२०३९ साल चैत्र २४ गते भोजपुरमा बुवा चन्द्र बहादुर श्रेष्ठ र आमा कुमारी श्रेष्ठकी माहिली छोरीको रुपमा जन्मिनु भएकि सिता श्रेष्ठ एक सफल व्यूटिसियन हुनुहुन्छ। सानै देखि अरुले कपाल काटेको मेकअप गरेको देखेर यस क्षेत्र तर्फ आकर्षीत हुनु भएकि सिता बिगत एघार बर्ष देखि ब्यूटिपार्लर संन्चनलन गरिरहनु भएको छ । भोजपुर बाट काठमाण्डौ आफनो पढाईलाई निरन्तरता दिन आउनु भएकि उहाँ याहाँ आएपछि ब्यूटिसियन पेशा प्रति आर्कर्षित हुन पुग्नु भयो र यसै सम्बन्धि तालिम लिए पछि उहाँले आफनै पार्लर खोल्नु भयो । महिलाहरुको लागि साहै राम्रो हो यो पेशा भन्न पछि नपर्ने सिता, ललितपुरको इटिटोलमा साइनिङ स्टार नामक ब्युटिपार्लरकि सन्चालिका तथा प्रशिक्षक हुनु हुन्छ।
....यो पेशा प्रति आर्कषित हुने कारण ?
मलाई सानै देखि अरुले गरेको मेकअप ,कपाल काटेको देख्ने बितिक्कै म कहिले यस्तो गर्न सक्छु होला भन्ने लागिरहन्थयो त्यसैले म यस पेशा प्रति आर्कषित भएँ।
....ब्यूटिशियन बाहेक अरु काम गर्न पाए हुन्थ्यो जस्तो लाग्छ कि लाग्दैन ?
अहँ लाग्दैन मलाई यहि पेशा रमाइलो लागिरहेको छ। कोठा भित्र बसेर आफु जस्तै महिला दिदि बैनीहरुको काम गर्ने भएकोले रमाइलो छ गफ पनि हुन्छ काम पनि हुन्छ । आफनो काम हो कसैको करकापमा पर्नु पर्देन ।गारो सारो भएको बेला बन्द गर्न पाईन्छ। बिरामि परयो भने आराम गर्न मिल्छ । त्यसैले म यसमै रमाईरहेकि छु।
....ब्यूटिपार्लर प्रति मानिसहरुको सोचाई कस्तो पाउनु भएको छ ?
पहिला पहिला त खासै राम्रो थिएन । आज भन्दा एघार बर्ष अगाडिको कुरा गर्ने हो भने महिलाहरुलाई ब्यूटिपार्लरमा गएर फेसियल गर्नुृ भनेको धेरै ठुलो कुरा थियो । तर अहिले हाम्रो समाज परिर्वत भैसकेको छ । पार्लर जानु पर्छ ,आफनो रुपरंगको ख्याल राख्नु पर्छ भन्ने तर्फ सबै मानिसहरु सचेत भैसकेका छन।
....कस्तो चलिरहेको छ त व्यवसाय ?
पहिला पहिलाको भन्दा अहिले राम्रो छ भन्नुको अर्थ जतिबेला मैले पार्लर सुरु गरेकि थिए त्यो समय भन्दा अहिले धेरै राम्रो छ।मानिसहरु आफनो सुन्दरता प्रति सजक भैसकेका छन भन्न सकिन्छ।
....सौर्दय भन्ने बित्तिक्कै महिलाहरुको नाम अग्रपंक्त्तिमा आउछ किन?
परापूर्वकाल देखि नै सौदर्य सँग सधै महिलालाई मात्र गासेर हेरियो । महिला भन्ने बित्तिक्कै राम्रि हुनै पर्छ भन्ने धारणा पालियो जसको कारण सौदर्य महिलाहरुको मात्र हो भनेर हेरियो तर आज भोली सौदर्य पुरुषहरु सँग पनि गासिएको छ । यस प्रति पुरुषहरु पनि सजक भैसकेका छन जुन साहै राम्रो पक्ष हो।
...भनाईको मतलब पुरुषहरु पनि ब्यूटिपार्लर आउछन भन्न खोज्नु भएको हो ?
हजुर हो के बृद के यूवा सबै पार्लर जान्छन। तर मेरो पार्लर चाहि महिलाहरुको लागि मात्र हो । जेन्स पार्लरहरुमा गएर पुरुषहरुले फेसियलहरु गराउनु हुन्छ साथै कति यस्ता पार्लरहरु पनि छन जाहा महिला र पुरुष दुबैलाई सेवा दिईन्छ। त्यसैले अहिलेको युगमा सौदर्य प्रति सबैको लगाव उत्तिक्कै छ ।
....ब्यूटिपार्लरमा मानिस हेरेर शूल्क लिईन्छ रे नी हो ?
यो कुरा सरासर गलत हो । हाम्रा लागि सबै सेवाग्राही समान हुनुहुन्छ। हामि कसैमाथी पनि भेदभाब गर्दैनौ । सबै सेवाग्राही हाम्रा देवता हुन । फरक यति हो सेवाग्राहीले कस्तो कस्मेटिक प्रयोग गर्न भन्नु हुन्छ त्यहि अनुसार मुल्य फरक पर्ने हो ।सस्तो सामानको मूल्य कम पर्छ भने महंगो समानको मुल्य बढि पर्छ । यो सेवाग्राहीआफैले भने पछि मात्र हामिले प्रयोग गर्ने हो । हामिले जथाभावी प्रयोग गर्ने होईन ।
....प्रतिस्पर्दा कतिको छ त?
धेरै न छ किनकि अहिले धेरै नै ब्यूटिपार्लरहरु खुलेका छन। हरएक चोक गल्लिमा जहि तहि खुलेका छन पार्लरहरु । एउटा पार्लर धेरै चलेको देख्ने बित्तिक्कै त्याँहा अर्को पार्लर खुलि हाल्छ जसको कारण प्रतिस्पर्दा धेरै छ।
....एउटा व्यवसाय सफल बनाउन के गर्नु पर्छ?
आफनोमा आउने सेवाग्राहीहरु लाई राम्रो सेवा दिनु पर्छ । यो व्यवसायमा हामिले गरेको काम राम्रो भएन भने सेवाग्राही फेरि फर्केर आउने सम्भावना धेरै कम हुन्छ । साथै हामि सँग शिष्टता पनि हुनुपर्छ। जसको कारण सेवाग्राही आफैले आफना आफन्तहरुलाई लिएर आउनु हुन्छ।
...यो व्यवसाय बाट आएको आफनो कमाई बाट सन्तुष्ट हुनु हुन्छ ?
एकदमै सन्तुष्ट छु । आफनो हातमा भएको सिपलाई चलाउन पाएकि छु । अरुलाई पनि सिकाउन पाएकी छु । आफनै कमाई खर्च गर्नु को मज्जा नै बेग्लै हुन्छ ।
....अन्तमा केहि सन्देश ?
सिप सिक्नुहोस र आफै कमाउने कोशिस गर्नु पर्छ । हामि महिला आत्मानिर्भर हुनै पर्छ । त्यसैले आफनो रुचि अनुसारको काम गर्नुस अवश्य सफल हुनु हुनेछ ।
Thursday, December 15, 2011
Subscribe to:
Post Comments (Atom)