Thursday, April 5, 2012

आस्था डट कम

,
एका बिहानै आस्थाको म्यासेज आयो । म भोली काठमाण्डौ आउदै छु । एउटा राम्रो होटलमा रुम बुक गरिदेउ । ओके भनेर म्यासेज रिप्लाई गरे । अब म अलमलमा परे आजको आजै काहा खोज्नु राम्रो रुम । दुईचार जना साथीहरुलाई म्यासेज गरे । काठमाण्डौमा होटलमा बस्नु परे कुन राम्रो होला भनेर । उता बाट जवाफ आयो त्यहि अनुसार एउटा राम्रो होटलमा रुम बुक गरिदिए । त्यसपछि रुम नम्बर र होटलको ठेगाना म्यासेज गरे । उता बाट आस्थाको फोन आयो । थेङक्यु डियर । किन तिमि भोली नै आउन लागेकि त मैले सोधे । उनी... तिमीलाई याहाँ आउ भन्दा नटेरेपछि म के गरौ त? म...त्यसैले याहाँलाई होटल चाहिएको तर म सँगै बस्न पाउदिन नी। उनी...थाहा छ याहाँको अमूल्य समय मध्ये बाट दिनभरि चाहि म सँग बिताउनुस न हुन्न। म.. हुन्छ हजुर किन नहुनु । भोली दिउसो एघार बजे होटलमा भेटने कुरा भयो। आस्था याहाँ बसुन्जेल मैले उनीलाई समय दिनै पर्छ । त्यसैले मैले मेरा गर्नु पर्ने सबै जरुरी जति काम आज जसरी नी सक्नु पर्छ भनेर सबै जसो काम गरे । धेरै काम गरेकोले होला थकाई असाध्यै लागेको थियो । मन खुशि थियो भोली आस्था सँग भेट हुन्छ भनेर । आस्था मेरी सबै भन्दा मिल्ने साथी भएकी थिईन । हाम्रो भेट भएको धेरै त भएको छैन करिब तीन बर्ष जति भयो होला तर हामि साहै मिल्थ्यौ । म काठमाण्डौ बस्छु उनी दिल्ली बस्छिन । हाम्रो भेट मेरो अफिसको एउटा कार्यक्रमका लागि म दिल्ली गएको बेला भएको थियो । त्यसबेला उनीले मलाई धेरै सहयोग गरेकि थिईन । हामी त्यहि समयमा नै धेरै नजिक भएका थियौ । त्यसपछिका दिनमा भने हाम्रो भेट फोन च्याट हरुमा मात्र भयो ।केहि हुने बित्तिक्कै हामि एक अर्कालाई भनीहाल्थ्यौ । हामीले हाम्र्रा एकअर्काका सबै कुरा भनिसकेका थियौ । उनलाई मेरो सम्पूर्ण कुरा थाहा थियो त्यसै गरि मलाई पनि उनको सबै थाहा थियो । उनले धेरै पटक मलाई दिल्ली बोलाएकी थिईन तर म जान सकेकि थिईन । हाम्रो कुरा भए अनुसार म एघार बजे होटल पुगे र उनको रुममा गए । हामि एकअर्कालाई देखेर धेरै खुशि भयौ । एक अर्कालाई अंगालो हालेर माया साट साट गरयौ । त्यसपछि कुर्सिमा बसेर कुराकानी सुरु गरयौ । म....किन यति अपरझट तिमी आयौ । सबै कुरा त ठिक छ नी ? उनी .. सबै ठिक छ तिमीलाई भेटन मनलागेर मात्र हो । म .. म पत्याउन्न केहि बिषेश हुनु पर्छ । उनी ... एउटा सरप्राइज छ तिम्रो लागि । मैले भनेकी थिएनी मेरो एउटा साथी छ जो सँग म तिमिलाई भेटाउछु । म... थाहाँ छ मलाई तर के साच्चै भनेकि हौ तिमीले मैले पत्याएकि थिईन उनी ..हो उ र म सँगै आएका छौ काठमाण्डौ घुम्न । यति कुराकानी हुदै थियो त्यतिक्कैमा उनको साथी जो बाहिर गएका रहेछन आईपुगे । आस्थाले मलाई भनिन उ मेरो साथी अभि । हामि एक अर्कालाई हेरेको हेरै भयौ । मेरो मुखबाट एक्कासि आवाज बाहिर निस्कियो अभि तिमी ..?उ पनि झस्कियो तिमी भनेर । अब आस्था अलमल्लमा परिन तिमीहरु एक अर्कालाई चिन्छौ । किन नचिन्नु हामि एउटै कलेज र एउटै कक्षामा पढथ्यौ । कलेज सकियो उ काहा म काहा हैन त अभि ? मैले भने । हामि दुई मिल्ने साथी बाट तीन जना भयौ रमाइलो भयो आज आस्थाले भनिन । त्यसपछि अन्य कुराकानी हुदैथिए उनिहरुको भेट काहा कसरी भयो । यस्तै बिचमा आस्थाले मलाई सोधिन तिमीलाई थाहा छ कलेजमा अभिले एउटी केटीलाई असाध्यै मन पराउथ्यो रे उसले अभिलाई धोका दिएकि रहिछ । तिमी चिन्छेउ?अभि मलाई हेरिरहेको थियो । मैले भने त्यो केटि मै हुँ । आस्था छक्क परिन तिमीले झुट बोलेकि होलिउ । मैले भने हैन म नै हुँ । तिमी मेरो मिल्ने साथी मैले तिमीलाई ढाटने कारण केहि छैन । नभए अभिलाई नै सोध । उसले पनि हो भनो । आस्था एकछिन अलमल्ल परिन । मैले भने अभिले मलाई मनपराउथ्यो हामि सँगै हिडथ्यौ हाम्रो ग्रुप ठुलोथियो । तर म त्यसबेला कसैले पनि मलाई गर्ने प्रेमलाई लिएर सिरियस नै भईन । म सधै जोक गर्ने मुडमा हुन्थे । सबैलाई उडाउनु मेरो बानी थियो । अभि पनि त्यहि मध्येमा पर्दथ्यो । अभि त्यो समिरको स्टोरी सुनाउन आस्थालाई । त्यसपछि अभिले भन्यो । एक पटक हामि हाम्रो क्लासका सबै साथिहरु क्यान्टीनमा खाजा खान गएका थियौ । त्यसदिन त्यो समिर बडो हिरो हुदै उनलाई आएर आई लव यु भन्दै पुरा फिल्मी पारामा प्रपोज गरयो । त्यसपछि उनले उठेर भनिन लौ साथी हो आजको हाम्रो खाजाको बिल समिरले तिर्छ । जसलाई जे खान मन छ जति खान मन छ दिलखोलेर खाऊ आज बाट समिर प्रेमि भएको छ एउटा प्रेमिले जे पनि गर्न सक्छ भनेर उसले देखाउने छ । यस पछि सबैले खाएको खाए नखाएको रुममा लाने भनेर के मात्र गरेनन साथीहरुले जसको परिणाम बिल धेरै नै आयो । बिल देखेर समिर तर्सियो उ सँग पैसा रहेनछ । समिर फिल्मी डायलग मार्नु र प्रेम गर्नुका बिच धेरै फरक हुन्छ यो बिल जस्तै त्यसैले पढाईमा ध्यान देउ केटिमा हैन। यति भनेर उनले सबै बिल तिरिन । त्यसपछि हामि सबै बेस्सरी हास्न थाल्यौ । आस्था तीन दिनको लागि आएकी थिईन । त्यो तिन दिन हामि तिन जनाले खुब रमाइलो गरयौ । काठमाण्डौ सबै घुम्यौ । त्यसपछि आस्था दिल्ली फकिने अनि अभि चाहि एक हप्ता उसको घर धनगढी गएर बसेर फकिने उनीहरुको योजना रहेछ । हामि तीनै जना एयरपोर्ट गयौ । आस्थालाई इन्टरनेशनल एयरपोर्टमा छोडेर हामि निस्कियौ । अब अभिलाई आफनो फ्लाईटको लागि जानु थियो । मैले भने अभि अब म जान्छु । अभि ..थेङक्यु यार तिमीले हाम्रो अतितको बारेमा आस्थालाई सबै कुरा नभनेकोमा । उनले सबै कुरा थाहा पाएकि भए । म ..बिर्ष ती सबै कुराहरुलाई मैले पनि बिर्षिसके अबको तिम्रो हरएक कुरा आस्थामात्र हुनुपर्छ । अभि..तिमिले जे भने पनि तिमी मेरो पहिलो प्रेम थियौ म तिमीलाई असाध्यै माया गर्थे यो कुरा आस्थालाई राम्ररी थाहाछ । तिमीले साच्चै बिर्षिएकि हौ त? हाम्रा ती दिनहरु तिमीलाई सम्झना छैन ? म .. ल अभि राम्ररी जऊ । अब फेरि हाम्रो भेट तिमीहरु दुईको बिवाहमा होला । बाई अभि... साच्चै भनन त्यसपछि तिमीले कहिल्यै सम्झिनौ मलाई ? मलाई लाग्यो अभि ती सबै प्रश्नको जवाफ म सँग चाहन्छ । उसले अझै बिर्षेको रहेनछ । म जति धेर बेर उ सँग बस्छु उसका प्रश्नको जवाफ दिनु पर्ने हुन्छ । त्यसैले मैले उसलाई भने मैले कहिल्यै तिमीलाई सम्झिईन अभि बिर्ष पुराना कुराहरु ...। यति भनेर म त्याहा बाट हिडे । उ पनि गयो होला किनकि मैले पछडि फर्केर उसलाई हेरिन । आफैले आफै सँग भने अभि मैले पनि काहाँ तिमीलाई बिर्षिएकि थिए र हर एक पल तिमी म सँगै थियौ । तिमीलाई मैले बिर्षिएको भए पो सम्झनु , जसलाई बिर्षिइन्छ उसलाई पो सम्झने हो। भन्दै म ती पुराना कलेजका दिनहरुमा हराउन थाले।

2 comments to “आस्था डट कम”

  • April 5, 2012 at 8:01 AM
    bloggerktm says:

    u could have changed ur paragraphs that would have made us read it more easily! a nice short story btw!

  • April 5, 2012 at 10:43 PM
    MY WORDS says:

    Thank u Sumedh ji.I will try my best.

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates