Friday, March 16, 2012

धार्मिक ग्रन्थ अनुसार

,
कुरा धेरै पहिलेको हो । धार्मिक ग्रन्थ अनुसार अहिलेको हाम्रो युग कलि युग भन्दा कयौ बर्ष अगाडिको हो । एउटा राज्यमा सत्यवत नाम गरेको मानिस थियो । उ ज्यादै गरिब थियो । दुई छाक पेटभरि खान पनि उसलाई मुश्किल थियो । उसको घरमा एउटी बृद्द आखा नदेख्ने आमा र पत्नि थिए । गरिबीका कारण उ दिक्दार भैरहेको थियो । जति मेहनत गरेर परिश्रम गरेपनि गुजारा गर्न मुश्किल थियो । उसको विवाह भएको लगभग २० बर्ष जति भैसकेको थियो तर सन्तान पनि भएका थिएनन । यस्ता ना ना थरि कुराहरुले गर्दा उ सधै तनावमा देखिन्थ्यो । एक दिन उ गुरुकोमा गयो र आफनो सबै कुराहरु भन्यो जति गरेपनि गरिबी र तनाव बाट मुक्त पाउन सकिन गुरु अब म के गरौ । उसलाई गुरुले लक्ष्मी माताको पुजा गर्ने बिधि बताएर भने यसरी सधै माता लक्ष्मीमा मन लगाएर उहाँलाई खुशि पार त्यसपछि तिम्रा सबै दुख दुर हुनेछन ।
यति कुरा गुरुबाट सुनेपछि सत्यवतले घरमा आएर त्यसै गरयो । घनघोर रुपमा लक्ष्मीको साधना गरयो । एक दिन लक्ष्मी उ सामु प्रकट भईन र भनिन भन, के चाहियो ?के इच्छा छ?एउटा बरदान दिन्छु जे माग्नु छ, माग । एक्कासि आफनो अगाडि लक्ष्मीलाई देखेपछि उ अलमल परयो । उसले सोचेकै थिएन यसरी लक्ष्मी प्रकट होलिन र उसलाई बरदान माग भन्लिन भनेर । अनि उसले भन्यो मलाई केहि समय दिनुहोस म भोली बरदान माग्छु । तपाई अचानक आउनुभयो । तपाई आज आउनु हुन्छ भन्ने थाहा भएको भए म के मागौ भनेर तयार रहन्थे त्यसैले मलाई भोली सम्मको समय दिनुस म सोचेर माग्छु । त्यसो हो भने ठिक छ ,भोली नै माग तर एउटा मात्र माग्नु ,लक्ष्मीले भनिन ।
उसले सोच्यो हामि सँग केहि छैन त्यसैले रुपैया पैसा माग्नु परयो अनि त हाम्रो गरिबी भागि हाल्छ । उ घर गयो र आफनी श्रीमती लाई माता लक्ष्मीले भनेको कुरा सबै सुनायो। सबैकुरा सुनिसकेपछि पत्नीले भनिन हाम्रो विवाह गरेको २० बर्ष भैसक्यो । हाम्रा एउटा पनि सन्तान छैनन त्यसैले माता लक्ष्मीसँग एउटा छोरा माग । सत्यवतले सोच्यो छोरा मागुँकि पैसा समस्या धेरै छन ,वर एउटा मात्र माग्नु छ । पत्निको कुरा बाट उ अलमलमा परयो । त्यसपछि उ आमा सँग गयो । उहाँ सत्तरी बर्षकि अनुभवी हुनुहुन्छ पक्कै पनि मलाई राम्रो सल्लाह दिनु हुन्छ मनमनै सोच्यो। आमा नजिक गएर उसले आमालाई भन्यो ,आमा मलाई माता लक्ष्मीले प्रकट भएर एउटा बरदान माग्नका लागि भन्नु भएको छ । म के मागौ ?
आमाले भनिन छोरा म अन्धि छु । आखा बिना दुनिया बेकार रहेछ । बुहारी पनि त्यति धेरै मेरो सेवा गर्दिनन मलाई साहै गारो भएको छ । त्यसैले माता लक्ष्मी सँग तिमि मेरो लागि आखा माग । सत्यवत झन दोधारमा परयो । अब के मागौ छोरा मागौ आमा दुखि हुने । आखा मागौ पत्नी रिसाउने । उ सोचिरहेको थियो । यस्तैमा साहु आई पुग्यो र भन्यो सत्यवत के भयो पैसा कहिले दिने तिमिले तिर्छु भनेको मिति त नाघिसक्यो । उसले भन्यो मलाई भोली सम्मको समय दिनुस साहुजी म तपाईको सबै पैसा भोल तिर्छु ।
उ बसेर सोच्न थाल्यो माता लक्ष्मीले बरदान दिन्छु भन्नु भन्दा अगाडि नै म ठिक थिए बरु । जे जस्तो भएपनि जीन्दगी चलिरहेको थियो । अब म के गरौ काहा जाउ भनेर उ धेरै बेर घोत्लीयो । यतिकैमा उसलाई गुरुको सम्झना आयो हो । अब म गुरुको मा जान्छु आखिर उहाँले नै त हो मलाई माता लक्ष्मीको पूजा गर्न भन्नु भएको पक्कै पनि गुरुले मलाई राम्रो सल्लाह दिनुहुनेछ । त्यसपछि उ गुरुकोमा गयो र सबै कुरा गुरुलाई भन्यो । आमा र पत्नीले दिएको सल्लाह पनि सुनायो र भन्यो गुरु म त अलमल परे लौन गुरु मलाई उचित सल्लाह सुझाव दिनुहोस ।
गुरुले केहि बेर सोचेर भन्नु भयो एउटा तरिका छ तिमि यसो गर ।त्यसपछि उ घरमा आयो । रातभर सुत्न सकेन । भोली पल्ट त्यहि समयमा माता लक्ष्मी आउनु भयो । सत्यवत लाई भन्नु भयो लौ सत्यवत अब तिम्रो समय पुरा भयो माग एउटा बरदान के माग्छौ ।अनि उसले भन्यो म चाहन्छुकि एक डेड बर्षमा नै मेरी आमाले आफनो आखाले आफना नातीलाई सुनको थालमा दुध खादै गरेको देखुन । लक्ष्मीले सोधिन यो के मागेको तिमिले । त्यसपछि सत्यवतले हिजो देखि भएका सबै कुराहरु लक्ष्मीलाई भन्यो साथै यो पनि भन्यो मलाई यसरी बरदान माग्न गुरुले सिकाउनु भएको म गुरुकोमा गएको थिए मेरा सबै समस्याहरु लिएर । लक्ष्मीले भनिन मैले धेरै मानिस भेटे तर तिम्रो गुरु जस्तो भेटिन जसले तिमिलाई यति राम्रो सल्लाह दिए । तिमिले मागेको यो बरदान पुरा हुन्छ । त्यसपछि लक्ष्मी गईन । अनि सत्यवत पनि गुरु सँग आर्शिवाद लिन गयो किनकि आज उसले आफुले चाहेको सबैकुरा गुरुको कारण पाएको थियो। त्यसैले असल गुरु परेमा सबै को कल्याण हुन्छ रे।

6 comments to “धार्मिक ग्रन्थ अनुसार”

  • March 20, 2012 at 5:28 AM
    Lava Kafle says:

    woow

  • March 22, 2012 at 12:29 AM
    MY WORDS says:

    Thank you Lava ji

  • April 23, 2012 at 5:58 AM

    राम्रो लेख्नु भएछ ......... मन परेको अवस्था हो :)))

  • April 23, 2012 at 6:47 PM
    MY WORDS says:

    धन्यवाद रविजी

  • May 25, 2013 at 3:42 AM
    Unknown says:

    really i like it

  • May 27, 2013 at 4:30 AM
    MY WORDS says:

    Thank u Navraj ji

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates