सानोमा स्कूलमा नाइटिङलको कथा पढदा आफुपनि ठुलिभएपछि उनि जस्तै बन्छु भन्ने सोचाई राख्दथे। तर अहिले सम्झिदा लाग्छ हामि केटाकेटी कति मुर्ख हुदारहेछौ जसकसैको बारेमा राम्रो कुराहरु पढने बितिक्कै उस्तै बन्ने कलपना मनमा पाल्ने तपाई हामि सबैले सानोमा पढेको कुनै न कुनै कथा या जिवनीको पात्र जस्तो आफुपनि बन्ने सपना पालेर हुर्किएका हुन्छौ। उहाँले पालेको नाइटिङल बन्ने सपना पुरा त भएन तर नेपाली रंगमंचमा भने उहाँ चम्किलो तारा हुनुहुन्छ ।उहाँ बिनाको नेपाली रंगमंच अपुरो छ । उहाँ हुनुहुन्छ नेपाली रंगमंचकि र्चिर्चत अभिनेत्री निशा शर्मा । जसको जिवनको आधा बढि समय नाटक खेल्दै मा बितेको छ।
उहाँ २०२७ साल भदौ महिनामा काठमाण्डौको कालिमाटिमा बुबा रामप्रसाद शर्मा र आमा लक्ष्मी शर्मा कि काइली छोरीको रुपमा जन्मिनु भएको थियो ।उहाँ सातमहिनामा जन्मिनु भएको थियो डाक्टरले उहाँको ममिलाई तपाईकि यी छोरी बाच्नेछैनन त्यसैले यहि छोडेर जानुस भन्दा उहाको ममिले नमानेर आफै सँग लगेर उहालाई बचाउनु भएको थियो । छ सन्तान,छोरी र एक छोरा को बिचमा हर्किनु भएको थियो ।जन्मिदा सानो र मुटुको रोग पनि भएकोले उहाँको स्कुलेजिवन ढिलो सुरु भयो ।
म मुटु रोगी भएकोले गर्दा सबैले धेरै माया गर्नुभयो र म पुलपुलिएर हुर्किए । म सधै साथिहरु सँग झगडा गरेर उनिहरुलाई कुटेर आउथे केटाको जस्तो स्वभाव थियो मेरो बाटोमा जिस्काउन बस्ने धेरै केटाहरुलाई मैले कुटेकि छु । अहिले पनि मेरा पुराना साथिहरु मलाई भेटने बितिक्कै जिस्काउछन तिमि पहिला जस्तै छौ कि बदलियेउ । ममिले सधै भन्नु हुन्थ्यो तैले मलाई छोरी भएर पनि सधै छोराले जस्तो अरु लाई कुटेर आएर दुख दिईस ।त्यो बेला को समाजमा छोरीमान्छेले यसरी कुटदै हिडनु भनेको धेरै ठुलो कुरा थियो तर म कसैमाथि अन्याय भएको हेर्नै नसक्ने खालकि थिए । साथिहरु सँग कुटाकुट हुदा सधै मै जितेर आउथे ।
उहाँ काठमाण्डौको अमर आर्दश माध्यमिक बिधालयमा पढनु भएको थियो । पाँच बर्षको उमेरमा पहिलो पटक स्टेजमा उत्रेकि थिए राष्ट्रिय सभागृहको स्टेजमा बिजय मल्लको कंकाल नाटक माफत ,त्यसपछि २०३९ सालमा बद्रि अधिकारिको लेखन, सुनिल पोखरेल र बद्रि अधिकारिकै निर्देशन रहेको नाटक प्रतिभा आकाश मान्छे र २०४२ साल देखि हाल सम्म निरन्तर नाटकमै अभिनय गरिरहेकि छु। आरोहण गुरुकुलमा देखाउने नाटकमा उहाँ अभिनय गर्नु हुन्छ। प्रेमपिण्ड र परिभाषा नामक नेपाली चलचित्रमा पनि उहाँको अभिनय हेर्न सकिन्छ । त्यसै गरि तीन दर्जन भन्दा बढि टेलिचलचित्र पनि उहाँले खेलिसक्नु भएकोछ ।भिड देखि भिड सम्म नामक टेलिचलचित्र त्यो समयमा धेरै नै चर्चित भएको थियो । म सानै देखि गित गाउने र डान्स गर्ने गर्दथे जसले गर्दा मेरो ममिलाई मलाई सितार सिकाउने मन थियो भने दिदि हरुलाई चाहि भारत नाटयम तर यी दुबै कुराहरु पुरा हुन सकेनन। उहाँको विवाह २०४७ साल माघ २० गते रंगकर्मि तथा निर्देशक सुनिल पोखरेल सँग भयो ।उहाँ सुनिलजी सँग मेरो भेट२०३६ सालमा भएको थियो । सुनिल जी मेरो दिदिको साथि हुनुहुन्थ्यो । यहि चिन जान प्रेममा परिणत भयो र हामिले बकायदा मागि विवाह गरेका थियौ । सुनिलजी ले मलाई माग्न मेरो घरमा पठाएर हाम्रो विवाह भएको थियो। अहिले हाम्रो १८ बर्षिय एक छोरो छ।
दुबै जना एउटै क्षेत्रमा कति सजिलो छ त? सजिलो त धेरै हुन्छ एकले अर्काको काम लाई राम्ररी बुझिन्छ फेरि संगै काम रमाइलो पनि हुन्छ तर कहिले काहि कामको कारण भएका कुराहरु घरमा निस्कन्छ र घरमा भएको कुराले काममा पनि असर गर्छ यो चाहि नराम्रो पक्षहो ।
विवाह आवश्यकता हो कि होइन ? केहि हद सम्म हो पनि र होइन पनि विवाह भनेको परापूर्वकाल देखि चलिआएको परम्परा हो र उमेर ढल्कदै गएपछि आफनो सुख दुख बाडने साथि चाहिने हुदा यो आवश्यकता बनेको हो तर विवाह नगरि बाच्नै सकिदैन भन्ने बिचार चाहि सहि होइन किन भने विवाह गरेर सँगै बस्न नसकेर छुटिएर बसेका कयौ जोडिहरु छन हाम्रो समाजमा त्यसैले यसलाई म आवश्यकतै हो पनि भन्दिन मानिस अनुसार फरक फरक छन सोचाईहरु।
विवाह अघि र पछि के भिन्नता छ ?विवाह अघि एउटि महिला छोरी मात्र हुने भएकिले जिम्मेवारि कम हुन्छ तर विवाह पछि जिम्मेवारि बढछ । कहिले काहि घरपरिवार र कामको तालमेल मिलाउन गारो हुन्छ तर त्यसलाई पनि मैले सहज रुपमा लिएकि छु। एउटी महिलालाई बुहारी हुनु भन्दा छोरी हुन सजिलो छ ।
भगवानमा विश्वास गर्नु हुन्छ? घरबार छोडेर मन्दिर जाने चाहि म गर्दिन,आस्था राख्छु तर अन्धो भएर होईन।मन्दिर मेरो मन भित्र छ र भगवान पनि ,कहिले काहि मन्दिर जान्छु पुजा गर्छु। घरमा सधै बिहानको पुजा सुनिलजीले गर्नु हुन्छ उहाँ नभएको बेला बिहानको पुजा म गर्छु तर बेलुकिको कुलदेवीलाई वति चाहि म आफै बाल्छु।
जिवन के हो? अाँफुले बाचेको एउटा रंग हो जिवन ।
अनि रंगमंच नी ? रंगमंच जिवनको एउटा पाटोहो ।नाटक र आफनो जिवनको पाटो नै कहिले काहि रुमलिन्छ ,नाटकमा हामि आफै हराईरहेका हुन्छौ। नाटक र जिन्दगी एउटै बिधाहो जस्तो लाग्छ नाटक कसै न कसैको जिवनलाई नै जोडेर बनाइएको हुन्छ वा लेखिएको हुन्छ यो आफसे आफ त आउदैन नी त्यसैले यसलाई छुटयाएर हेर्न गारो हुन्छ।
उहाँ हजुरआमा ममिको आमाको निधन भएको दिनलाई कहिल्यै बिर्षन नसक्ने दिनको रुपमा लिनुहुन्छ साथै जिवनदाई जसले वाँहाँहरुलाई आरोहणको लोगोका साथै आरोहण शनिबार भनेर नाम राखिदिने व्यक्ति हुनु हुन्थ्यो उहाँको एक्कासि हृदय घात भएर निधन भएको दिनलाई कहिल्यै नर्बिषने क्षण हो भन्नु हुन्छ। सायद आज जिवनदाई हुनु भएको भए अर्कै हुने थियो भन्नु हुन्छ हामिले अर्थात आरोहण परिवारले उहालाई गुमाएर धेरै कुराहरु गुमायौ जस्तो लाग्छ ।
खानामा के मनपर्छ तपाईलाई?मलाई सबै खालको खाना मनपर्छ मेरो रोजाई के त ?मलाई नै थाहा छैन । किनभने हाम्रो समाजमा हामि महिलाले कहिल्यै आफनो रोजाई राखेनौ किनकि बिवाह अघि घरमा जे पाक्छ हामिले खायौ विवाह पछि श्रीमान लाई के मन पर्छ त्यसपछि परिवारका अन्य सदस्यलाई कस्तो मनपर्छ,बच्चा भएपछि बच्चालाई के मन पर्छ हाम्रो ध्यान त्यतै तिर गयो जसले गर्दा हामिले भुल्यौ मलाई के मन पर्छ । सायदै कुनै महिलाले आफनो भान्सामा आफुलाई मनपर्ने खाना पकाएकि छन जस्तो मलाई लाग्छ।
उहाँहरु नाटकलिएर विदेश पनि जानु भएको छ महिनौ दिन सम्म त्याहा बसेर नाटक देखाई सक्नु भएको छ । आरोहण गुरुकुल पुरानो बानेश्वरमा उहाहरुले शनिबार दुई सो र अन्य दिन साझ एक सो नाटक देखाउदै आइरहनु भएको छ ।आरोहण गुरुकुलको शाखा बिराटनगरमा पनि गुरुकुल खोल्नु भएको छ। नर्वे,डेनमार्क,फिलिपिन्स,रुस,पाकिस्तान,बाङगलादेश र भारत लगायतका देशहरुमा नाटक देखाईसकेका छौ। एक पटक गुरुकुलमा हामि नाटक देखाउदै थियौ,एक्कासि ठुलो हावा हुन्डरी आयो हामि नआतिइकन नाटक देखाइरहयौ हावाले छानो उडाएर लग्यो तैपनि हामिले नाटकलाई ब्रेक गरेनौ ।हामिलाई उडाएको छानोको पराल मिलाउन दुईदिन लाग्यो।भोलि पल्ट हामि सबै अंगालो हालेर रुएका थियौ यस अर्थमा कि हामिले गर्न सक्यौ त्यस्तो अवस्थामा पनि नडराईकन नाटक देखाउन सक्यौ भनेर ।
अहिले धेरै स्कुलहरुमा नाटक पढाउन शुरु गरेको देख्दा राम्रो लाग्छ यो राम्रो शुरुवात हो हामि सधै सोच्दथ्यौ हाम्रो देशमा पनि थिएटर कल्चर हुनु पर्छ स्कुल देखि नै सबैले बुझनु पर्छ कि नाटक भनेको के हो भनेर । यो अहिले को शुरुवात त राम्रो छ तर केहि स्कुलहरुको मात्र, किनकि कति स्कुलहरुले यसलाई फेसनको रुपमा मात्र लिएका साथै ड्रामा क्लास पनि छ भनेर बच्चाका आमा बुवा सँग पैसा असुल्ने काम मात्र भएको छ ।यसलाई सबैले बुझेर राम्ररी लान सकियो भने पक्कै राम्रो हुनेछ । नाटकलाई कोर्षको रुपमा पढाउने स्कूल ज्यादै कम छ तर पनि यो धेरै राम्रो शुरुवात हो। साथै दर्शक लाई नाटक केहो भनेर जानकारि दिने ठाउ भएको भए अझ राम्रो हुने थियो।
गुरुकुलमा नाटक हेर्न आउने धेरै दर्शक यूवा हुनुहुन्छ यो देख्दा हामि धेरै खुशि छौ।कलेज पढनेहरु धेरै आउनु हुन्छ। म मेरो छोरा जन्मिएको क्षण र महान नाटककार इब्सनको पनाति सँग भेट भएको दिनलाई आफुले कहिल्यै बिर्षन नसकिने क्षणको रुपमा लिन्छु । यी दुईदिन मेरो जिवनको बिषेश दिन हुन। इब्सनको नाटक खेले पछि मलाई उहाँको घर हेर्न मन थियो किनकि मैले सुनेकि थिए उहाँको घरलाई म्युजियम बनाईएको छ ।इब्सन त यो दुनियामा हुनु हुन्न तर जब मैले थाहापाए उहाँको पनाति ज्युदो हुनुहुन्छ त्यसपछि उहाँसँग भेटन धेरै मनथियो जुन कुरा पुराभयो उहाँ बृद हुनुहुदोरहेछ। उहाँ सँग भेट हुदा महान नाटककार इब्सन सँग नै भेट भए जस्तो भयो ।
मेरो प्रेरणाको स्रोत मेरी ममि हुनुहुन्छ । म मात्र हैन हामि पाचै दिदी बैनी ममीलाई ममी भन्दा पनि ज्यादा मान्छौ । आज हामि जे छौ त्यो ममिकै कारण हो । त्यो जमानामा नेवार परिवारमा जन्मिनु भएकि मेरी ममिको विवाह काठको खाटि बाहुनको घरमा भयो जुन परिवार कटर बाहुन थिए लुगा लगाएर खाना पकाउदैन थे कुखुरा पाल्नु हुदैन थियो । त्यस्तो अवस्थामा मेरो ममिले हिम्मत गरेर हामिलाई पढाउनु भयो ।हामिले सानोमा सम्पति भएर पनि धेरै दुख पायौ । ममिले हामिलाई हुर्काउन बढाउन पढाउन धेरै दुख गर्नु भयो उहाँले लुगा सिलाएर हामिलाई पाल्नु भएको थियो । उहाँले जे जसरी हुर्काउनु भयो त्यो त्यसबेलाको समाजमा एउटी महिलाले गर्ने धेरै ठुलो संघर्ष थियो। त्यसैले आज पनि मलाई कुनै बेला साहै गारो भयो भने ममिलाई सम्झिन्छु उहाँको संघर्ष सम्झिन्छु अनि सोच्छु आज त हामि सँग धेरै कुराहरु छन पढेका छौ देशविदेश घुमेका छौ धेरै गर्न सक्छौ तर हिजो को त्यो अवस्थामा त ममिले हिम्मत हार्नु भएन भने हामि कसरी हारौ यो मेरो मनले भन्छ।उहाँको त्यो हिम्मत देखेर सधै हामिलाई प्रेरण मिल्यो कि जिवन भनेको सघर्ष रहेछ । जे जस्तो परिस्थितिमा पनि लडने क्षमता ममि बाटै आएको हो।
हामि ममि र दिदि बैनि यति नजिक छौ कि हामिलाई कहिल्यै बाहिर साथि बनाउने आवश्यकता नै परेन हामि घरपरिवारमै सिमित छौ। मेरो छोरा जन्मिएपछि मैले महसुस गरे आमा हुन कति गारो रहेछ त्यसपछि मैले ममिलाई दिएको दुख सम्झिए र उहाँसँग बसेर धेरै रुए आमा हुन गारो रहेछ भनेर।मेरो बिचारमा यो संसारमा सबै भन्दा पिडादायि क्षण र सुखद क्षण भनेको आमा हुनु नै हो रहेछ।
नेपाली मिडिया पहिलेको दाजोमा हाल धेरै राम्रो भएको छ तर केहि मिडियाले केहि सिमित मान्छेको वरिपरिमात्र गुनगान गाएको देख्दा चाहि दिक्क लाग्छ। जति बेला म यो क्षेत्रमा लागेकि थिए त्यो समयमा नाटक खेल्नु,फिल्म खेल्नु,टेलिचलचित्र खेल्नु भनेको त्यति राम्रो मानिदैन थियो हेयको दृष्टिकोणले हेरिन्थ्यो तर अहिले समय बदलिएको छ मान सम्मान,नाम सबै पाईन थालेको छ यो साहै राम्रो पक्ष हो।
प्रेम के हो?भन्दा उहाँको बिचारमा आकर्षण मात्र हो ।
मानिसले आफनो धरातल कहिल्यै बिर्षनु हुदैन र घमण्ड गर्नु हुदैन भन्ने निशा शर्मा आफु हिजो जे थिए आज पनि म त्यहि छु भन्नु हुन्छ ।म पहिला पनि टेम्पो र बसमा चढेर हिडथे र आज पनि केहि काम परयो भने म टेम्पो,वस र माइक्रो बस जेसुकैमा चढेर हिडछु म मा कुनै घमण्ड पन छैन ।यदि कुनै पनि मान्छे आफनो घरातल भुलेर क्षणिक रमाइलोमा फसेर घमण्ड गर्छ भने उसको दुरगति हुन कति पनि बेर लाग्दैन । त्यसैले सधै मानिसले म के हु र को हु भन्ने कुरा बिर्षनु हुदैन भन्नु हुन्छ।
उहाँ सँगको कुराकानिमा आधारित ।
Sunday, November 6, 2011
Subscribe to:
Post Comments (Atom)