हाम्रो समाजमा महिला माथी धेरै खालका आरोपहरु लाग्ने गरेका छन। जब उनी बुहारी भएर कसैको घरमा जान्छीन त्यसपछि उनी माथी आरोप प्रत्यारोप अझ बढि लाग्छन । याँहा प्रस्तुत गरिएको घटना सत्य हो । यो एक महिला माथी धेरै अगाडि घटेको घटना हो । यसलाई उनकै शब्दमा ..........
जब मेरो बिवाह बिमल सँग भयो । बिवाह भएकै रात बिमलले भने सबिना यो मेरो दाईको घर हो । त्यसैले यो घरलाई हाम्रो नमान है । म घर बिहिन मानिस हु । तर तिमिलाई मेरो मनमा राख्ने छु र कहिल्यै दुख दिने छैन । सधै संगै भएर साथ दिनेछु । बिमलको सच्चाई र इमान्दारितामा मलाई बिश्वास लाग्यो । मैले उ सँग भने मलाई घन सम्पती हैन माया र साथ देउ यति भए पुग्छ । यसरी हाम्रो जीवनको सुरुवात भएको थियो । तर घरका मानिस र बिमल बिचमा आकाश जमिनको फरक रहेछ । बिवाह भएको पाँच दिन पनि नबित्दै सासुआमाले ठुलो नराम्रो आरोप लगाउनु भयो । हाम्रो बिवाह भएको बेला जेठाजुकि छोरीले टेष्ट परिक्षा दिएकि रहिछन । उनको परिक्षा बिग्रिए छ उनि फेल भईन । त्यसको सिधा आरोप मलाई लाग्यो । सासुआमाले म नजिक आएर भन्नु भयो जेठाजुले भनेको त हामिलाई फापिनस रे त घर भित्र छिर्ने बित्तिक्कै छोरी फेल भई । त हाम्रा लागि अलक्षिनि भईस । लक्ष्मी भईनस । म अक्कन बक्क परे के भन्ने के नभन्ने । चुप चाप सुने पहिलो पटक कसैले मलाई अलक्षिनि भन्दै हुनुहुन्थ्यो । त्यो पनि परिक्षामा फेल भएको कुरालाई लिएर । कोठामा आएर खुब रुए । सोचे बिमललाई भनौ कि नभनौ । बिवाह गरेको पाँच दिन पनि भएको छैन घरमा यहि बिषयमा झगडा भयो भने के गर्ने सबैले मलाई नै नराम्रो देख्छन । यो घरमा म नयाँ हु त्यसैले यो कुरा नसुनाउनु मै राम्रो हुनेछ भन्ने त्यसबेला मलाई लाग्यो । बेलुकि बिमल अफिस बाट घर आए उनले मेरो उदास अनुहार देखेर कयौ पटक सोधे के भयो तिमीलाई आज किन यति धेरै उदास भनेर । मैले घर सम्झिए भनेर टारे उनलाई यो कुरा आज सम्म पनि मैले सुनाएको छैन। तर यो कुराको चोट गहिरिएर मेरो मुटुमा बसेको छ ।