Saturday, December 17, 2011

ऊ झूट बोलिरहेको छ

,
टिफिन पूरा नखानुको कारण सोध्दा तपाईंको साथीका आँखा ठुल्ठूला हुन्छन् ? अथवा, के तपाइर्ंको सहकर्मी केही कुरा सोध्दा आवश्यकताभन्दा बढी हाँसेर आफूलाई केही थाहा छैन भन्ने गर्छ ? यस्तै हुने गर्छ भने बुभmनुस्- तत्तत् व्यक्ति तपाईंसँग झूट बोलिरहेका छन् ।

यस प्रकारको असामान्य व्यवहार कहीँ न कहीँ केही न केही गडबडी छ भन्ने संकेत गर्छ । बडी ल्यांग्वेज विशेषज्ञ मार्क सलेमले व्यक्तिको व्यवहारका आधारमा यस्ता चारवटा तरिका खोजेका छन्, जसबाट सामुन्ने व्यक्तिले झूटो बोलिरहेको छ कि छैन भन्ने थाहा पाइन्छ । सलेमका अनुसार झूटो बोल्नुको पहिलो पहिचान हो सामुन्ने भएको व्यक्तिले निरन्तर एकैनासले

हेरिरहनु । जब कुनै व्यक्ति सामान्य आचरणको ठीक विपरीत व्यवहार गर्न थाल्छ, त्यति बेला पनि कहीँ न कहीँ गडबडी छ भन्ने बुझ्नुपर्छ ।

यी दुई मुख्य लक्षणका अतिरिक्त 'हाँस्यो कि फस्यो' उखानका आधारमा हाँसोले समेत झूटो समात्न सहयोग गर्छ । कसैले कुनै कुरा गर्दा आपmनो अनुहार यसो ओल्टेकोल्टे पार्छ भने पनि ऊ झूटो बोलिरहेको छ भनी सोच्नुपर्छ । कसैको हाँस्ने तरिकाले पनि झूटो बोले-नबोलेको अनुमान गर्न सकिन्छ । भावभंगिमा विशेषज्ञका अनुसार वास्तविक हाँसोले व्यक्ति विशेषको अनुहारलाई पूरै परिवर्तन गर्छ । उसका आँखामा चमक हुन्छ, उसका गाला र आँखीभौं मुखको विस्तारसँगै ठूला हुन्छन् । झुटो हाँसोचाहिँ एक मिनेट अनुहारमा आउँछ र तत्कालै हराइहाल्छ ।

यो पूरा अनुसन्धानको सार हो- कसैको सामान्य व्यवहारमा अचानक आउने परिवर्तनले ऊ झूट बोलिरहेको छ भन्ने संकेत गर्छ ।

0 comments to “ऊ झूट बोलिरहेको छ”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates