२०४० साल चैत १२ गते ललितपुर सुनाकोठी वडा नं १ चौतारामा बुवा ध्रुवबहादुर डंगोल र आमा पुन्यीदेवी डंगोलका छ सन्तान (५ छोरी र एक छोरा )मध्ये कान्छि छोरीको रुपमा जन्मिनु भएकी ईश्वरी डंगोल एक सफल फेसन डिजाइनर हुनुहुन्छ। सानै देखि डिजाइनर लुगा मात्र लगाउने इश्वरी म पनि ठुली भएपछि यस्तै काम गर्छु भन्ने सपना पालेर हुर्किनु भयो । उहाँ नृत्यमा पनि उत्कृष्ट हुनु हुन्छ । बिभिन्न नृत्य प्रतियोगीतामा प्रथम हुनु भएकी इश्वरीले चार बर्ष नृत्य शिक्षिका भएर पनि काम गर्नु भयो। नृत्य प्रतियोगीतामा निणर्यक भैसक्नु भएकी उहाँलाई आफनो बुटिक खोल्ने र फेसन डिजाईनर हुने सपनाले तानेर आई.ए सि फेसन कलेजमा पुरयायो जाँहा बाट उहाँले फेसन सम्बन्धी सम्पूर्ण कुराहरु सिक्नु भयो । ईश्वरी फेसनका साथै मोडलिङ पनि गर्नु हुन्छ उहाँ तीज क्वीन नामका सुन्दरी प्रतियोगिताकी फस्ट रनरप पनि हुनु हुन्छ। २०६७ साल फाल्गुन ८ गते बिक्रम महर्जन सँग विवाह गर्नु भएकी ईश्वरी एक सफल बुटिक व्यवसायी हुनु हुन्छ ।जावलाखेल कुमारीमपार्टीमा घांघर नामक बुटिक संन्चालन गरिरहनु भएकी ईश्वरी डंगोल सँग गरिएको कुराकानीको अंश.
१..कस्तो चलिरहेछ तपाईको व्यवसाय?
धेरै राम्रो सँग चलिरहेको छ मेरो बुटिक मेरोमा आउने हरएक ग्राहक सन्तुष्ट भएर जानु हुन्छ । जसको कारण उहाँहरुले आफन्तहरुलाई मेरोमा लिएर आउनु हुन्छ ।
२..तपाईको नजिकै दुई वटा बुटिक छन तर उनिहरुको तुलनामा तपाईको बुटिक धेरै चल्ने कारण के हो?
म मेरो बुटिकमा आउने सबै खाले ग्राहकको रुचिलाई ध्यान दिएर काम गर्छु । मेरो मेहनत र बुटिकले दिएको राम्रो सेवा नै हो धेरै चल्ने कारण ।
३..लुगा कपडा सिलाउन बुटिक नै किन ?
बुटिकले ग्राहकको रुचि अनुसारको लुगाकपडा बनाउँछन ।ग्राहकको शरिरको आकार कस्तो छ त्यसलाई ध्यानमा राखेर तयार पारिन्छन ।जस्तोकि तपाई टेर्लसमा कपडा आफै लिएर जानु पर्छ डिजाइन पनि यस्तो बनाउने भनेर भन्नु पर्छ तर बुटिकमा तपाई आफु गएर म मेरो लागी कस्तो कपडा लगाऊ जुन मलाई सुहाँउछ भन्नुस सबै कुरालाई ध्यान मा राखेर बुटिकले तपाईलाई सुहाउने कपडा तयार पारिदिन्छ। यसै कारण मानिसहरुको लगाव बुटिक तर्फ बढेको हो।
४...बुटिकमा तयार पारेको लुगाहरु महंगो हुन्छ नी ?
यो एउटा भ्रम मात्र हो । तपाई आफु सँग कति पैसा छ त्यस अनुसारको कपडा सिलाउनको लागि जसको बुटिक हो उहाँसँग कुरा गर्नुस म यति रुपैयाको लुगा सिलाउछु भनेर त्यहि अनुसारको कपडा तयार हुन्छ बुटिकमा । शरिर सुहाउदो फेसनेबल लुगा आफनै दाममा पाउनु हुन्छ बुटिकमा ।त्यसैले बुटिकको लुगा महंगो हुन्छ भन्ने कुरालाई आफनो दिमाख बाट निकाल्नु राम्रो हो।
५...बुटिक व्यवसाय लोकप्रीय हुनु र टेर्लस व्यवसाय हराउदै जानु लाई के भन्नु हुन्छ?
मेरो बिचारमा मानिसहरुको फेसन प्रतिको लगाव हो जस्तो लाग्छ यो। अहिलेका मानिसहरु सुबिधा मुखि भएकोले पनि हो एकै ठाँउमा सबै कुरा पाइन्छ बुटिकमा जुन सेवा टेर्लसले दिन सकेन त्यसैले मानिसहरु बुटिक प्रति आर्कर्षित भए।
६...प्रतिस्पर्दा कति को छ ?
देखिरहनु भएको छ मेरो नजिक दुई वटा बुटिक छन ।त्यसैले प्रतिस्पर्दा धेरै छ । तर मेरो बुटिकमा एक पटक आउने ग्राहक अन्त तीर जानु हुन्न । ग्राहकलाई सन्तुष्ट सेबा दिईरहेकि छु जसको कारण मेरो बुटिकमा ग्राहक संख्या दिन प्रतिदिन बढिरहेकोछ।
७...तपाईकोमा प्रत्येक ग्राहक सन्तुष्ट हुनु र फर्केर आईरहनु को कारण के हो?
समय समयमा परिर्वतन भईरहने फेसन को बारेमा ग्राहकलाई जानकारी दिनु । शरिर सुहाउदो,रंग सुहाउदो कपडा तयार पार्नु ,सहुलियत दिनु र ग्राहको सन्तुष्टि एवम रुचिलाई ध्यान दिनु । ग्राहकले भनेको समयमा कपडा तयार पार्नु ले नै ग्राहक लाई मेरो बुटिक तर्फ आर्कषीत पारेको हो ।
८...अहिले सबै भन्दा बढि चल्ने व्यवसाय यहि हो भन्न मिल्छ?
अहिलेका मानिस आफनो लगाई प्रति सजग भएकोले सायद हो भन्न सकिन्छ। फेसन भन्ने बित्तिक्कै सबै को ध्यान जाने हुदाँ व्यवसायलाई नराम्रो भन्न सकिन्न।
९..फेसन किन र के का लागी ?
आफुलाई सुहाउदो डिजाइनिङ लुगा लगाउनु फेसन हो । हरएक मानिसको इच्छा हुन्छ उसले लगाएको लुगा राम्रो होस सबैले प्रशंशा गरुन ।अरु भन्दा अलग देखिने चाहना सबैको हुन्छ जसको कारण फेसन प्रति उनिहरुको लगाव हुन्छ। अलग र फरक देखिने चाहनाले नै हामिलाई फेसन तर्फ तानिरहन्छ। र यसकै लागि फेसन गरिन्छ जस्तो मलाई लाग्छ।
१०..कस्ता कस्ता ग्राहक आउनु हुन्छ?
केहि रमाइला मजका हुनु हुन्छ भने कोहि चाँहि झर्किने छिटै रिसाउने ,चित्त नबुझउने खालका पर्नु हुन्छ । तर सबै सँग हासेर मिठो बोलेर व्यवहार गर्छु जसको कारण याँहा आएपछि अन्त जानु हुन्न।
११..अन्तमा केहि सन्देश छ?
महिला होस या पुरुष आफुले लगाउने लुगाप्रति सचेत हुनु पर्छ। तपाईको पहिचान तपाईको कपडाले दिन्छ। र सबै मानिसलाई भगवानले एउटा न एउटा खुबि दिएको हुन्छ ।त्यसलाई चिनर काम गर्न सक्यो भने सफल भईन्छ।
Thursday, December 15, 2011
Subscribe to:
Post Comments (Atom)