जिवनमा सधै आफुले सिकाउनु पर्ने होईन सिक्नु पर्ने मानिसको संगत गर्नु पर्छ। आफुमा इमान्दारीता राख्नु पर्छ। पढनु पर्छ। मेहनत गर्नु पर्छ। र बिचार चाँहि सधै सकारात्मक राख्नु पर्छ । यति गर्ने हो भने सफलताले तपाईलाई कहिल्यै छोडने छैन भन्नु हुन्छ मदन शर्मा। शर्मा पोखराका सफल पर्यटन व्यवसायि ,समाजसेवी का साथै पोखराको बैक तथा बित्तिय क्षेत्रमा एउटा चर्चित नाम हो।
२०२३ साल असार ९ गते काठमाडौको बतिसपुतलीमा बुवा स्वर्गीय बाबुराम शर्मा र आमा दुर्गा शर्माका साहिला छोराको रुपमा उहाँको जन्म भएको थियो। चार छोरा र एक छोरी बिच हुर्किनु भएका शर्मा बालक काल देखि नै भलादमी स्वभावको हुनु हुन्थ्यो । मलाई सानै देखि आफैले केहि गर्नु पर्छ भन्ने भावना मनमा आईरहन्थ्यो उहाँ आफनो बाल्यकाल सम्झनु हुन्छ ।
मार्टियस मेमोरियल स्कूल नक्साल बाट उहाँले स्कूलको शिक्षा आरम्भ गर्नु भएको थियो भने एस.एल.सी काठमाण्डौ कै रत्नराज्य स्कूलबाट पास गर्नु भएको थियो। एस.एल.सी दिएको भोलिपल्ट उहाँले काठमाण्डौ छोडेर पर्यटन व्यवसाय लिएर पोखरा जानु भएको थियो ।त्यस बेला देखि अहिले सम्हम पनि उहाँ आफनो कर्मथलो पोखरामा नै हुनुहुन्छ।
ट्राभल बिजनेस बाट शुरु भएको उहाँको यात्रा टुरिस्ट बस,¥याफटिङ,सिटि होटल अन्नपूर्ण हुदै नेपालमै पहिलो रिसोर्ट एण्ड अपार्टमेन्ट होटल बरदान सम्म आईपुगेको छ। बरदान होटल भित्रका अपार्टमेन्टहरु बास्तुशास्त्रमा आधारित नेपाली शैलीका छन । जसलाई विदेशी पाहुनाहरुले असाध्यै मनपराउनु भएको छ।
२०५८ सालमा अर्चना शर्मा सँग विवाह गर्नु भएका शर्मा की ८बर्षिय छोरी पनि छन । उहाँले २० बर्ष अघि साथीहरु सँगमिलेर पोखरामा कन्या क्याम्पस खोल्नु भएको छ । जसको संचालक शुरु देखि अहिले सम्म उहाँ हुनुहुन्छ।
उहाँले बैक तथा बित्तिय क्षेत्रमा पनि हात हाल्नु भयो जसको परिणम स्वरुप कास्की फाईनान्सको जन्म भयो। उहाँ कास्की फाईनान्सका अध्यक्ष हुनु हुन्छ। उहाँ बित्तिय क्षेत्रमा आवद्ध हुनु भएको २२ बर्ष भयो । उहाँ भन्नु हुन्छ लोभी मन र पापि मन नभएका मानिसहरु लाग्ने पेसा हो यो। उहाँहरु बैक को बार्षिक उत्सबमा भोज भतेर नगरेर फरक ढंङ बाट मनाउनु हुन्छ जस्तो कि फेवाताल सफा गरेर,गरिबहरुलाई बिना धितो रिन दिएर,बृक्षा रोपण गरेर र एस.एल.सि मा उत्कृष्ट हुने छात्र छात्रा लाई सम्मान गरेर।
शर्मा आफनो काममा धेरै रमाउनु हुन्छ ।आफनो खुशिको क्षण समेत काम नै हो भन्नु हुन्छ। बुवाको अचानक निधन भएको दिन लाई कहिल्यै बिर्सन नसकिने क्षण रुपमा लिनु हुन्छ । सायद आज मेरो बुवा जिवित हुनु भएको भए मेरो प्रगति देखेर कति खुशि हुनुहुने थियो । बुवाको अभाव मैले सधै महसुस गरे भन्नु हुन्छ।
भगवान र धर्म प्रति असाध्यै आस्था राख्ने शर्मा आफनो समयलाई यसरी विभाजन गर्नु हुन्छ । म मेरो १०० प्रतिसत समयको ५० प्रतिसत परिश्रममा विश्वास गर्छु,२० प्रतिसत पृतृ देवतामा ,२० प्रतिसत भगवान देवी देवतामा र बाँकि १० प्रतिसत मात्र भाग्यमा ।त्यसैले हामिले परिश्रम गर्नै पर्छ बिना श्रम सजिलै आजको भोलि पैसा कमाउछु भनेर गलत बाटो हिडनु भनेको मुर्खता सिवाय अरु केहि हैन ।
विवाह आवश्यकता हो यसलाई सम्मान गर्न जान्नु पर्छ । दुलही र सन्तानलाई समय,सम्मान र माया दिनु पर्छ। भन्नु हुन्छ शर्मा। धुम्रपान र मधमान कहिल्यै नगर्ने उहाँ साधारण सबै खाले खाना खान मन पराउनु हुन्छ। नियमित व्यायाम गर्न शर्मा ,प्रेम आवश्यकत्ता हो र चोखो मनले गर्नु पर्छ भन्नु हुन्छ। जिवनको परिभाषा यसरी गर्नु हुन्छ पृथ्वीमा जन्मलिएर आएपछि पाएको दायित्वलाई सार्थक बनाउनु नै जिवन हो र म परिश्रममा विश्वास गर्छु चिन्ता धेरै गर्दिन।
विदेशीहरुले नेपालमा घुम्न आउदा पाएको दुख देखेर उहाँलाई असाध्यै नरमाइलो लाग्छ। त्यत्रो टाढा देखि उनिहरु हाम्रो देश हेर्न आउछन तर हामिले उनिहरुलाई बन्द हडताल को नाममा कोठा बन्द बनाएर बस्न बाध्य पारेका छौ ।सुतेको बेला पैसा चोरिदिने,लुटपाट गर्ने, पासपोर्ट भेटेर पनि नदिने जस्ता कुराहरु बन्द हुनु पर्छ। घुम्न बोलाएर दुख दिने हैन सेवा दिने हो ।
उहाँले काठमाण्डौमा राखेर पोखरा आसपासका चार जना बच्चाहरुलाई पढाईरहनु भएको छ ।ती बालबालिकाहरुको औषधी उपचार समेत आफैले गर्दै आइरहनु भएको छ। उहाँले होटल व्यवस्थापन लगायत अन्य बिधामा गरि १८ वटा तालिम लिईसक्नु भएको छ।
नैतिकता नै बाकि नराखि पैसा कमाउने होड बाजिमा लाग्नु हुदैन ।सबैलाई खुशि बनाएर कसैलाई दुखि नबनाई अघि बढनु पर्छ।दृण हुनुस सत्कर्ममा लाग्नुस ,परिश्रम गर्नुस सफलता सधै तपाई सँग हुनेछ।
Thursday, December 15, 2011
Subscribe to:
Post Comments (Atom)