Monday, March 26, 2012

सपना र बिपना बिचको फरक

,
कहिले काहि मलाई लाग्छ म ज्यालामा नमिलेको कामदार जस्तो भएकि क्या हो । अरु सबै समान सोचाई राख्छन म मात्र फरक छु भने म नै गलत हो कि । जीन्दगी हाँसको बथान बिच रहने बकुल्लो जस्तो भएछ । न त हाँस बन्न सकियो न बकुल्लो सँग संगत गरियो । यो मेरो त्यो मेरो भन्दै पछि दौडियो अन्तमा थाहा भयो मेरो त संसारमा केहि नहुने रहेछ । धेरै मानिस भन्छन मानव चोला एक पटक पाईन्छ त्यसको भरपुर आन्नद र फाईदा लिनु पर्छ। तर मैले यो मानव जीवनमा आन्नद लिएर रमाउने त्यस्तो केहि पाए जस्तो लागेन । जे जसरी खुशि खोजे त्याहा खुशि मेरा लागि छदैथिएन । त्यसैले अचेल सोच्दछु म मानिस नभएर कुनै चरा वा जनावर भएको भए बेश रहेछ । त्यो जीवन मैले रमाइलो देखे । चरा भए स्वच्छ आकाशमा उडन पाईने । न कसैको चिन्ता न कसैको पिर मानव जीवन जस्तो न प्रतिस्पर्दा उडो आयो गयो भेटेको खायो वाह कलपना गर्दा नै कति रमाइलो वाह वाह...हैन त बौलाउन लागिसकि क्या हो के भनेको यो मैले पुजालाई सोधे । माथिका कुराहरु धारप्रवाह मेरी साथि पुजा भन्दै थिइन ं। अनि पुजाले भनिन तलाई के थाहा जीवनमा जब चारैतीर बाट चोटै चोट पाईन्छ नी त्यसपछि मात्र थाहापाईने रहेछ । जीवन मेरा लागि हो कि होईन । मेरो ठाँउ बाट हेर यी सबै कुरा जायज हुन । म के भन्ने नभन्ने दोधारमा परे । हो पनि उसलाई आफन्त बनेर धोका दिए पछि के नै गर्न सकिन्छ । मानिसले आत्मा मारेपछि कसको के लाग्छ । म त्यस बेला झस्कीएकि थिए जति बेला उसले मलाई रुदै भनि म एच आई भी संक्रमित भएछु । अब मेरा छोरीलाई कसले हेरिदिन्छ अब म के गारौ । उ भक्कानिदै रोएको अहिले जस्तो लाग्छ मलाई । हुन पनि हो आफनै लोग्ने बैमान भएपछि के गर्ने । धेरै नेपाली महिलाको नीयती जस्तै उसको त्यस्तै भयो । आफनो श्रीमान बाट एच आई भी संक्रमीत भईएला भनेर कुनै पनि महिलाले सोच्दैनन । उसले पनि कहिल्यै सोचीन । जब उसले थाहा पाई त्यसपछि उ पागल जस्तै छे सधै छोरीको चिन्त्तामात्र गर्छे। म पछि यसको के हुन्छ । उसकी छोरीको अनुहार देख्नै बित्तिकै मलाई पनि मन भरिएर आउछ । पुजा सधै मलाई भन्छे मेरी छोरी त जिम्मालिदे न कम्तिमा म ढुक्क सँग मर्न त सक्छु नी । मलाई सधै डर लाग्छ के म उसले जत्तिक्कै माया गर्नु सकुला त उसकि छोरीलाई । आफनो र अर्काको छुटिन्छ भन्छन । म सधै डराउछु । म दोधारमा छु । साथिको कर्तव्य बाट भाग्न पनि सक्दिन । उसलाई त जीउदै मर पनि कसरी भनु । घरमा उसकि छोरी लगेर मैले किन ल्याए उसलाई कसरी भनु । किनकि म सँग घरमा आफनै दुई छोरी छन । मैले उसलाई त चिन्ता नमान म छु म हेर्छु तेरि छोरी त भने तर म भित्र भित्र छटपटिरहेछु । के म उसकि छोरीलाई समान माया दिन सकुला कि नसकुला । उ सँग छुटिटएर जब म घर फर्के मैले पनि घोत्लीएर सोचे अरु जे भएपनि उसले भनेका कुरा सहि हुन कि क्या हो । म पनि चरा या कुनै जनावर भएकि भए यी सबै तनाव दिने कुराहरु बाट मुक्त हुने रहेछु । मानिस भएर जीन्दगी बाच्नु भन्दा पशु या चरा भएर जीन्दगी जीउनु पो रमाइलो हो कि क्या हो । यहि सोच्दै म जंगल र अकाशमा हराउन पुगेछु । त्यहि बिच जीवन रमाउन थालेछु । त्यतिक्कैमा मेरा दुबै छोरी कराउदै आएर अंगालो मारे । म झसंग भएर ब्यूझिए र सोचे यदि म जनावर भएकि भए मेरा छोरी म सँग यसरी आएर अंगालो मार्थे होलान त । मेरो मुख बाट एक्कासि ठुलो आवाज आयो नाहि घरका सबै दगुर्दै आउनु भयो के भयो भनेर । त्यसपछि पो म ब्युझिए छु यो त एउटा सपना पो रहेछ ।

0 comments to “सपना र बिपना बिचको फरक”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates