Wednesday, June 27, 2012

गाँउमा किताब

,



आफनै गाँउमा बसेर गाँउकै स्कुलका लागि केहि गर्ने चाहाना हुदा हुदै पनि समय र परिस्थिती अनुकुल नभएपछि काठमाण्डौ छिरेका सुर्खेतका प्रकाश लामिछाने यति बेला धेरै खुशि भएका छन । उनले आफु पढेको आफनो गाँउको स्कुल जर्बुटा उच्च मावीका लागि किताब दिएर पुस्तकालय खोल्न सहयोग गर्न पाएका छन । केहि दिन अघि उनी सहित केहि साथीहरु सुर्खेत पुगेर स्कूललाई किताब हस्तारण गरि फर्केका छन ।  गाँउमा किताब नामक शिर्षक राखेर केहि उत्साहित युवाहरु अहिले नेपालका बिभिन्न ठाँउहरुमा रहेका बिधालयमा किताब पुरयाउन एकजुट भएका छन ।



गाँउमा किताब अभियान केहि उत्साहि युवाहरुको स्वयमसेवी अभियान हो । यो अभियान अहिले पहिलो चरणमा छ। यसमा सहयोग गर्ने सहयोगी हातहरु दिनप्रति दिन बढिरहेकाछन । मानिसले राम्रो सोच लिएर अघि बढयो भने सधै सफल हुन्छ भन्ने उदाहरण यसले देखाएको छ । नेपालको बिभिन्न ठाँउमा रहेका चारवटा बिधालयलाई पुस्तक दिएर पुस्तकालय बनाउन सघाउने उदेश्यका साथ गाँउमा किताब अभियानको जन्म भएको हो । सुर्खेत,मकवानपुर ,धादिङ तथा मोरङका गरि चारवटा बिधालयलाई पहिलो चरणमा किताब बितरण गरिने भएको हो । सुर्खेतमा किताब स्कूललाई हस्तान्तरण गरि सकियो भने मोरङ तथा धादिङमा किताब पठाईसकिएको छ मकवानपुरमा पनि छिटै किताब पठाउने तयारी भैरहेछ ।
यस अभियानको जन्म कसरी भयो त? भन्ने प्रश्नको जवाफमा अभियानकर्मि बिनय शेखर भन्छन गाँउमा किताव अभियानको जन्म अनामनगरको दाहालको दैलोमा बसेर चियाखाँदै गर्दा भएको थियो । चैततीरको कुनै साँझ प्रकाश, बिष्णु र म अरुभन्दा अलि अगाडि जम्मा भएका थियौ त्यहाँ । सामाजिक सञ्जाल ट्वीटर मार्फत हल्ला भएकोले सुधा सुवेदी, हरि न्यौपाने, निरज, इन्द्रध्वज, पागलबस्ती, प्रतिभा सञ्जेल र अन्य साथीहरु पनि जम्मा भए एकछिनपछि । प्रकाश र बिष्णुले केही दिन पहिलेदेखि नै जर्बुटामा पुस्तक लाने सपना साकार पार्न खोजेका रहेछन । मित्र उर्मिला थपलीयाले कुनै दिन कुरैकुरामा भनेकी थिइन धादिङमा पुस्तकालय बनाउन मन छ । मौका यही हो उनको सपना साकार पार्ने भनेर मैले उनलाई फोन गरे छलफल गरौ भनेर । उनी धादिङतीर थिइन क्यारे बैनी प्रमिला थपलीयाले दिदीको प्रतिनिधित्व गरिन । अर्धाङ्गीनी कविताले पनि कुनै बेला भनेकी थिइन, मोरङमा उनी पढेको बिध्यालयका बालबालिकाका लागि कितावको अभाव छ, केही गर्न सकिदैन? उनीसँग पनि फोनमै भने ल तिम्रो सपना पनि पुरा होलाजस्तो छ । गफैगफमा धेरै गफ भए । एक कप कालो चियाको भरमा जन्मियो अभियानको नाम गाउँमा किताव ।


अभियानकर्मि उर्मिला थपलिया भन्छीन “हाम्रो सानो सहयोगले बालबालिका तथा समुदायले पढनको लागि किताब र पुस्तकालय पाउछन भने किन सहयोग गर्न अघि नबढने शिक्षा नै सबै भन्दा ठुलो धन हो भन्ने सोच राखेर नै हामि सबै मिलेर यस अभियानका लागि किताब संकलन गर्न आआफनो ठाँउबाट जुटयौ “। यो अभियानलाई अझ उर्जा थप्नेकाम फेसबुक तथा टवीटरले गरयो । अभियानकर्मिहरुले फेसबुक पेज बनाएर यसको प्रचार प्रसार गरे तथा टुईटरमा समेत उनिहरुले यसको सबै गतिबिधिहरु लेख्न थाले जसको कारण देश भित्र मात्रै हैन बिदेशमा बस्ने नेपालीहरुले समेत यस अभियानमा सहयोग गरेका छन । अभियानकर्मी बिष्णु खत्रीका अनुसार यस अभियानले हामिलाई धेरै हौसला दिएको छ सबै तिरबाट सहयोग पायौ । हामि उत्साहित भएका छौ । पहिलो चरणको चारवटा बिधालयलाई किताब बाडिसकेपछि दोश्रो चरणको अभियानमा हामि अघि बढने छौ ।


गाँउमा किताव नामक यस स्वयंसेवी अभियानको एकमात्र उद्देश्य भनेको राम्रा तथा कामलाग्ने पुस्तक पढ्न बाट बन्चित बिध्यार्थी र समुदाय दुवैमा पुस्तक पुर्याउनु हो । यसका लागि अभियानकर्मीहरुले बिधालय र सम्बन्धित गाविसको प्रतिबद्धता  पनि खोजेका छन । स्वामित्व साझा गर्नका लागि अभिभावकहरुको पहुँचमा पुस्तकालय स्थापना अभियानको लक्ष्य हो । सुर्खेत बाट लक्ष्यको शुरुवात भईसकेको छ  । त्याहा बाट पाएको सहयोग र उत्साहजनक सर्मथनले अभियानकर्मीहरुका पाइला दृढ भएर लक्ष्यमा पुग्नका लागि निस्किएका छन । गाँउमा किताब अभियानलाई  निरन्तर अगाडि बढाउने कुरामा उनिहरु ढुक्क छन । यस अभियानले बिपन्नता र अभावमा ज्ञानको ज्योती बाट बञ्चित बालबालिका र समुदायमा शिक्षाको उज्यालो अवश्य  छर्नेछ । अभियानकर्मीहरुले ज्ञानको आगो सल्काए अब त्यसलाई बालिरहनका लागि तपाईहामि सबैको सहयोगको खाँचो छ आउनुस ज्ञानको ज्योती बढाउन हामि सबै हातेमालो गरि अघि बढौ ।

0 comments to “गाँउमा किताब”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates