Monday, April 2, 2012

आफनो स्तर नभुल आफनो ठाँउमा बस

,
मानिसको मन असाध्यै चंन्चल हुन्छ ।मन माथि कसरी नियन्त्रण गर्न सकिएला हामिले पक्कै पनि यस बिषयमा सोचेको हुनु पर्छ। हामिलाई लाग्छ मन माथि नियन्त्रण असम्भव जस्तै हो । तर ज्ञानि सन्तहरु भन्नु हुन्छ । मनलाई हामि आफैले बिगारेका हौ रे। मनले मागेको गलत कुरालाई पनि हामि आत्मा सँग जोडछौ रे जुन सहि होईन । तपाईलाई के लाग्यो एक पटक यसलाई पढेर हेरौ न त गुरु के भन्नु हुन्छ। धेरै पहिलेको कुराहो । एक ज्ञानी सन्त बजारको बाटो हुदै कतै गईरहेका थिए । एउटा फलफुल पसलमा राम्रा राम्रा सुन्तला बेच्न राखिएको रहेछ । सन्तले देखे । उनि अगाडि बढदै थिए । उनको मनले भन्यो म सुन्तला खान्छु । सन्तले भने हुदैन हामि सुन्तला खादैनौ । मनले भन्यो आज खाउँ,फेरि नखाने । सन्तले मन सँग भने तिमीलाई खानै मन छ भने पहिला हामि जंगल जाऊ । दाउरा खोजौ त्यसलाई बेचौ अनि त्यो पैसा बाट सुन्तला खाउला । यस प्रकार आफनो मनलाई धर्यवान बनाएर सन्त जंगल तिर गए। तीन चार घण्टामा दाउरा खोजेर जम्मा पारे । त्यसलाई बोकेर उनी बजार तर्फ गए । बजारमा गएर दाउरा बेचे अनि त्यो पैसा लिएर फलफुल पसलेकोमा गए सुन्तला किन्न । मलाई यति पैसाको सुन्तला देऊ । पसलेले सन्तलाई सुन्तला तौलेर दियो । तब ज्ञानी सन्तले आफनो मन सँग भने हामि यो सुन्तला कुटीमा गएर खाउला ।मनले मान्यो सन्त गाँउ नजिकै भएको आफनो कुटिमा पुगे । त्यसपछि सन्त आफनो आसनमा बसे र मनलाई भने आज तिमी सुन्तला खान्छौ ,भोली मिठाई,र्पिर्स आँप त्यसपछि अर्को दिन पेडा । यसरी त तिमी मेरो मन नभएर मेरो मालिक हुनेछौ र म तिम्रो नोकर हुनेछु । जस्तो जस्तो तिमी आज्ञा दिदै जानेछौ । त्यस्तै त्यस्तै म तिम्रो आज्ञा पालन गर्दै हिडु ? तिमी नोकर हुनुपर्छ । यो सुन्तला कति मेहनतले आएको छ । तिमी बसिबसि सितैमा खान खोज्छौ, होईन ? म तिमीलाई सुन्तला खुवाएर तिम्रो बानी बिगार्न चाहन्न । तिमी आफनो स्तर नभुल आफनो ठाँउमा बस । यसरी ज्ञानी सन्तले आफनो मनलाई सम्झाई रहेका थिए । त्यसैबेला गाँउका केहि बालक खेल्दै त्यहि आईपुगे । सन्तले भने बाबुहो सुन्तला खान्छौ ? बालकहरुले भने खान्छौ महाराज । सन्तले सबै सुन्तला बच्चाहरुमा बाडिदिए । यस प्रकार मनलाई वशमा गर्न सकिन्छ रे ।

6 comments to “आफनो स्तर नभुल आफनो ठाँउमा बस”

  • April 2, 2012 at 2:15 AM
    mskhanal says:

    पहिले अलिक अर्कै पारामा सुनेको कथा थियो तर यो प्रस्तुती ले मन छोयो। गुरु बिनोद बाट यो कथा मैले धेरै पटक सुनेको थिए तर त्यसमा अन्तिम मा सुन्तला फालेको कुरो थियो

  • April 2, 2012 at 4:19 AM
    MY WORDS says:

    Mahesh ji मैले पनि गुरु बाट नै सुनेकि हँु । सायद गुरु अनुसार कथा धेर थोर फरक हुन्छन होला ।राम्रो लाग्यो अनि याहा लेखे ।

  • June 9, 2012 at 9:16 AM
    Bikram Lohar says:

    अत्यन्त प्रेरणादायी कथा रहेछ, रमाइलो लाग्यो पढ्न पनि अनि मन लाई धैर्यता गर्न लगाएर बस् मा राखेको कुरा एकदमै राम्रो अनि सरम भाषा मा राखिदिनुभएको रहेछ, खुसी लाग्यो

  • June 18, 2012 at 6:11 AM
    MY WORDS says:

    Thank you Bikram ji

  • July 1, 2012 at 2:47 AM

    राम्रो कथा रहेछ ।

  • July 6, 2012 at 8:25 AM
    MY WORDS says:

    Thank you Bikash ji

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates