आफुलाई चिनाउन आफै अगाडि बढनु पर्छ। मेहनत नगर्ने,संघर्ष गर्न डराउने र आफु माथि आफैले विश्वास नराख्ने हो भने हामिले जीवनमा कहिल्यै केहि गर्न सक्दैनौ। त्यसैले आफनो लागि आफैले गर्नु पर्छ। तपाईको लागि केहि पनि अरु कसैले गर्दैन यो कुरा सधै मनमा राख्नुस र आफुले आफैलाई अरु सामु चिनाए पछि मात्र अरुले तपाईलाई चिन्छन भन्नु हुन्छ बिमल श्रेष्ठ। नेपालका राष्ट्रिय ब्याडमिटन खेलाडी,व्यापारी का साथै समाज सेवी पनि हुनु हुन्छ बिमल श्रेष्ठ।
कुनै समय नेपालको नम्बर एक खेलाडी हुनुहुन्थ्यो श्रेष्ठ। अहिले पनि ब्याडमिन्टन खेलिरहनु भएको छ साथै छिटटै नै खेल लिएर चिन जाने तयारीमा जुटनु भएको छ। राष्ट्रिय तर्फ तीन पटक गोल्ड विजेता भईसक्नु भएका बिमलले दुई वटा अन्तराष्ट्रिय प्रतियोगीतामा समेत आफनो सहभागीता जनाई सक्नु भएको छ।
२०३५साल फाल्गुन २२गते नेपालगन्जमा बुवा गोपाल कृष्ण श्रेष्ठ तथा आमा राजकुमारी श्रेष्ठका कान्छा छोराको रुपमा उहाँको जन्म भएको थियो। दुई छोरा र एक छोरी बिच हुर्किन भएका श्रेष्ठ बालक कालमा चंन्चले स्वभाबको हुनुहुन्थ्यो ।म सानोमा बदमासी पनि गर्थे उहाँ आफनो बाल्यकाल सम्झनु हुन्छ।
उहाँको जन्म नेपाल भएपनि उहाँ भारतमा हुर्किनु भएको थियो। उहाँको बुवा छिमेकि राष्ट्र भारतमा काम हुनुहुन्थ्यो । जसको कारण उहाँहरु तीनै जना छोराछोरी र आमा पनि बुवा सँग भारत नै जानु भयो। हामि चाडपर्बहरुमा नेपालगन्ज आउथ्यौ साथै स्कूल छुटी हुदा पनि प्राय नेपाल आईरहन्थ्यौ । किनकि हाम्रो सबै आफन्तहरु यहि हुनुहुन्थ्यो।
उहाँले आफनो स्कूलको शिक्षा केन्द्रिय बिधालय मलाजखान मध्यप्रदेश बाट हासिल गर्नु भयो । उक्त्त स्कूलमा उहाँले कक्षा १२ सम्म अध्ययन गर्नु भयो । बि ए देखि एम ए सम्मको क्याम्पसको पढाई नागपुर कलेज महाराष्ट्रमा पढनु भयो।
सानोमा सफल व्यापार व्यवसाय गर्ने सोच लिएर हुर्किनु भएका बिमलले अर्थशस्त्र बिषयमा एम ए गर्नु भएको छ। सानोमा म पढाई र खेलकुद दुबैमा सधै अगाडि हुन्थे। म नेपालको नम्बर एक खेलाडि बन्छु भन्ने मैले सोचेको नै थिइन। नेपाल आएपछि शारिरिक स्वास्थ्यको ख्याल राख्नु पर्छ भन्ने सोचेर व्यायाम गर्ने थाले त्यहि बाट मेरो खेल जीवन आरम्भ भयो उहाँ भन्नु हुन्छ।
खेलेर बचेको खाली समयलाई सदुपयोग गर्नको लागि उहाँले रेडिमेट कपडाको पसल खोल्नु भएको थियो । उहाँको पसल नाम न्यु पिन्च हो उक्त्त पसल ललितपुर को व्यस्त बजार कुमारपार्टीमा रहेको छ ।आज भन्दा आठ बर्ष अगाडि खोलेको हो। शुरुको दुई बर्ष असाध्यै गारो गरि यो पसललाई मैले याहाँ सम्म पुरयाएको हो । जतिबेला पसल खोलेको थिए त्यसबेला म स्टाफ राख्ने अवस्थामा थिईन । मैले दिनरात नभनी मेहनत गरे जसको परिणाम अहिले पाईरहेको छु । त्यसबेला मलाई मेरी बैनीले धेरै सहयोग गरेकि थिइन । त्यो दुई बर्ष हामिले मात्र पसल चलायौ । आज मेरो पसलको नाम सुन्ने बित्तिक्कै धेरैले चिन्नु हुन्छ । धेरै खुशि छु उहाँ भन्नु हुन्छ।
खेल र व्यवसाय मात्र हैन बिमल समज सेवामा पनि उत्तिक्कै रुचि राख्नु हुन्छ। उहाँ बिभिन्न बाल सुधार गृहमा जानु हुन्छ र त्याहाको आवश्यक्ता हेरि सहयोग पनि गर्दै आईरहनु भएको छ। आर.सि.सि.ओ नामक सुधार गृहका बालबालिकालाई दशैको बेला नि.शूल्क लुगाकपडा पनि दिदै आईरहनु भएको छ। जन्म दिन लगायत अन्य अवसरहरुमा पनि उहाँ सुधार गृहहरुमा जानुहुन्छ र त्याहाका बालबालिकाहरु सँग मनाउनु हुन्छ।
२०६५ सालमा बिन्दिशा जोशि सँग बिवाह गर्नु भएका बिमलकी २बर्षिया छोरी पनि छिन। विवाह आवश्यक्त्ता हो भन्ने उहाँ विवाह गरेपछि मात्र मानिसले आफनो जिम्मेवारि बुझदछन । आफु संक्षम नभई विवाह गर्नु हुन्न जब आफु आफनो पारिवारिक जिम्मेवारि बहन गर्न सक्ने भईन्छ तब मात्र विवाह गर्नु उचित हुन्छ भन्नु हुन्छ।
भगवान र धर्म प्रति आस्था राख्छु भन्ने बिमल प्रत्येक मंगलवार एकछिन पसल बन्द गरेर भएपनि गणेस्थान जान भुल्नु हुन्न । हरएक मंगलवार उहाँ कमलादीको गणेस्थान जानु हुन्छ । उपत्यका बाहिर भएको बेला बाहेक अरु दिन सधै मंगलवार जानु हुन्छ। आफुलाई मनै देखि केहि कुरा माग्नु परेको छ भने म मनकामना जान्छु त्याहाँको वातावरणले मन लाई प्रफुल्ल बनाउछ श्रेष्ठ भन्नु हुन्छ ।
प्रेम भनेको एउटा विश्वास हो । जाहाँ आफनो साथि प्रति विश्वासघात गरिन्छ ।त्याहा प्रेम कहिल्यै रहदैन । त्यसैले विश्वास नै प्रेमको जग हो भन्नु हुन्छ । हाम्रो जीवन भगवान को एउटा देन हो जसलाई नराम्रो बाटोमा नहिडाउ बिमल भन्नु हुन्छ।
आफु नेपालको नम्बर एक खेलाडि घोषित भएको दिन र श्रीमती बिन्दिशा सँग विवाह भएको दिन यी दुई क्षण मेरो लागि सबै भन्दा खुशिको क्षण थियो भन्नु हुन्छ। त्यसैगरि छोरी जन्मिएको दिनलाई उहाँ आफनो जीवनको कहिल्यै बिर्षन नसकिने क्षणको रुपमा लीनु हुन्छ। उहाँलाई सबै प्रकारका खाना मन पर्छन । बिशेष गरि नेपाली खानालाई बढि रुचाउनु हुन्छ ।
हाम्रो देशमा कुनै पनि कुराहरु नियम भित्र छैनन । जसको कारण देश माथि जानु को सटटा झन झन तल गैरहेको छ यो अवस्था देख्दा साहै दिक्क लाग्छ उहाँलाई यो कुरा हाम्रो देशको नराम्रो पक्षहो भन्न पनि पछि पर्नु हुन्न उहाँ।
हाम्रो देशमा खेल खेलेर बाच्ने वा परिवार पाल्ने अवस्था अझै छैन । खेलाडिहरुले खेल बाहेक परिवार पाल्नको लागि बाहिर काम गर्नै पर्छ । व्यापार व्यवसाय गर्नु हाम्रो बाध्यता हो ।जसको कारण नेपाली खेलाडी गारो अवस्थामा छन। हाम्रा केहि साथिहरु यसमा मात्र लागेर खाएका छन । तरउनिहरुको अवस्था साहै नाजुक छ ।घरपरिवार पाल्न गारो भएको छ ।बाहिर काम गरेर खेल खेल्नु पनि अप्ठयारो अवस्था हो । नेपालमा अझै पनि खेलेर घरखर्च चलाउनु गारो छ।
युवा जनशक्ती बिदेशीएको देख्दा साहै मन दुख्छ । पढनको लागी जानु नराम्रो होईन तर पढाई सकेपछि पनि नफर्किनु नराम्रो पक्ष हो । हामिले नेपालमै बसेर नेपालमै केहि गर्नु पर्छ । याँहाको सिस्टम राम्रो बनाउनको लागि सबै युवा एक हुनै पर्छ । हामि सबैले देश छोडेर पलायन हुने हो भने याँहाँ को बस्ने त ? उहाँ प्रश्न गर्नु हुन्छ।
उहाँको पसलमा मात्र भिड लाग्नुको कारण लाई उहाँ यसरी प्रष्टपार्नु हुन्छ व्यक्तिगत रुपमा आफनोमा आउने ग्राहको रुचिलाई ध्यानदिएर सन्तुष्ट पार्छु। नयाँ सामान पसलमा आउने बित्तिक्कै ग्राहकलाई खबर गर्छु।जसको कारण मेरो पसलका ग्राहक मेरोमा नै आउनु हुन्छ। व्यापार गर्नको लागी आत्मा विश्वास हुनु पर्छ साथै दिनरात मेहनत गर्नु पर्छ। हरएक कुरालाई सकारात्म तरिकाले सोच्नु पर्छ। एउटा मात्र काम नराम्रो भयो भने त्यसले सबै काम नराम्रो पार्छ । नराम्रो भएको कामलाई पनि राम्ररी सोचेर राम्रो बनाएर लानु पर्छ। अनि मैले गर्न सक्छु भनेर सोच्नै पर्छ।
आफु माथी आत्माविश्वास बनाउनै पर्छ। चाहे त्यो व्यापार होस वा खेल दुबै ठाँउमा तपाईले आफुमाथी विश्वास गर्नै पर्छ। जब सम्म विश्वास गर्न सक्नु हुन्न तब सम्म सफल हुन सकिन्न । जति बेला मैले खेल शूरु गरे त्यति बेला मैले आफैले दिनरात नभनी मेहनत गरे म सफल भए नम्बर एक भए अनि मात्र मैले कोच पाए अन्य सुबिधा पाए । त्यो भन्दा अगाडी मैले केहि पाएको थिइन । खेल खेल्दा पनि हामि आफु माथि विश्वास नभए जित्नै सक्दैनौ।बिमल आफनो अनुभव सुनाउनु हुन्छ।
म कसैको नराम्रो नगरौ र मैले गर्दा कसैलाई पनि केहि नराम्रो नहोस भन्ने सोचाई राख्ने बिमल सबै कुराहरुलाई सकारात्म तरिकाले सोचेर मेहनत गर्ने अनि आत्माविश्वास राख्नाले जीबनमा अगाडी बढन सजिलो हुन्छ भन्नु हुन्छ।
Thursday, December 15, 2011
Subscribe to:
Post Comments (Atom)