Sunday, May 19, 2013

आफनो इज्जत र प्रतिष्ठा सँग जोडेर हेर्छन

,

जेठ तीन गते शुक्रबार श्रीमानले नस्विकार्दा घरमै धर्ना भन्ने समाचार  प्रकाशित भयो । यो समाचार पढने मानिस मध्ये के कतिलाई यसले छोयो या छोएन म भन्न सक्दीन तर मलाई भने असाध्यै मन दुखेर आयो । फेरि शनिबार त्यहि समाचारमा सुमित गुप्ता रौनीयार जसले आफनी श्रीमती नितु रौनीयारलाई अस्विकार गरेका थिए उनि पक्राउ परे भन्ने समाचार छापियो । यसै सँग अर्को समाचार पनि आयो जसमा पति लगायत घरका अन्य सदस्यले पत्नि तथा बुहारी नचिनेको भन्ने तृप्ती पुनलाई उनका पति मनोज पुनले नचिनेको त्यतिमात्र हैन गाँउले सबैले बुहारी हो भनेको सुनेर उल्टै उनिहरु बिरुद्ध उजुरी दिन पुगेको । यी माथीका घटना बाट स्पष्ट थाहा हुन्छ नेपालमा हामि छोरी बुहारी कति निमुखा रहेछौ । कसैले नस्विकार्ने कसैले नचिन्ने ? यस्तो कहिले सम्म र अझै कति महिलाले भोग्नु पर्ने प्रश्न मनमा आयो ?
महिला माथी हुने यस्ता घटनाहरु धेरै कम मात्र बाहिर आउछ । जे जति दुख कष्ट पाएपनि छोरीले विवाह गरेकै घरमा बस्नु पर्छ भन्ने मान्यता छोरीका बाबुआमा र परिवारमा रहेको हुन्छ जसको फाईदा केटाको परिवारले लिईरहेको हुन्छ । धेरै जसो अवस्थामा एउटी छोरीले आफुमाथी हुने गरेका दुर्रव्यवहार र घटना घरमा भनेकै हुन्छीन तर उनलाई उल्टै सम्झउने नाममा कष्ट यातना सहन बाध्य पारिन्छ , छोरीले जस्तो सुकै अवस्था भोगोस तर ज्वाईकै घरमा बसोस भन्ने चाहन्छन ।
नीतु रौनीयार कै कुरालाई लिऊ उनको विवाहमा पैतिसलाख खर्च गर्ने सक्ने बाबुले नीतुलाई राम्रो शिक्षा दिनको लागि कति खर्च गरे होलान? त्यत्रो पैसा दिएर विवाह गर्नुको साटो छोरीलाई त्यहि पैसाबाट राम्रो र उचित शिक्षा दिउ उसलाई आत्मानिर्भर बनाउ भन्ने तिर किन ध्यान दिईदैन किन खर्च गरिदैन ? छोरीको भनेका बोझ हो भन्ने मानसिकत्ताको अन्त्य कहिले हुने ? धर्ना दिएर दबाब दिएर नितु घर भित्र त पुग्लीन तर उनलाई घरमा राम्रो व्यवहार गरिन्छ भन्ने के ग्यारेन्टी छ? उनले अझै धेरै रुदै भित्र भित्रै पिल्सीदै कति बस्नु पर्छ । यसको ग्यारेन्टी कसले गर्ने ? अहिले पनि घरबाहिर बसेर धर्ना दिदा उनलाई कति मरेतुल्य भएको होला उनको आत्मासम्मानमा कति चोट पुगेको होला यसको भर्रपाई कसले गर्नसक्छ ?
छोरी अलिकति ठुली भएकी हुन्न विवाहको कुरा र केटा खोजिनु नेपाली समाजमा नौलो होईन । एउटी छोरीले सायदै आफुलाई मनपरेको विषयमा पढाई र मनलागुन्जेल पढन पाउछे । बाबुआमा र परिवारले सधै छोरीलाई आफनो इज्जत र प्रतिष्ठा सँग जोडेर हेर्छन समाजले के भन्छ ? फलानाकी छोरीले कति राम्रो घरखाई फलानकी छोरीको यस्तो उस्तो सधै यतातिर मात्र चिन्ता हुन्छ । यो सबैतिर सोच्न छोडेर मेरी छोरी के गर्दा खुशि र सुखि हुन्छ कसरी हामिले उसको सुन्दर भविश्य कोर्न सक्छौ सायद धेरै कम मानिसले यो सोच्दा हुन । यसैको परिणाम सधै एउटी महिलाले पिडित भएर बसिरहनु परेको छ । एउटी छोरी जो पतिको घरमा बस्न नस्कने अवस्थामा पुगेपनि उसले त्यहि घरमा बस्नु उसको बाध्यता हुन्छ । किनकी माईती पक्ष बाबुआमा दाजु भाई कोहि पनि आफनी छोरी वा दिदिबैनीलाई सहयोग गर्न अगाडि बढदैनन चुपचाप बस्छन। विवाहमा जति पनि रुपैया पैसा खर्च गर्ने बाबुआमा परिवार छोरीले पिडित छु भन्दा सहयोगको हात बढाउदैनन झन पिडित छोरी बैनी उसकोमा नआएपनि हुने जस्तो व्यवहार गर्छन । सबैलाई थाहा हुन्छ उसले दुख पाएकी छे यातना पाएकी छे कोहि पनि अघि सरेर आईज म तेरो साहारा हुँ भन्ने हिम्मतै गर्दैनन।  तथा उसको पतिको घरमा गएर किन यस्तो हुदैछ के भयो भन्ने प्रश्न गर्ने तथा खोज्ने तिर ध्यान नै दिदैनन वा हिम्मत गर्दैनन । आफुले सकेजति सम्झाएर केटा पक्षको कुरालाई हजुर हजुर गरेर मात्र बस्न बाध्य छन ।त्यसैले महिला माथी हुने यस्ता हिंसाका घटना अति नै भएपछि मात्र बाहिर ल्याईएको हुन्छ । यस्तोमा महिलालाई के कस्तो र कसरी न्याय दिने ? यत्ता तिर गम्भिर भएर सोच्ने बेला भैसकेको छ ।
छोरी भन्ने बित्तिक्कै जेजसरी हुन्छ विवाह गरेर पठाउने तीर नसोची उचित शिक्षा तिर ध्यान दिने की ? साथै यसरी खुल्लम खुल्ला महिला माथी हिंसा र यातना दिनेलाई हाम्रो कानून बलियो बनाएर कारवाहि गर्नेतिर अघि बढने की जवसम्म कानुन बमोजीमको कारवाहिमा हामि पछि पर्छौ त्यसबेला सम्म यस्ता घटना कहिल्यै हाम्रो समाज बाट हटने छैनन । जवसम्म महिला माथी हुने यस्ता घटनाका दोषिलाई कारवाहि गरिदैन तव सम्म अवस्था उस्तै रहने छ । बितेका केहि महिना देखि लगातार महिला माथी हुने गरेका धेरै घटनाहरु धमाधम बाहिर आईरहेपनि घटनाहरु घटनुको साटो झन झन नयाँ स्वरुपमा बाहिर आईरहेछन । सरर्सती हेर्दा घटना कम हुनु पर्नेमा बढेको देखिन्छ । याहा कसको कति दोष के कमजोरी भन्दा पनि यस्ता अराजकता बाट कसरी छुटकारा पाउने भन्ने तिर सोच्न अति जरुरी भैसक्यो । यस्ता अराजकता बाट छुटकारा पाउन वा समाज बाट हटाउन बलियो कानुन र कानुनी कारवाहि मुख्य कुरा हो यहि नेर हामि चुक्यौ जस्तो छ ।


0 comments to “आफनो इज्जत र प्रतिष्ठा सँग जोडेर हेर्छन”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates