाईंले करीव २ बर्षअघिदेखि ब्लगिङ शुरू गर्नुभएको हो । पहिले सञ्चार क्षेत्रमा काम गर्नुभएकी उहाँले बढी महिलाका सवालमा ब्लग लेख्नुहुन्छ । मेरोरिपोर्टमा नियमित योगदान गर्ने कविता यो साता मेरोरिपोर्टमा साताको ब्लगर हुनुहुन्छ । उहाँको ब्लगिङ अनुभव र नेपालको ब्लगको सन्दर्भमा कुराकानी गरिएको छः



ब्लग लेख्न कहिलेदेखि शुरू गर्नुभयो?

सन् २००९ देखि लेख्न शुरू गरें । अहिले ब्लगकै रूपमा शुरू गरे तर यसलाइ महिलासम्वन्धी म्यागाजिन (Women Magazine) को रूपमा लैजाने योजना छ ।



के का लागि ब्लग लेख्नुहुन्छ?

महिला, मेरो मुख्य सवाल महिला हो । म एउटा महिला हुँ । मैले जहिले पनि पहिले महिलालाइ हेर्छु । उनीहरू खुलेर बोल्न सक्दैनन् किनभने उनीहरू आर्थिक रूपमा सक्षम छैनन् । आर्थिक रूपमा सक्षम नहुँदासम्म आफ्नो लागि लड्न सकिदैंन । तराइ, जुन ठाउँमा म जन्मे, त्यहाँ महिलालाइ ग्याँसको सिलिण्डर पड्काएर मार्ने वा जवर्जस्ति बिहे गर्ने गरिन्छ, यसले मलाइ महिलाका बारेमा लेख्ने गरायो । फेरि महिला भन्दैमा महिलाको बारेमा राजनीति गर्ने भने होइन । म देख्छु, कतिले पुरूषलाइ गाली गरिरहेका हुन्छन्, म पुरूषको अस्तित्व अस्विकार गर्ने महिला होइन ।



यी सवालहरू उठाउन ब्लग नै किन शुरू गर्नुभयो?

मैले शुरूमा लेखेका कति फिचर वा लेखहरू मुलधारका म्यागजिनमा छपाउन पठाएँ । मैले लेखेका ती फिचरहरू छापिन अस्विकृत भए किनभने त्यसमा भनाइ लिइएका व्यक्तिको भनाइ छापेर पत्रिका वा म्यागाजिनलाइ कुनै फाइदा हुँदैनथ्यो । मैले स्वतन्त्र रूपमा मेरा कुराहरू राख्न पाउने ठाउँ अनलाइनभन्दा अरू कुनै देखिन, त्यसैले ब्लग शुरू गरे । मेरो ब्लगमा म लेख्नको लागि स्वतन्त्र छु ।



के फरक भेट्नुहुन्छ मूलधारको मिडिया र यो बैकल्पिक मिडियामा?

मूलधारको मिडियाले स्वार्थ भनेको कुन कुराले मेरो मिडिया चल्छ अथवा आम्दानी हुन्छ भन्ने रहन्छ । जवकी, ब्लग वा यस्ता बैकल्पिक मिडियामा त्यो स्वार्थ रहदैंन । उदाहरणका लागिः मेरोरिपोर्टमा मैले चाहेको कुरा लेख्न सक्छु, म स्वतन्त्र छु । र अर्को महत्वपूर्ण कुरा, मान्छेको धैर्यता निकै कम भएको छ । अनलाइनमा मैले लेखेको कुरा तत्काल पब्लिस हुन्छ र कमेन्ट पनि गर्न सकिन्छ जुन मुलधारमा सम्भव छैन ।



ब्लग लेख्दाको कुनै रमाइलो अनुभव?

गृहिणीको उदाहरण लिउँ, मैले यो पोस्ट १० मिनेटमा लेखें अनि मेरोरिपोर्टमा पोस्ट गरे । यसको प्रतिक्रिया निकै राम्रो आयो, धेरैजनाले मन पराउनुभयो ।


मेरोरिपोर्टमा कविताको पेजः http://meroreport.net/profile/Kabita

ट्विटरमा कविताः @pokharelketi

2 comments to “२०६७ चैत्र ३० गते मेरो रिपोटमा ब्लगर अफ दि विक हुदा भएको कुराकानि”

  • April 22, 2011 at 5:13 AM
    elizabeth says:

    You are a wonderful woman Kabita! Terrific interview :) -- me.

  • April 26, 2011 at 4:19 AM
    MY WORDS says:

    Thank you Elizabeth

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates