कुनै पनि आमा बुवाले आफनो बच्चालाई स्कूल भर्ना गर्न लाग्नु भन्दा अगाडि स्कूललाई राम्ररी हेरेर बुझेर राख्नु पर्छ। सतहि रुपमा माथि माथि हेरेर बा साथिले महंगो स्कूलमा उसको बच्चा राखेको छ म पनि त्यहि राख्छु भन्ने सोचेर बच्चालाई स्कूल भर्ना गर्नु हुन्न चाहे त्यो मेरो स्कूल होस वा अरु कसैको भन्नु हुन्छ ललिता देवकोटा ,अरु माथि अन्याय नगर्ने तथा भएको हेर्न नसक्ने उहाँको हक्कि स्वभाव छ। सायद यीनै कारणले गर्दा होला अरु भन्दा फरक हुनुहुन्छ देवकोटा । हरेक दिन हरेक पल मैले अझै केहि गर्नु छ यती मै मन बाधेर बस्नु हुन्न भन्ने भावनाले उहाँलाई सधै घचघच्याई रहन्छ भन्न हुन्छ ।
बुवा मणिराज भण्डारी तथा आमा लीला भण्डारीकी जेठि छोरीको रुपमा २०१३ सालमा रौतहटको गौरमा जन्मिनु भएकी देवकोटा बिगत १५ बर्ष देखि चाइल्ड केयर सेन्टर तथा मन्टेश्वरी स्कूल चलाउदै आईरहनु भएको छ।उहाँले जतिबेला स्कूलको सुरुवात स्वरुप चाइल्डकेयर सेन्टर खोल्नु भएको थियो त्यसबेला नेपालमा मन्टेश्वरी शिक्षाको सुरुवात भएकै थिएन । देवकोटानै पहिलो व्यक्ति हुनुहुन्छ जसले नेपालमा मन्टेश्वरी शिक्षाको सुरुवात गर्नु भएको थियो। त्यसबेला उहाँले केहि नयाँ गरौ भन्ने सोचेर चौबिसै घण्टा चाइल्ड केयर सेन्टर खोल्नु भएको थियो । तर त्यस बेलाको समयमा चाइल्ड केयर सेन्टर ले बच्चाहरुलाई राम्रो खाना दिदैनन, फोहोर हुन्छ भन्ने सोचिन्थ्यो । जब मेरामा बच्चाहरु राख्न ल्याउदा याहाँको वातावरण हेरेर गार्जेनहरु अच्चम मान्नु हुन्थ्यो । यस्तो राम्रो रहेछ भन्ने देखेर खुशि हुदै आफनो बच्चाहरु भर्ना गरेर जानुहुन्थ्यो। उहाँले चौबीसै घन्टा दिने सेवालाई केहि समय पछि बन्द गर्नु भयो र डे केयर मात्र संन्चालन गर्नु भयो । किन भने त्यसबेला बच्चालाई चौबीसै घन्टा राख्ने बुवा आमा कम हुनुहुन्थ्यो ।अहिले जस्तो व्यस्त जीवन शैली त्यसबेला थिएन महिलाहरु अहिले जसरी घर बाहिर काम गर्न कमै जानुहुन्थ्यो ।तर आजको समय परिर्वत भैसकेको छ बुवा आमा व्यस्त भैसक्नु भएको छ जसको कारण उहाँहरुसँग समय नै कम छ उहाँ बिगत सम्झनु हुन्छ ।
पाँच दिदि बैनीहरु बीच हुर्किनु भएकी देवकोटा का दुई बैनीहरु डाक्टर हुनुहुन्छ भने दुई चाहि एम बि ए गरेर बस्नु भएको छ । रौतहटकै स्कूलबाट बाल्यकालमा अक्षर चिन्नु भएको थियो । त्यसपछि काठमाण्डौको सेन्टमेरिज स्कुल बाट पाँच कक्षा उतिर्ण गरेर एकै पटक पदम कन्या स्कूलमा नौ कक्षामा भर्ना हुनु भएको थियो । उहाँ पढाईमा असाध्यै तेज हुनुहुन्थ्यो । जसको परिणम स्वरुप उहाँ छ,सात र आठ कक्षा नपढी नौ कक्षामा भर्ना हुनु भएको थियो। स्कूलमा जेहन्दार छात्राको रुपमा उहाँलाई चिनिन्थ्यो । बेस्ट स्टुडेन्ट अवार्ड स्वरुप स्कूल बाट उहाँले गोल्डमेडल पाउनु भएको थियो।
उहाँले एस एल सि फस्ट डिभिजनमा पास गर्नु भएको थियो । त्यसबेला नेपाल भरि बाट जम्मा १६० जनाले मात्र फस्ट डिभिजन गरेका थिए । अमृृत साईन्स क्याम्पसमा आई ए सि पढनु भएको थियो । मेरो घरको वातावरण पढने थियो । काम केहि गर्नु र्पदैन थियो । मेरो बुवाले सधै हामिलाई पढ पढ भनेर पढनमा मात्र जोड दिनुहुन्थ्यो । मलाई पढनु भनेको चाहि बुवाको लागि हो जस्तो लाग्दथ्यो त्यसबेला उहाँ सम्झिनु हुन्छ। त्यसैले अहिले म मेरो स्कुलको बच्चाका बुवाआमालाई भन्छु बच्चा माथि पढ पढ भनेर जोर जबरजस्ती नर्गनुस उसलाई पढने भनेको उसको लागि हो भनेर बुझउनुस । परिक्षा आयो भनेर उ माथि बन्देज लगाउनु हुदैन । पढाउने भनेको बुझाएर खेलाएर हो जबरजस्ति गरेर उसलाई यातना दिए जसरी होईन।
एस एल सि सकेपछि मेरो पाइलट बन्ने इच्छा थियो । मैले बुवालाई भने म पाईलट बन्छु भनेर मेरो बुवाले मलाई पाइलट भनेको प्लेनको ड्राईभर हो केटि मान्छे पाइलट हुनु हुदैन भनेर पहिला नै रोक्नु भयो ।जसको कारण मेरो ईच्छा रोकियो बुवा मलाई डक्टर बनाउन चाहनु हुन्थ्यो । मलाई पनि रिश उठयो अनि मैले राम्ररी ध्यान दिएर पढदै पढिन जसको परिणाम म आइ ए सि पास मात्र भए राम्रो डिभिजन ल्याउन सकिन । त्यसैले मलाई लाग्छ कुनै पनि बाबु आमाले छोराछोरी माथि आफनो ईच्छा लादनु हुन्न बच्चाको पनि ईच्छा हुनु पर्छ । बिएस्सी गर्दागदै राम्रो परिवार,राम्रो घर,राम्रो ठाँउ र राम्रो केटा माग्न आयो भनेर बुवाले मेरो विवाह गरिदिनु भयो ।त्यसबेला मेरो बिएसीको एक सेमिस्टार बाकि थियो। विवाह गरेपछि अनुभव भयो पढनु पर्ने रहेछ पढाई भनेको आफनो लागि हो। मैले मेरी तेस्रि छोरी जन्मिएपछि कलेज भर्ना भएर पढन थाले र एम बि ए गरे ।
२०३२ सालमा मेकानिकल इन्जिनियर श्री धर देवकोटा सँग उहाँको बिवाह भएको थियो। उहाँका चार छोरी तथा एक छोरा हुनुहुन्छ । ढेड बर्ष अघि जेठि छोरीको निधन भएको दिनलाई उहाँ कहिल्यै बिर्षन सक्दिन भन्नुहुन्छ। मेरी छोरीको निधन भएको त्यस दिनलाई म कहिल्यै भुल्न सक्दिन म बाचुन्जेल सधै उसलाई सम्झिएर रुन्छु । म कुनै पनि बेला एक्लै बसे भने उसलाई सम्झिएर रुन थालि हाल्छु देवकोटा भन्नुहुन्छ।
मेरी आमाको भनाई अनुसार बाल्यकालमा म शान्त स्वभावकि थिए रे । त्यसपछि चाहि एकदम बदमास भए । उफ्रिने,चल्ने,शिशाले धेरै पटक मेरो खुटा काटेको छ। सबैलाई जित्दथे म गाँउभरिमा मलाई हराउन सक्ने कोहि थिएन । म भन्दा उमेर दुईबर्ष ठुलाहरु पनि म सँग डराउथे। मेरा साथीहरुले मलाई धेरै माया गर्दथे मैले भनेको सबै मान्थे त्यसबेला म साथिहरुलाई धम्कि दिएर मनाउथे या माया गरेर त्यो चाहि मलाई थाहा छैन त्यसबेला म सानै थिए तर साथिहरु खुब मिल्थे म सँग ज्ञानी थिए। उहाँ आफनो बाल्यकाल सम्झिनु हुन्छ।
बिवाह आवश्यकता हो बुढेसकालमा सुखदुखका कुरा गर्न र विवाह पछि घरमा एक्लै बस्नु पर्दैन पतिपत्नि नै साथ भईन्छ भन्नु हुन्छ देवकोटा । धर्म र भगवान प्रति असाध्यै आस्था राख्नु हुन्छ । उहाँ खानामा त्यति सौखिन हुनुहुन्न पेट भरियो भने पुग्छ। तर चिया चाहि चाहिन्छ भन्नु हुन्छ।
उहाँले १५ जना स्टाफ राखेर फस्टस्टेप मन्टेश्वरी नामक स्कूल ललितपुर पुल्चोकको आफनै घरमा खोल्नु भएको छ। उहाँको स्कूल बिहान ८ बजे देखि साझ ६ बजे सम्म खुल्ला हुन्छ । सातामा एकदिन शनिबार मात्र स्कूल बन्द गर्नु हुन्छ । किन त भन्दा उहाँको स्कूल तथा चाईल्ड केयरमा रहने सबै बच्चाहरुको आमा कामकाजी महिला हुनुहुन्छ । उहाँहरुले शनिबार भन्दा बाहेक अरुदिन छुटि पाउनु हुन्न त्यसकै लागि म पनि स्कूल बन्द गर्न सक्दिन । कति आमा बुवाहरुले परिक्षा पछि छुटि दिदा पनि मलाई स्कूल बन्द नगरिदन भन्नुहुन्छ। अफिस छुटि छैन सँगै अफिसलान गारो हुन्छ मेम बच्चा लाई यहि राखिदिनुस भन्नु हुन्छ जसले गर्दा स्कूल छुटिहुदा पढाई हुदैन तर सबै बच्चा स्कूलनै आउनुहुन्छ उहाँ भन्नुहुन्छ।
कुनै पनि बच्चा धेरै बोधो वा धेरै जान्ने हुदैनन सबै बच्चाहरुको लेवल एक समान हुन्छ । एबनर्मल बच्चाहरु बाहेक । बच्चाले ध्यान दियो भने सबै राम्रो गर्छन बिगार्ने भनेको ध्यान नदिएकाले मात्र हो । पढन त सबै बच्चाले एउटै लेवलमा पढछन । बच्चालाई राम्रो काममा प्रोत्साहन गर्ने र ठिक बेठिक छुटयाउन सिकाइयो भने उसले सबै आफै गर्न सक्छ। त्यसैले सधै मेरो ध्यान मेरो स्कूल बाट निस्कने बच्चाहरु डराउने,केहि गर्न नसक्ने नहुन भन्ने तर्फ केन्द्रित छ । याहाँ बाट निस्किएका सबै बच्चाहरु कहि र कोहि सँग पनि डराउदैनन निडर छन । बोल्न डराउने मान्छे देख्दा डराउने बच्चाहरु कसैसँग नडराउने नयाँ मानिसहरु सँग पनि खुलेर बोलेको देखेर कति बुवा आमाहरु खुशि हुनुहन्छ र सोध्नु हुन्छ कसरी यस्तो भयो मेरो बच्चा भनेर म सँग, उहाँ भन्नु हुन्छ। मेरो स्कूलमा आएको बच्चाहरु घर जानै मान्दैनन । कहिले काहि बच्चाहरु खेल्दाखेल्दै नराम्रो सँग लडन पुग्छन । त्यसबेला साहै नरमाइलो लाग्छ । तपाई जति व्यस्त भए पनि दिनमा कम्तिमा एक घण्टा समय आफना छोराछोरीलाई दिनुस केहि समय खेल्नुस उनीहरुसँग र हेर्नुस कति खुशि हुन्छन उनीहरु देवकोटा भन्नुहुन्छ।
प्रेम जिवनमा चाहिन्छ भन्ने देवकोटा प्रेम सधै दुई तर्पिmहुनु पर्छ भन्नु हुन्छ । जो सँगको प्रेम होस आमा वुवा दाजु भाई दिदि बैनी प्रेमि प्रेमिका पति पत्नि सबै सँग हुने प्रेम दुई तर्पिm हुनु पर्छ । यदि तपाई मात्र प्रेम गर्नु हुन्छ भने केहि समय पछि बिस्तारै त्यो प्रेम मर्दै जान्छ । त्यसैले प्रेम आवश्यक्त्ता हो चाहिन्छ र प्रेम सधै दुई तर्फि हुनुपर्छ।
जीवन भनेको सुख दुखको एउटा सागर हो ।त्यसलाई स्विकारनै पर्छ। तपाई हामि सबैको जीवनमा सुखदुख उत्तिकै आउछ कसैलाई कम कसैलाई बढि हुदैन तर लिनेमानिसले कसरी लीन्छ फरक त्यति मात्र हो भनाईको अर्थ एउटा सानो घाऊ हुदाँ कसैलाई धेरै दुख्छ तर कसैलाई धेरै नै ठुलो घाऊ छ भनेपनि दुख्दैन । यो कुरा तपाई आफै माथि भर पर्छ तपाई कसरी लीनु हुन्छ उहाँ भन्नु हुन्छ।
हाम्रो देशको अहिलको राजनीती उहाँलाई मन परेको छैन । यदि समय र परिस्थिती राम्रो भयो भने उहाँलाई राजनीतीमा जाने मन छ । उहाँ भन्नु हुन्छ मलाई देशको लागी केहि गरौ भन्ने ईच्छा भित्र देखि आएको छ । यदि भोलीको दिनमा परिस्थिती राम्रो भयो भने मलाई तपाईहरुले राजनीतीमा पाउनु हुनेछ।
मलाई मेरो परिवार र श्रीमान को धेरै सहयोग छ । आज मलाई याहाँ सम्म आईपुग्न हरेक पाईला पाईलामा उहाँको साथ छ भन्नुहुन्छ देवकोटा।
सुख दुखको सागर हो जीवन कहिले रोएर बिताउनु पर्छ । कहिले हाँसेर । केहि हुने बित्तिकै निरास भएर बस्नु हुन्न राम्रो सोच्नु पर्छ। भोली मलाई राम्रो हुन्छ भन्ने सोच्नै पर्छ । जसले सोच्दछ उसलाई अवश्य राम्रो हुन्छ । त्यसैले जीवनमा आउने नीरासालाई त्यागौ ।
Friday, December 16, 2011
Subscribe to:
Post Comments (Atom)