Thursday, March 22, 2012

ए काल आईज मलाई लैजा

,
मागेर मृत्यु पाउने भए , ए काल आइज मलाई लैजा भन्न मन लागेको छ
जताततै धोका विश्वासघात बाट आहत भएको मुटुलाई आर्यघाट जान मन लागेको छ
बाचेर के पाउछौ तिमिले सधै एउटा नयाँ पिडा,
त्यसैले त यो मन भन्छ ए काल त काहा छस आइज न मलाई लैजा
कहिले काहि लाग्छ म गलत समयमा जन्मिए
आफनो आत्मा मारेर म किन रम्रिए
माया माया भन्दै खोज्दै हिडे त्याहा त ढुगां रहेछ
त्यहि ढुगां मेरो भगवान हो भनि पुजा गरे त्यो त मेरो भम्र रहेछ
ढुगांलाई भगवान बनाई टाउकोमा रखेर हिडे
थाहै भएन त्यसले टाउको बाट झरेर मलाई अपाहिच बनाईसकेछ
भन्न त मानिसहरुले मर्नु भन्दा बौलाउनु निको भन्छन
तर अहिले बाचेको पनि बौलाएको भन्दा कम काहा छ र
त्यसैले त म भन्छु
मृत्यु मागेर पाइने भए ए काल आईज मलाई लैजा

0 comments to “ए काल आईज मलाई लैजा”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates