Tuesday, May 22, 2012

दैवी बिपत्ती कहिले कसलाई कसरी आउछ भन्नै सकिदैन

,
हिमाल पहाड तराई कोहि छैन पराई , दैवी बिपत्ती कहिले कसलाई कसरी आउछ भन्नै सकिदैन त्यसैले सिराहामा भएको आगलागिका कारण धेरै मानिसहरु गाँस,बास ,कपास बिहिन भएका छन । तपाई हाम्रो सानो सहयोगले उनिहरुको जलिरहेको घाउमा मलम लगाउन सकिन्छकि भनेर हामि केहि युवाहरु एक जुट भएर उनिहरुका लागि सामग्री संकलन अभियानमा जुटेका छौ । तपाई सँग पनि घरमा थन्किएर रहेका लुगाकपडा छन भने यस अभियानमा दिएर सहयोग गर्नु हुन हामि अनुरोध गर्दछौ । साथै हामिलाई आएको जानकारी अनुसार झुल र तन्नाको माग अत्याधिक रहेको छ यदि यी सामाग्रीहरु तपाईसँग घरमा छन भने दिएर सहयोग गर्नु हुन हार्दिक अनुरोध गर्दछौ ।

 आगलागिले त्यहाँको बासिन्दाको घर जल्दै गर्दा के तपाइ हामिको मन जलेन??? पक्कै पनि जल्यो होला ! आउनुस् तपाइ हामि मिलेर आगलागि पिडितहरुको घाउमा मलम लगाउँ ।
तपाइ हाम्रो घरमा थन्किएर बसेका लत्ता कपडा दिएर सहयोग गरौं ।
सम्पर्क ब्यक्ति तथा स्थानहरु :
१. सगरमाथा टेलिभिजन,बिजुलिबजार(सरल गुरुङ) - ०१-४-२३३०७१,०१-४-२३३०७२
२. कान्तिपुर एफ्।एम,पुल्चोक (तेजेन्द्र काफ्ले) -०१-५-५४१९०२
३. जनप्रहार साप्ताहिक,पुतलिसडक(कुमार भण्डारि) -०१-४-४४०१०३,९८४१-१५८०२०
४. नेपाल बाणि, अनामनगर (प्रदिप घिमिरे) -०१-४-१०२८०१ , ०१-४-१०२८००
५. काठमाण्डौ महलको चौथो तल्ला फेसिएल हाउस (रश्मिला श्रेष्ठ, सुस्मा श्रेष्ठ )- ०१-४-१५००१३
६. स्टार हस्पिटल, सानेपा (रश्मिला थपलिया) ०१-५-५५०१९८

तपाइहरुको सहयोगको अपेक्षा सहित
१.उर्मिला थपलिया
२.कबिता पोखरेल
३.प्रमिला थपलिया

“भजन गाउने ओठहरु भन्दा सहयोग गर्ने हातहरु महान हुन्”
धन्याबाद !!!

0 comments to “दैवी बिपत्ती कहिले कसलाई कसरी आउछ भन्नै सकिदैन”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates