Tuesday, April 10, 2012
आमा जो सँग मेरो कुनै साइनो छैन
Posted by
MY WORDS
,
at
11:15 PM
समय भन्दा शक्तिाशाली सायद यो संसारमा अरु कुनै चिज छैन । समय सँगै मानिसमा राम्रा र नराम्रा दुबै परिर्वतहरु आउने रहेछन । आज उमेरले पनि डाडा काटेन लागेको अवस्थामा आईपुग्दा महसुस भयो । म जसलाई मेरा आफनाहरु सम्झिएर दिन रात उनिहरुको पछि लागे कोहि पनि मेरा रहेनछन । मोह मायामा परेपछि यस्तै हुने रहेछ नानि । आफनो लागि आफैले सोच्नु पर्ने रहेछ त्यो पनि उमेर हुदै। तपाई जसलाई माया भनेर सम्झिरहनु भएको छ । त्यो त उनीहरुको स्वार्थ मात्र हो । जुन दिन देखि तपाई बाट उनिहरुको स्वार्थ सकिन्छ । त्यसपछि तपाई एक्लै बन्नु हुन्छ म जस्तै ।
मलाई यसरी यर्थार्थ सम्झाउदै हुनु हुन्थ्यो एक जना बृद्व आमा जो सँग मेरो कुनै साइनो छैन । तर म उहाँलाई आमा भन्छु । मैले उहाँलाई जयन्ती दिदिको घरमा भेटेकि थिए । उहाँको कुरा सुनेपछि लाग्यो मानिस कति निष्ठुरी हुदाँ रहेछन । मैले आमालाई सोधे तपाई आफनो बारेमा भन्नुन त मलाई, याहाँ सम्म कसरी आउनु भयो ? जयन्ती दिदिले मलाई उहाँको बारेमा पहिल्यै सबै कुरा भन्नु भएको थियो । तै पनि आमा सँग भेट भएपछि र उहाँले मलाई भेटने बित्तिक्कै भन्नु भएका कुराहरुको कारण मलाई उहाँ बाटै सबै कुरा सुन्न मन लाग्यो।
आमाले भन्न थाल्नु भयो । मेरो बिवाह म सानै हुदाँ भएको थियो । मेरा चार जना छोराछोरी छन । जसमा तीन छोरा एक छोरी हुन । मैले मेरा सासु, ससुरा घरपरिवारका अन्य सबैलाई राम्रो गरेर खुशि राख्ने गर्दथे । सकि नसकि सबै काम आफै गर्थे । लोग्नेलाई घर भित्रको काममा दुख दिनु हुदैन भन्ने मेरो सोचाई थियो । उनलाई पनि बाहिरको काम मात्र लगाउथे । सुरु सुरुमा त डर लाग्थ्यो उनी सँग पछि सासु ससुराको मृत्यु भएपछि हामि एक अर्का सँग खुलेर बोल्न थाल्यौ । उनि पनि मलाई धेरै माया गर्थे जस्तो लाग्छ । सधै भन्थे बुढि तैले घर सबै थामिदिईस अनि त मलाई सजिलो भएको छ बाहिर दोकानको काम गर्न । हाम्रो एउटा दोकान थियो जसमा उनै बसेर काम गर्थे । कहिले काहि सामान लीन भनेर शहर जान्थे आउथे यसरी नै जीवन चलिरहेको थियो । छोराछोरी पढदै थिए ।
उनि सधै भन्ने गर्थे शहरमा दोकान खोल्न पाए कति राम्रो हुने थियो । छोराछोरीलाई पनि त्यहि पढाउन पाइन्थ्यो । उनको यहि रहरका कारण हामिले गाँउको घर खेत सबै बेचेर शहर छिरयौ । एउटा दोकान किनेका थियौ । उनी बिहान देखि बेलुका सम्म त्यहि बस्थे । शुरु शुरुमा राम्रै चलिरहेको थियो दोकान । ठिकठिकै चलिरहेथ्यो घर परिवार । तर शहर छिरे पछि उनलाई पनि शहरको भुत चढेछ । उनि त सधै राती अबेर घर आउने अनि रक्शि खाएर आउने गर्न थाले । पिएर आएपछि त बोल्नै नहुने हुन थाल्यो उनि सँग । दोकान को सबै पैसा रक्शिमै सकिन थाल्यो । किन यसो गरेको भन्यो भने त उल्टै कराउथे । तलाई मैले एक छिन साथीभाई सँग रमाइलो गरेर बसेको पनि पच्दैन। दोकान बन्द गरेपछि त एक छिन रमाइलो गर्न पाउनु पर्छ नी । सधै तेरै पछिमात्र लागेर हुन्छ । यस्ता अनेक प्रकारका गालि गर्थे मलाई । कुनै दिन त सुध्रिन्छन होला जस्तो मलाई लाग्यो । अनेक तरिका बाट सम्झाउन खोजे तर उनि त मेरा कुनै पनि कुरा सुन्नै नसक्ने भैसकेका रहेछन ।
एकदिन रक्शि खाएर आएर मलाई मनपरि गालि गरे कुटे घरबाट निस्केर जा भने त्यसदिन के मात्र गरेनन । म रुदै त्यहि बसे भोलि पल्ट बिहानै निस्किएर हिडेको लोग्नेको कुनै अत्तो पत्तो छैन । राती सम्म नआएपछि सबै तीर खोजे काहि छैनन । अर्को दिन दोकान भएको ठाँउमा गए । केहि थाहापाउछु कि भनेर । त्याहा पुगेपछि थाहा भयो उनले त रक्शि भटटिकी साहु कि स्वास्नी साहुनीलाई लीएर हिडेका रहेछन ।
त्यो दिन त्यतिक्कै भयो । करिब एक हप्ता पछि दोकान खोल्न गए । दोकानमा सामानै छैन । भएका पनि सबै उधारो रहेछन । उधारो दिनेहरु आएर दोकान घेर्न थाले त्यसपछि त्यो दोकान बेचेर सबैको अलिअलि ऋण तीरे । अब के खाने काहा जाने चिन्ताले सताउन थाल्यो । जेठो छोरा गाडिमा खलासि काम गर्न गर्छु भनेर गयो । महिलो साथीहरु सँग इण्डिया जाने भनेर हिडयो । बाकि छोराछोरीलाई लिएर बस्न थाले । म पनि अरुको भाडा माझने र लुगाधुने काम गर्न थाले । यसरी जेनतेन गुजारा भइरहेको थियो । जेठो छोरो ड्राईबर भयो । कमाई राम्रै हुन्थ्यो । खर्चहरु उसले नै पठाउन थाल्यो । पहिला छोरीको बिवाह गरे । जेठो छोरोले आफैले भगाएर केटि लिएर आयो । यसै गरि सबैले आ आफनो राजी खुशि बिहे गरे। बिस्तारै सबै छोराहरुको एक आपसमा सम्बन्ध नराम्रो हुन थाल्यो । अब म उनीहरुको लागि घाडो हुने थाले । सबै छोराहरु आआफनो स्वास्नी लिएर बेग्लै कोठा खोजी बस्न थाले । सबैले मलाई छोडे । म रोगी भए खर्च धेरै गर्नु पर्छ रे मेरो भनेर उनीहरु म सँग नबस्नेरे जो सँग बसो उसले उपचार गर्नुपर्छ । काहा बाट ल्याउने त्यत्रो पैसा भनेर उनिहरु बीच झगडा परयो मेरो कारण । म ज्वरो आएर सुतेकि थिए । सबैले त्यहि बेला छोडेर हिडेछन मलाई । छिमेकीले फोन गरेर छोरीलाई बोलाईदिईन । उ आई अनि म उसँग याहाँ आए । उसलाई मैले सबै कुरा भने दाजु भाईले यस्तो गरे भनेर । उसले उनिहरु सँग कुरा गरिछ । तर कोहि पनि मलाई राख्न मानेनन रे । त्यसपछि उसले एक दिन मलाई काठमाण्डौ घुमाउछु भनेर लीएर गई । अनि बजारको एउटा ठाँउमा लगेर याहा बस्दै गर्नु म एक छिनमा आउछु भनेर हिडी । म छोरी आउछे भनेर दिन भरि त्यहि बसि रहे साझ सम्म पनि आईन । म रुदै छोरीलाई खोज्न थाले त्यत्तिक्कैमा यी नानीले मलाई भेटनु भयो र याहा ल्याउनु भयो । उहाँले मलाई भन्नु भयो अब तपाईकि छोरी फर्केर आउदिनन आमा हिडनुस जऊ म सँग । तर मेरो मनले मानेन राती सम्म म त्यहि बसे म सँग नानी पनि बस्नु भयो ।त्यसपछि म याहा आए धेरै दिन सम्म लाग्यो छोरी आउछे होला मलाई खोज्न तर उ आज सम्म पनि आईन ।
जयन्ती दिदिले भन्नु भयो आमाले धेरै दिन सम्म पत्याउनु नै भएन उहाँलाई आफनै छोरीले यसरी छोडि भनेर । आमा कै लागि म पुलीस स्टेसन गए आमालाई लिएर । तपाईकि छोरीले कहि पनि तपाई हराएको रिपोर्ट लेखाएकि छैनन। जानेर नै छोडेर हिडेकि हुन भन्ने बुझाउन धेरै समय लाग्यो। जयन्ती दिदिले भन्दा मलाई पनि लाग्यो । के एउटी छोरी पनि यति निर्दयी हुन सक्छे भनेर तर आँखा अगाडि आमालाई देखेकि छु होईन कसरी भनौ ।
त्यसपछि आमालाई भने म तपाईले भनेको कुरामा पक्कै ध्यान दिनेछु आमा । म बेला बेलामा तपाईलाई भेटन आउने छु । आमा रुन थाल्नु भयो । आमाको आशु पुछेर त्याहा बाट बिदा भएर म हिडे ।
Subscribe to:
Post Comments (Atom)
wow great writing.. ya i think this story depicts the picture of all the old people forced to live in the street or age care abandoned by their own loves ones their own children. :(