Tuesday, March 13, 2012

तीतो यर्थार्थ

,

यो फोटो जसको हो । उनको नाम हितकुमारी हो । तर दुरभाग्य उनलाई धेरैले डडे भन्छन । कतिले त अहिले पनि डडे नै भन्छन । उनलाई सम्बोधन गर्दा । धेरैलाई अझै पनि उनको नाम हितकुमारी हो भन्ने थाहा छैन । जब मैले कान्तिपुरमा बिजयकुमार पाण्डेको लेख पढे र भावनाको फोटो हेरे । मेरा आखा अगाडि हितकुमारी नाच्न थालिन । भावना जस्तै उनि पनि आफनो नाम सँग जोडिएको डडे शब्दलाई हटाउन सक्लिन त? बारम्बार यो प्रश्नले मलाई घचघचाई रयो । म उनलाई बालक काल देखि चिन्छु । साथै उनिमाथि भएका अपमान जनक शब्दहरु सुनेकि छु । जब भावनाको बारेमा पढे उनको रुवाई पत्रिकामा हेरे त्यसपछि मलाई पनि लाग्यो यसै गरि यिनी पनि कति रुईन होला । भित्र भित्रै कति घुटघुटीईन होला। यिनको रुवाई हामि मध्ये कसैले पनि महसुस गर्नै सकेनौ । सक्छौ पनि कसरी हामि सबै नडडेका उनी एक्लि मात्र थिईन डडेकि सबैको नजरमा । यति बेला मलाई महसुस भैरहेछ उनिलाई डडे भनेर सम्बोन्धन गर्ने हाम्रो मानसिक्तापो डडेको रहेछ । उनि हैन हामि पो डडेका रहेछौ ।
उमेरमा उनि म भन्दा जेठि थिइन तर हामिले स्कुलले शिक्षा सँग सँगै लिएका थियौ । कति कक्षा देखि उनि र म सँगै पढन थालेका थियौ त्यो त मलाई यकिन साथ थाहा छैन । तर उनले पाँच कक्षा भन्दा माथि अध्ययन गर्न पाईनन । त्यसबेला मैले सोच्नै सकेकि थिईन उनले किन पढन पाईनन भनेर । पछि मात्र थाहा भयो घरको आर्थिक अवस्था ।त्यो बेला पाँच कक्षा सम्म मात्र नि शूल्क शिक्षा थियो ।त्यस भन्दा माथि पढन शूल्क तिर्नु पर्दथ्यो । जसको कारण उनले आफनो पढाईलाई अगाडि बढाउन सकिनन। यति बेला उनि मैले भेटने सक्ने ठाँउमा छैनन मतलब फोनमा मात्र सम्पर्क हुन सक्छ । यो फोटो उनको मैले भर्रखरै लिएकि हु लगभग एक महिना अघि जति बेला म मेरो गाँउ गएकी थिए । उनिहरु गाँउमा पुराण लगाउने कार्यमा व्यस्त थिए । त्यसको दुई दिन अघि म उनको घरमा पनि पसेकि थिए उनी सँग भेटन । उनलाई भेटन मलाई रमाइलो लाग्छ किनकि उनले सधैको भेटमा मेरो बाल्यकालका बदमासिहरुलाई रमाइलो पाराले सुनाउछीन त्यहि सुन्ने लोभमा म उनिलाई भेटन पस्छु ।
सानोमा सबै केटाकेटीको एकआपसमा झगडा पर्छ त्यस बेला सबै साथिहरुले डडे भनेर बोलाउथे उनि खुब रिसाउथीन । मैले पनि उनीलाई झगडा पर्दा कयौ पटक डडे भनेकि थिए । रिश उठेको र झगडा परेको बेला बाहेक अन्य समयमा हामि साथिहरु चाहि उनलाई हितकुमारी भनेर नै बोलाउथ्यौ । तर गाँउमा प्राय सबैले त्यसबेला उनलाई डडे नै भन्थे । कसैले पनि उनलाई डडे भन्दा उनि खुब मन दुखाउथीन तर सबै जना त्यसलाई मनोरन्जन मानेर झन डडे भन्थे । मलाई सम्झना छ उनि बेला बेला हामि सँग भन्थिन मेरो बुवाले भन्नु भएको उहाँले मलाई डक्टरकोमा लगेर यो कालो सबै जाने औषधी ल्याईदिनु हुन्छ रे अनि मेरो यो कालो पनि जान्छ । कहिले काहि भन्थिन म पेटमा भएको बेला ग्रहण लागेको थियो रे आमालाई थाहै भएनछ उहाँले पेटमा हातले छाम्नु भएको रहेछ छाम्दा आमाको हात मेरो गालामा परेछ अनि मेरो एउटा गाला कालो भएको रे । गाँउघर तीर अहिले पनि प्रचलित भनाईछ यो ग्रहण लागेको बेला गर्भवती महिलाले पेट छाम्दा बच्चाको जुन अंग छामिन पुग्छ त्यो कालो हुन्छ । यहि प्रशंग हितकुमारीमा पनि आयो ।
उनि बुझने नहुन्जेल सम्म उनको कालो कुनै दिन हटनेछ भन्ने विश्वासमा थिईन तर समय सँगै उनले महसुस गरेको हुनुपर्छ अब उनको यो कालो कहिल्यै जाने छैन । त्यसैले होला अचेल उनले भन्न छाडिन बुवाले मलाई औषधी ल्याईदिनु हुन्छ अनि मेरो यो कालो जान्छ ।मलाई थाहाछ उनि पनि आफनो गालाको कालो हटाउन चाहन्छीन तर उपचार गर्दा लाग्ने खर्च उनि सँग पनि छैन । यतिबेला मलाई लागिरहेको छ के तपाई हामि सबै मिलेर उनको कालो हटाउन सक्दैनौ त । हामि उनको यो कालो हटाउने प्रयासमा लागौन हुन्न । आफनो ठाँउबाट जे जसरी सकिन्छ उनलाई मद्दत गरौ न । भजन गाउने मुख भन्दा सहयोग गर्ने हात ठुला हुन त्यसैले तपाई हाम्रो सानो सहयोग उनका लागि धेरै ठुलो हुनेछ ।

0 comments to “तीतो यर्थार्थ”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates