२०४० साल साउन १५ गते चन्द्रनिगाहपुरमा बुवा गोपाल देवकोटा र आमा भगवती देवकोटाकी जेठि छोरीको रुपमा जन्मिनु भएकी रंन्जिता क्षेत्री एक मेहनती महिला हुनु हुन्छ।उहाँले ललितपुरको व्यस्त बजार कुमारीपाटीको गल्लि भित्र आफु डेरा गरेर बसेको घरको गेट बाहिर बासको रयाकमा साथिसँग सापटी मागेर ल्याएको एक हजार रुपैया बाट पसल सुरु गर्नु भएको थियो। आज त्यहि पसललाई बढाउदै लग्नु भएकी रंन्जिताले श्रीमानको औषधी उपचार,छोराको पढाई खर्च,आफनो घर खर्च लगायत साथिहरु सँग लिएको रिन थोरै थोरै गर्दै तिर्दै पनि हुनु हुन्छ। उहाँ पसलमा बस्दा समेत खाली बस्नु हुन्न ऊनीका रुमाल स्काप लगायत चीजहरु अर्डर लीएर बुन्नु हुन्छ। उहाँले आफना १५ जना जति मिल्ने साथिहरु सँग मिलेर समुह पनि बनाउनु भएको छ । प्रत्येक महिना १५० रुपैया उठाएर बैकमा जम्मा गर्नु हुन्छ र आफनै साथीहरु बीचमा सारो गारो पर्दा व्यवहार टार्नु हुन्छ ।मेरो काममा मलाई मेरा समुहका साथीहरुले पनि धेरै सहयोग र हौसला दिएका छन भन्नु हुन्छ।२०५४ सालमा कुमार क्षेत्री सँग विवाह गर्नु भएकि रंन्जिताका एक १३ बर्षिय छोरा पनि छन। रन्जिता आफनो परिश्रममा र मेहनतमा विश्वास गर्नु हुन्छ.।
आफुले गरेको कामको बारेमा रंन्जिता क्षेत्री भन्नुहुन्छ......
म याहाँ आउदाँ मेरो श्रीमान को मात्र काम थियो । म घरमा बस्थे मलाई बिना काम बस्न धेरै गारो हुन्छ । म के गरौ के गरौ भनेर छटपटि रहेकि थिए । यसो वरिपरि बिचार गरे याहाँ नजिक पसल थिएन ।मलाई पसल खोल्न मन लाग्यो तर म सँग पैसा थिएन। साथीकोमा गएर भने पसल थाप्न लागिरहेकि छु । मलाई केहि पैसा सापटी देउन, साथी सँग पनि त्यसबेला एक हजार रुपैया मात्र रहेछ । उ सँग बाट ल्याएको त्यहि हजार रुपैया लिएर सामान किन्न गए तर एक हजारमा त केहि सामान नआउने रहेछ । त्यसपछि जुन पसलमा सामान किन्न गएकि थिए । त्यहि पसलको मान्छेलाई सबै कुरा भने त्यसपछि उहाँले नै यो यो सामान लैजानुस बिक्रि छिटो हुन्छ भनेर दिनुभयो । यदि यो बिक्रि भएन भने भन्दा फिर्ता ल्याउनुस म लिन्छु भनेपछि पसलेले भने बमोजीम एक हजार रुपैयाको सामानहरु लिएर आए। अनि आफै सँग घरमा एउटा बासको रयाक थियो त्यसमै सामान राखेर घरको गेट बाहिर छोरालाई राखे र पसल सुरु गरे।
बासको रयाक त्यसमा पनि एक हजारको सामान रयाक नै भरिएको थिएन तैपनि जे होला होला भनेर आँट गरेर पसल थापे र पसलमा छोरालाई राखे त्यसबेला छोराको स्कूल छुटि थियो। चुरोट,पान पराग,मधु,सलाई ,चकलेट,बिस्किट लगायतका सस्ता सस्ता सामानहरु लिएर आए र ती सामानहरु पसलेले भने जस्तै छिटै बिक्रि हुदा रहेछन। पसल राखेको पहिलो दिन नै साढे चार सय रुपैयाको सामन बिक्रि भयो । एक हजारको पसल थापे शुरु दिन नै साढे चार सय बिक्रि हुदा पसल चल्ने रहेछ भन्ने लाग्यो दोस्रो दिन साढे तिन सयको बिक्रि भयो । अनि हिम्मत पनि बढयो यसलाई निरन्तरता दिए। यसै गरि कहिले धेरै कहिले थोरै र्गदै सामानहरु बिक्रि भैरहे । त्यहि बिक्रि भएको सामान बाट आएको पैसाले सामानहरु किन्दै र थप्दै गए। मेरो पसलमा सस्ता सस्ता दैनिक उपभोग हुने सामन मात्र छन। जसले गर्दा तुरुन्त बिक्रि हुन्छ।
पसल खोलेको केहि समय पछि श्रीमान बिरामि पर्नु भयो उहाँ काममा जान सक्नु भएन त्यसपछि घरको सबै खर्च आफैले चलाउनु पर्ने भयो साथै उहाँको लागि औषधी खर्च पनि । जसले गर्दा पसललाई बढाउने बिचार आयो। एउटा रयाक को सामान राम्रो बिक्रि भईरहेको थियो। उपभोक्ताहरु ब्रेड,दात माझने मंन्जन,ब्रस,साबुन जस्ता कुराहरु खोज्न थाल्नु भयो। जसले गर्दा फेरि साथिहरु सँग एक दुई हजार सापट लिए श्रीमानले काम गर्ने ठाँउ बाट पनि एक दुई हजार ल्याए र अरु दुई वटा बासको रयाकमा सामानहरु थपे । जसले गर्दा पसल तीन वटा रयाकमा भयो। बसेको घर नजिकै फर्निचर कारखाना थियो ।त्याहा काम गर्नैहरुलाई मैले दिउँसो चिया नास्ता बनाएर बेच्दथे ।
यो देखेपछि याँहाँको कारखानाको दाईले मलाई भन्नुभयो बैनी तपाई मेहनत र दुख गर्न सक्नु हुनुहुदो रहेछ । म तपाईलाई मेरो कारखानाको छेउमा एउटा ठाँउ दिन्छु टहरो आफै बनाएर बस्नुस साथै मेरोमा काम गर्ने मानिसहरुको लागि खाना पनि बनाईदिनुस । त्यस पछि हामिलाई यो ठाँउ दिनु भयो पसल राख भनेर अनि हामिले याहाँ टहरो बनाएर पसल राखेका हौ । याहाँ वरिपरिका सबै जना यहि आउनु हुन्छ । कारखानामा काम गर्ने सबै जना यहि खाना खाजा चिया खानु हुन्छ । साथै अरु मानिसहरु पनि चिया खानको लागि आउनु हुन्छ ।यसले गर्दा पसल राम्रै चलिरहेछ। हामिले हाम्रो जीवनमा आउने जस्तो सुकै परिस्थिको सामना गर्न तयार हुनु पर्छ। परिस्थिती सँग नडराईकन चिन्ता नलिईकन त्यसको समाधान तीर लाग्नु पर्छ । साथै काम कहिल्यै ठुलो सानो हुदैन मिहिनेत गर्नु पर्छ ।
Thursday, December 15, 2011
Subscribe to:
Post Comments (Atom)