Monday, March 26, 2012

भेदभावको घाउ चाहि कहिल्यै भर्ने छैन

,

त्यसबेला म सायद पाँच या छ बर्षकी थिए जस्तो लाग्छ मलाई, हाम्रो गाँउमा एक जना साईला सार्कि नामका साइला दाई हुनुहुन्थ्यो । धेरै मानिसहरुले उहाँलाई साइला भन्थे तर हाम्रो घरका केटाकेटिले साइला दाई भनेर सम्बोधन गर्दथ्यौ । एक दिन साँझमा साइला दाईले धेरै रक्शि खानु भएछ। मातेर कराउदै गाँउमा आउनु भयो । हामि सबैजनाले घरको बरण्डामा बसेर उहाँले कराएको सुनेका थियौ त्यसबेला उहाँले भन्नु भएको एउटा बाक्य सधै मेरो दिमाखको कुनै कुनामा बसो त्यो शब्द थियो (छिन्ताङकी देवी मै हु रानी ) छिन्ताङकी देवी यो शब्द सधै मेरो दिमाखको कुनामा बसेर रयो । त्यो काँहाँ होला भन्ने मेरो मनमा सधै आईरहयो । तर कसैलाई पनि मैले सोध्न सकिन कि छिन्ताङकी देवीको मन्दिर काहाँ छ भनेर । यसरी नै समय अगाडि बढि रयो । क्रमस म पनि ठुली भए फेरि एक पटक २०५८ साल भदौ महिनामा हाम्रो रेडियो तालिमको अन्तिम दिन दाजु किशोर थुलुङले आफनो निक्कै नै चर्चित गीत हामिलाई सुनाउनु हुने भयो र उहाँले गीत गाउनु भयो खुकु छिन्ताङ दुख्योकि अरुण सुसाउदा मन सबको रुन्छकी दुख बिसाउदाँ अति मिठो र मार्मिक गीत छिन्ताङ सुने पछि यस पटक मलाई विश्वास भयो छिन्ताङ भन्ने ठाँउ रहेछ । त्यसपछि उहाँसँग छिन्ताङ सम्बन्धि सबैकुरा उहाँ बाट सुने साथै पहिलो पटक थाहापाए छिन्ताङ त हाम्रो पूर्वमै रहेछ अर्थात धनकुटामा पर्दोरहेछ । धैरै दिन सम्म सोचे कस्तो ठाँउहोला छिन्ताङ भनेर तर समय सँगै यो छिन्ताङ शब्दलाई मैले भुल्दै गएछु । समयको लामो अन्तरालमा यसपटक मलाई धनकुटा जाने साइत जुरयो धेरै अगाडि देखि म धनकुटा जान खोजीरहेकि थिए तर बिभिन्न कारणहरुले गर्दा जान सकेकि थिईन । यसपटकको फाल्गुन १६ गते धनकुटा पुगे । तम्मर खोला अर्थात मुलघाट भन्दा माथि म गएकि थिईन । सुन्दर घुम्तिहरु रमाईला पहाडहरु साना साना पहाडि बजार हुदै हामि साँझको समयमा धनकुटा पुग्यौ । धनकुटा पुगेपछि हामि केहि समयको लागि रेडियो मकालु गयौ ।
भोलिपल्टपनि धनकुटामै काम भएकोले गर्दा साँझमा कुरा भयो धनकुटा घुम्ने यसै बिचमा विनयजीले हामिलाई बन्दै गरेको शान्तिपार्क लाने हुनु भयो तथा बिष्णुजीले छीन्ताङ जाने बिचार राख्नु भयो । यसमा हामि सबै इन्द्रजी,दिपक जी तथा बिश्रुदको सहमती बन्यो र भोलि बिहान १० बजे हिडने सहमति बन्यो र हामिलाई घुमाउन लानको लागि रेडियो मकालुका स्टेशन म्यानेजर नैन विश्वकर्मा तयार हुनु भयो । नैनजीलाई मैले सोधे त्याँहाँ त देवीको मन्दिर पनि छ हैन । उहाँले भन्नु भयो छ छिन्ताङकी देवी मैले भने त्यसो हो भने हामि मन्दिर पनि जऊ न त हुन्न । नैनजीले भन्नु भयो मन्दिर दर्शन गर्नको लागि त ४ बजे सम्म पर्खिनु पर्छ । हामिले भन्यो मन्दिरमात्र पुग्ने हो हेर्नको लागि पुजा त याँहाँ हामि मध्ये कसैले पनि गदैनौ । जे भएपनि पुगेपछि भित्र नै दर्शन गनुै राम्रो हो नैनजीले भन्नु भयो ।भोलि पल्ट हामि हिले हुदै शान्तिपार्क पुग्यौ हेर्दा असाध्यै डरलाग्दो देखिने तर चढदा खासै गारो नभएको डाडो चढेर शान्तिपार्क पुग्यौ ।डरलाग्दो उकालो देखेर चढने कुरालाई हाफन आटेकि मलाई बिश्रुद नडराइकन चढने भएपछि चढन कर लागेको थियो । माथि पुगेर मैले नैनजी लाई भनेकि थिए नैनजी याहा एउटा नोटिसबोड राख्नु पर्ला हेर्दा डरलाग्दो देखिएपनि याहा चढन गारो छैन देखेर डरारउनु र चढेर डराउनु फरक कुरा हुन। त्यसपछि नैन जीले एकजना ठूलै मानिस यो उकालो देखेर डराएर नचढेको प्रशंग सुनाउनु भयो ।त्याहा बाट फेरि फर्केर हिलेहुदै हामि छिन्ताङ तर्फ लाग्यौ । डाडै डाडा धुलै धुलो बाटो वाह कति सुन्दर ठाँउ मेरो मनले भन्यो । ६१,६२ सालमा जतिबेला म सोलुखुम्बुमा थिए । त्यसबेला सोलुको सल्लेरी सिसाखोला हुदै हामि झाप्रे भन्ने ठाँउ पुगेका थियौ । त्याहा बाट पताले भन्ने ठाँउ पुग्नको लागि हामि डाडै डाडा उकालो ओरालो हिडेका थियौ । त्यसबेला मेरो मनले भनेको थियो यस बाटोमा गाडिमा हिडन पाउदा कति रमाइलो हुन्थ्यो होला सबै भन्दा माथि डाडै डाडा बाट तल हेर्नुको रमाइलो वाह । ठिक त्यस्तै ठाँउ भएर छिन्ताङ जानु पर्ने वाह धुलो बाटो भएर के भो गाडि कुदिहाल्छ गाँउ पुगेपछि पनि धुलो खान नपाउने चाहि अभागि हुन जस्तो लाग्छ मलाई । शहरको पलुसन भन्दा गाँउको धुलो स्वच्छ लाग्छ ।यसरी डाडा छिचोल्दै हामि छिन्ताङ नजिक पुग्न लागेका थियो । मैले नैन जी लाई सोधे नैनजी छिन्ताङकी देवीको केहि बिषेशता छ कि? उहाले भन्नु भयो त्यस्तो त केहि छैन तर त्याहा महिला र दलितलाई मन्दिर प्रवेश गर्न दिईदैन । मुटुमा च्वास सियोले घोचेको अनुभव भयो मलाई । मैले नैनजीलाई सोधे किन ? नैनजी सँगपनि स्पष्ट जवाफ त थिएन तैपति उहाले भन्नु भयो हामि दलितले चाहि २०५८ साल असोज २० गते मेरै अगुवाईमा सबै जना जम्मा भएर मन्दिर प्रवेश गरयौ । त्यसपछि दलित पुरुषहरुको लागि त प्रवेश खुल्ला भयो तर दलित महिला र अन्य महिलाको सन्दर्भ उस्तै रयो ।
नैनजीका अनुसार त्यसबेला ठुलै जमात महिला पुरुष सबैलाई लिएर उहाँहरु मन्दिर प्रवेश गर्नु भयो । रोक्ने हिम्मत कसैमा थिएन हाम्रो आन्दोलन सफल भयो । मन्दिर प्रवेश गरेको एक दुई दिन पछि त्याहाका एक दुई घरका बाख्रा चितुवाले लगेछ अनि एउटा घरमा पहिरो गएर मान्छे किचेछ । यसको सबै दोष चाहि गाँउका मानिसहरुले दलित आन्दोलनलाई लगाएछन । यीनीहरुले मन्दिर प्रवेश गरेर अनिष्ट भयो भनेछन । त्यस उप्रान्त दलित पुरुषको लागि त मन्दिरको ढोका खुल्यो तर महिला त उहि अवस्थामा बाटोमै बस्नु पर्ने।
हामि मन्दिर पुग्यौ । म थाहा नपाएजस्तो गरि मन्दिरको बाटो लागे बिचमा एउटा सानु पुल थियो । बिष्णुजी,इन्द्रजी,दिपकजी,नैनजी हरु पुल पारि पुग्नु भयो । म बिश्रुद र विनयजी पुल भित्रै थियौ । पारि हुन आटेको अवस्थामा माथि बाट आवाज आयो महिला जानु हुदैन तपाई नजानुस । यसरी पालै पालो माथि बाट धेरै जनाको आवाज आयो त्यसपछि म पुलमै अलमल्ल परे । मलाई जान मन थियो तर नजाउ भन्नेको आवाज धेरै आयो । म पुलमै अडकिरहे विनयजी र बिश्रुद पुल पारि पुग्नु भयो । सबैले के भयो भन्नु भयो ।मैले महिलालाई प्रवेश नगर्नु भन्ने आदेश माथि बाट आयो भने त्यसपछि सबै जना अलमल्ल पर्नु भयो । मैले सोचे म एउटाको कारण यत्रो ठुलो सहिद भुमिमा आएका साथिहरुको रमाइलो के खल्लो पार्नु। त्यसपछि भने तपाईहरु जानुस म यहि बस्छु भनेर म फर्किए। पुल वारि महिलाको लागि बनाइएको मन्दिर रहेछ त्याहाका महिला दिदि बैनीले त्याहा दर्शन गर्न भन्दै हुनुहुन्ग्यो तर मैले गरिन । देवीको मन्दिरमा एकातिर महिलालाई प्रवेश बन्द गरिन्छ अर्को तिर बाहिर त्यहि मुर्ति बनाएर पुजा गर भनिन्छ । भित्र दर्शन गर्न नमिल्ने बाहिर त्यहि देवीलाई दर्शन गर्न मिल्ने यस्तो दोहोरो अपमानमा र भेदभावमा मैले कुनै पनि देवीलाई दर्शन गर्न उचित मानिन। छिन्ताङकी देवी प्रति सानै देखि मेरो मनमा जुन सम्मान र आस्था थियो त्याहाको भेदभाव देखेपछि सबै मरयो । बाहिर भएका त्यहि मानिसहरुलाई सोधे मलाई किन रोक्नु भएको ? देवीको मन्दिरमा महिला प्रवेश निषेध कस्तो नराम्रो नियम तपाईहरुको यो त हामि माथि भेदभाव हो । त्यसपछि एक जना बृद्द बोले १२ बर्ष सम्मका महिलालाई पस्न दिईन्छ त्यस भन्दा माथिकालाई नदिने हो । किनत मेरो प्रश्नमा फेरि उनि बोले महिनावारि भएपछि महिलाले प्रवेश गर्नु हुन्न । महिनावारि भएकि महिलालाई प्रवेश निषेध हो उनले प्रष्ट पारे । हैन कस्तो समाज हो तपाईहरुको महिनावारि भएकि महिला प्रवेश गर्नु नहुने, यदि एउटी महिला महिनावारि नहुने हो भने मानिस कसरी जन्मिन्छ । त्यहि महिनावारि हैन र यो सृष्टि चलाउने जसले गर्दा हामि सबै जन्मिएका छौ लौ अब त्यहि महिनावरि रहेछ पस्न नपाउने कारण मानिसहरुको यस्तो कुरा सुनेपछि लाग्यो महिला पस्न नपाउने कारण महिनावारि हैन अशिक्षा रहेछ मैले यसरी बुझे तर पस्न नदिएको भेदभावको घाउ चाहि कहिल्यै भर्ने छैन । पस्न नपाएको भन्दा पनि महिला भएकै कारण नोटिसबोर्डमा समेत १२ बर्ष भन्दा माथिका महिला प्रवेश निषेध लेखेको पुरुषबादि अशिक्षीत सोच प्रति चाहि लाज लाग्यो । त्यत्रो सहिदहरुको भूमि जसले जनताका अधिकारका लागि लडे त्यहि पबित्र भूमिमा एउटी आमा प्रति यस्तो भेदभाव । जसको कोख बाट जन्मिन्छौ उसकै अनादर त्यो पनि देवी को मन्दिरमा । बयो बृद्दहरुलेत अशिक्षाका कारण मानि आए यसलाई केहि हद सम्म स्विकार्न सकिन्छ तर यो त्याहाका यूवाको कर्तव्य होईन त्यस्तो भेदभाव सहित लेखिएको बोर्ड फयाक्ने र सबै मानिस समान हुन भनेर बताउने । त्यस मन्दिरमा दर्शन गर्न जाने पढेलेखेका पुरुषहरुको पनि यस तर्फ ध्यान नगएको देख्दा चाहि हामी अझै आदिम युग मै छौ जस्तो लाग्यो ।यसको लागि फेरि कुनै दिन छिन्ताङमा त्याहाका महिलाहरु सहिद हुन निस्कनु पर्ने हो कि ।

0 comments to “भेदभावको घाउ चाहि कहिल्यै भर्ने छैन”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates