तिमी मानसी होईन ? एक्कासि आफुलाई कसैले सम्बोधन गरेको सुनेर मानसीले पछाडि फर्केर हेर्छिन ,गोरो अग्लो स्टाइलीस्ट केटालाई आफनो अगाडी देख्छीन । उ उनिलाई हेरेर हासिरहेको हुन्छ। उसलाई मज्जाले हेरेपछि मानसीले पनि चिन्छीन । खुशि हुदै सोध्छीन प्रमेश तिमी याँहा कसरी ?
तीन महिना भयो मेरो याँहा सरुवा भएको अनि तिमी चाहि याहा कसरी नी ?प्रमेशले सोध्छन । मेरो घरको ठेगाना बदलीएको छ नी त त्यसैले म याहा हुँ। मानसीले हाँसेर भनिन । ठेगान बदलीएको त देखी रहेको छु । प्रमेशले भने । मानसीले लगाएको सिन्दुर र पोते तिर इसारा गरे । दुबै हास्छन ।
आउन एकछिन कतै रेष्टुरेन्ट तीर बसेर गफ गरौ प्रमेशले भने मानसीले नाई भनिनन दुबै जना नजिकैको एउटा रेष्टुरेष्टमा छिरे र एउटा टेबलमा गएर बसे ।
तिमी त पहिला जस्ति थियौ अहिले पनि त्यस्तै रहिछौ प्रमेशले मानसीलाई भने त्यसैले त मैले चिन्न सके नी ।
हैन अलि मोटाएकी छु काहा छु र पहिला जस्ती बरु तिमी पो पहिला भन्दा झन राम्रो भएछौ मानसीले भनिन।
वेटर आयो प्रमेसले कफि अर्डर गरे । त्यसपछि दुबै जना गफ गर्न थाले । तिमी अहिले बजारमा के किन्न आएको मानसीले सोधीन । म घरको लागि केहि फर्निचरहरु हेर्न आएको थिए । याहा मैले एउटा घर किनेको छु त्यसैले । अनि तिमी प्रमेशले सोधे म पनि बुटिकमा केहि काम थियो त्यसैले याहा आएकी । के गर्छौ ? प्रमेशले सोधे । अरु त केहि पनि गर्दिन गृहमन्त्रालय हेर्छु बस त्यति मात्र हो। एकछिन सोचेपछि प्रमेश हासे एएएए बल्ल बुझे । घरमै बस्छेउ ।
अनि श्रीमान के गर्नु हुन्छ ? उहाँको एउटा प्राइभेट कम्पनी छ । कम्पनीको कामको सिलसिलामा प्राय उहाँ बाहिर गइरहनु हुन्छ । परिवारमा अरु पनि त हुनु हुन्छ होलानी । हुनुहुन्न याहा त हामि दुई मात्र छौ । तिमीले याहा नयाँ साथीहरु पनि बनायौ होला प्रमेशले भने । मेरा याहा यो शहरमा आफन्त साथी भाई कोहि पनि छैनन म एक्ली छु याहा । मानसिले भनिन उदास भएर । त्यसपछि प्रमेशले कुरालाई अन्तै मोडे उनिहरु आफना पुराना कलेज दिन तथा साथीहरुका गफ गरिसकेपछि दुबै जना एकअर्काको मोवाइल नम्वर लिन्छन र त्याहा बाट निस्किन्छन। मानसी घर पुग्छीन । उनका श्रीमान महेश घर आई पुगेका हुदैनन ।
महेश र मानसीको बिवाह भएको करिब चार बर्ष भएको हुन्छ । महेश सँग मानसीको जीवन राम्ररी नै बितिरहेको हुन्छ । सबैकुरा राम्रो छ तर महेश सँग मानसीको लागि समय छैन । उसको पहिलो प्राथमीकता काम मात्र हो । अफिस होस या घर जाहाँ पनि उनी काममा मात्र व्यस्त हुन्छन । अफिसको पार्टी तथा साथीभाईको निम्तामा बाहेक उनले मानसीलाई घर बाहिर कहि पनि सँगै लिएर हिडदैनन । मानसिलाई पनि लाग्छ कहिले काहि त सिनेमा हेर्न किनमेल गर्न तथा घुमफिर गर्न कतै सगै लिएर गएपनि हुने । सबैका श्रीमान श्रीमती हाँसि मजाक ठटटा गर्छन केहि छिन भएपनि रमाइलो गर्छन। तर महेशलाई काम भन्दा बाहेक अरु सोच्ने समय काहा छ र यहि सोचेर मानसीले आफनो मनलाई बाधेर राखेकी हुन्छीन ।
धेरै दिन पछि मानसीलाई प्रमेशको फोन आउछ । भोली मेरो अफिसले आयोजना गरेको एउटा साँस्कृतीक कार्यक्रम छ । तिमी आफनो श्रीमानलाई लिएर आउन चिनजान पनि हुन्छ प्रमेशले भन्छन । मानसीले महेश कामको सिलसिलामा बहिर गएका छन म एक्लै आउदिन फर्किदा राती हुन्छ भन्छिन । प्रमेशले भन्छन म तिमीलाई लिनको लागि गाडि पठाईदिन्छु म लिन आउन पाउन्न याहा कार्यक्रम हेर्नु पर्छ । फर्किदा चाहि मै घर छोडिदिन्छु तिमीलाई हुन्न। मानसीले सहमती जनाउछीन ।
मानसी प्रमेशले भनेको समय अनुसार तयार भएर बस्छिन । गाडिलिएर ड्राईभर आउछन । अनि उनि कार्यक्रममा जान्छिन । ड्राईबरले उनलाई प्रमेश भएको ठाँउ सम्म पुरयाईदिन्छन । प्रमेशले उनलाई अगाडिको एउटा सिटमा लगेर राख्छन र भन्छन तिमी यहि बस्दै गर म एक छिनमा आउछु । कार्यक्रम सुरुहुने बेलामा प्रमेश आएर मानसी सँगैको सिटमा बस्छन । उनले कार्यक्रमको बारेमा मानसी सँग कुरा गर्दै दुबै जना साँस्कृतीक कार्यक्रम हेर्छन। कार्यक्रम सकिएपछि खानाको व्यवस्था पनि हुन्छ त्याहा । प्रमेशले मानसीलाई अफिसका सबै स्टाफहरु सँग परिचय गराउछन । खाना खाएपछि दुबै जना घर जानको लागि निस्कीन्छन । प्रमेशले मानसीलाई उनको घर छोडेर फकिन्छन ।
प्रमेश सँग भेट भएपछि मानसीले आफनो लागि साथी पाएकी हुन्छीन । सिनेमा हलमा नयाँ फिल्म लाग्ने बित्तिक्कै प्रमेशले मानसीलाई बोलाउथे उनी जान्थीन । प्रमेश आएपछि देखि उनी घरबाहिर धेरै निस्कन थाल्छीन । पहिला पहिला दिक्क लाग्दथ्यो उनलाई अचेल खुब रमाइलो लाग्न थालेको छ । उता महेशलाई भने मानसी बिरामी हुदाँ समेत डक्टरकोमा लाने समय हुदैन । कुनै दिन उनी मानसीको लागी भनेर समय निकाल्दैनन । मानसी उनका लागि सबै जरुरत पुरा गर्ने रोबर्ट मात्र बनेकी हुन्छीन । महेशले भनेको मानेन भने उनी धेरै दिन सम्म उनी सँग रिसाउने र नबोल्ने हुन्छन । उनका सबै समान मिलाएर भनेको समयमा उनका अगाडि हाजीर गर्नु पर्ने हुन्छ । यी सबै काम मानसीले मनलगाएर गर्छिन । तर महेशलाई मानसीको बारेमा कुनै मतलव नै हुदैन । एक दिन मनसीले भन्छिन हामि पनि जऊ न कतै घुम्न यत्रो बर्ष भैसक्यो बिवाह भएको कहि गएको छैन ।
महेशले जान मान्दैनन किनकि उनको अफिसको काम बिग्रन्छ भन्छन । महेशले एकदिन मानसीलाई भन्छन मैले तिमीलाई रुपैया पैसा दिएकै छु एउटा श्रीमानले गर्ने कर्तव्य पुरा गरेकै छु याहा भन्दा बढि के चाहियो तिमीलाई त्यो दिन मानसीले भन्छीन मैले तपाई सँग रुपैया पैसा हैन माया र साथ मात्र मागेकी हुँ । कर्तव्य पुरा गर्ने कुरा भन्नु भयो त्यो त एउटा घरमा पालेको कुकुरले पनि आफनो मालिक प्रतिको आफनो कर्तव्य पुरा गर्छ घरको रक्षा गर्छ । तर याहाँ त श्रीमान श्रीमतीको सम्बन्धको कुरा छ यस्तो सम्बन्धमा कर्तव्य भन्दा जरुरि माया प्रेम विश्वास एकअर्काको प्रतिको सम्मान र एकअर्कालाई मननपरेको कुरा बाट दुबै टाढा बस्ने आफनो जीवन साथीलाई मननपर्ने कुरा दुबैले कुराकानी गरेर छोडने । यस्तो वातावरण हुन्छ माया प्रेममा । हाम्रोमा छ यस्तो वातावरण ?तपाई भन्नुस कुनै दिन मेरो लागि तपाईले अफिस छोडनु भएको छ ?
यसरी चार बर्षसम्म नबोलेकी मानसी आज बोलीरहेकी थिईन । आफनो मनमा बर्षौ देखि दबिएर रहेका सबैकुराहरु बाहिर निस्किएपछि मानसीलाई एउटा ठुलै बोझ मन बाट उत्रिए जस्तो भयो । महेशले मानसीको मनको हालत र कुराहरु काहा बुझदथे र उनी उल्टै कुकुरलाई खिर नपचेको भन्दै घर बाट बाहिर निस्किन्छन । मानसी धेरै बेर सम्म रोईरहन्छीन तर त्याहा उनको आशु पुछन महेश हुदैनन । उनि सम्झिन्छीन सायद माया प्रेम समपर्ण त्याग भनेको उपन्यास फिल्म तथा साहित्यमा मात्र हुने रहेछ । बास्तबीक जीवन यी सबैकुराहरु बाट धेरै पर हुदो रहेछ ।