गुम्बामा एक दिन एउटी आनि बिदाबारि हुने मनस्थीतिमा थिईन । उनले कसैलाई भेटिछिन र उसैको प्रेममा फसिछन । तिनले त्यसै पुरुषका साथ बस्ने चाहना गर्न थालिन । हिडनु अघिल्लो रात ती आनि आफना गुरुसगँ बिदा माग्न पुगिछन । गुरुको प्रतिक्रिया थियो ,उसो भए तिमि जान चाहन्छौ?बडो राम्रो कुरो,तर जानु अघि मेरो एउटा काम गर । यो पोकोलाई बख्खुभित्र राखेर रातभर सुतिदेऊ । तिमिले यसलाई रातभर राख्नु जरुरी छ । मैले यो तिम्रैलागि बिषेश प्रकारले बनाएको हुँ। मलाई नसोध्नु यो के हो भनेर,केवल मलाई अन्तिम पटक विश्वास गरिदेऊ । ती आनि मज्जाले सजाइएको त्यो पोको काखि च्यापेर आफनो कोठा तिर लागिन ,अनौठो उपहारले उत्साहित बन्दै । गुम्बा छाडेर जान लागेकि नै किन नहुन तर तीनले गुरु आज्ञाको अपहेलना गर्ने प्रश्नै उठ्दैनथ्यो। जाडो महिना ,असाध्यै चिसो थियो ।उनि त्यो रहस्यमयी पोको च्यापेरै सुतिन । राति असाध्यै अप्ठयारो पार्ने दुर्गन्धले उनको निद्रा भङ्ग भयो ।त्यो दुर्गन्ध त्यहि पोको बाट आईरहेको रहेछ । उनले गुरुको आदेश ठान्दै घृणालाई काबुमा राखिन् । दुई घण्टा पछि उनको निन्द्रा फेरि खुल्यो । दुर्गन्ध त असहयनै हुन थाल्यो । उनि बडो चिन्तित भईन । बाहिर गईन र त्यो पोकालाई उतै छोडेर आईन । अर्को दिन अन्तिम भेटघाटका निम्ति फेरि गुरुकाहाँ पुगिन् । राति राम्ररी सुत्यौ त? मलाई माफ गरिदिनुहोस गुरु , मैले तपाईको आदेश पालना गर्न सकिनँ। ए किन गरिनौ त ? त्यो तपाईले दिनुभएको पोकोले असाध्यै दुर्गन्ध फयाकिरहेको थियो....। गुरुले हाँसोको फोहोरा छुटाउनुभयो । हाँसोले शरिर यस्तरी काम्न थाल्यो ,गुरुलाई त बोल्नै अपठ्यारो भयो । म यो बुझछु वास्तबमा मैले चिसो जमेको गोबरलाई रेसमि कपडाले मज्जाले बेरेर तिमिलाई दिएको थिए । रात परेपछि त्यो गोबर गल्दै गयो न्यानो पाएपछि त्यसले आफनो चरित्र देखाउन थाल्यो र कोठा दुर्गन्धले भरियो । तर किन गुरु ? किन तपाईले मलाई यस्तो उपहार दिनुभएको ? किन भने सांसारिक जिवन भनेको त्यो पोको जस्तै हो बाहिर बाट हेर्दा साहै राम्रो र आर्कषक, तर समय बित्दै जादा यो बीभत्स हुन थाल्छ र दुर्गन्ध फैलाउछ थाल्छ । कथामा यो चाहि भनिएको थिएन । ती आनिले यति सुनेपछि गुम्बा छाडिन् कि निर्णय फेरेर त्यतै बसिन्।
यो माथिको कथा मैले आनि छोइङ डोल्माको किताब फुलको आँखामा बाट लिएकी हुँ ।
Monday, October 24, 2011
Subscribe to:
Post Comments (Atom)
http://rumanamant.blogspot.com/
nice..