Monday, March 12, 2012

वाह जोडि भन्नेहरु

,
धेरै मानिसको मुख बाट सुनेकि छु वाह क्या राम्रो जोडि धीरेन्द्र प्रेमहर्षि र रुपा झाको भनेर सधै सबै कार्यक्रममा उहाँहरु सँगै हिडनु हुन्छ धीरेन्द्र जीले सधै मैथली भाषाको कुनै पनि काममा रुपा जी लाई नै अगाडि ल्याउनु हुन्छ उहाँहरुको यो जोडि मलाई पनि असाध्यै मन पर्छ । जसरी धीरेन्द्रजीले रुपाजीलाई साथ दिनुभएको छ । त्यो चाहि कमै मानिसले एउटै क्षेत्रमा साथ दिन्छन । हिजो जतिबेला उहाँले रुपाजीलाई अगाडि ल्याउन खोज्न भयो मैथली भाषाको लागि पक्कै पनि उहाँलाई गालि गर्ने र कुरा काटने जमात थियो होला सहज त अवश्य भएन । कतिले भनेपनि होलान मैथली भाषामा रुपाजी मात्र हुनुहुन्छ त अरु छैनन । यसरी बिरोध गर्ने हरु कति थिए होलान तर उहाँले दृड निश्चयका साथ जसरी रुपाजीलाई अगाडि ल्याउनु भयो समाजमा एउटा पहिचान बनाउन सहयोग गर्नु भयो त्यसकार्यको लागि धीरेन्द्रजीलाई बधाई भन्ने शब्द कम भएको अहिले मैले महसुुस गरिहरेकी छु । यसरी आफनी पत्नीलाई सँगै अगाडि लिएर हिडने तपाई जस्ता सहयोगी पति यो समाजमा छैनन नै भन्दा पनि फरक पर्दैन।
रुपाजी हरुको यो जोडि सँग मैले दुई पटक भेट गरेकि छु । पहिलो पटकको भेटमा धेरै बेर रुपाजी सँग कुरा गर्ने समय पाएकी थिए भने दोस्रो भेट केहि समयको लागि मात्र भएको थियो । त्याहा पनि उहाँहरु सँगै हुनुहुन्थ्यो ।हरएक ठाँउ जाहा जाहा उहाँहरु सँगै हुनु हुन्छ त्यस ठाँउमा देख्ने सबैलाई तपाईहरुको जोडि कति राम्रो लाग्छ । तर कमैले सोचेका होलान याहा सम्म आउन अर्थात रुपाजीलाई याहा सम्म ल्याउन धीरेन्द्रजीले कति धेरै संर्घष गर्नु परो होला । मैले याहा रुपाजीले गर्नु भएन भन्न खोजेकि हैन तर एउटा श्रीमानले आफु सँगै काममा साथ लिएर हिडनु त्यसबेला पक्कै पनि सजीलो थिएन होला । सुरु सुरुमा कति काम रुपाजीलाई सजीलै गर्न आएन पनि होला यसमा सरल र सहज किसिमले धीरेन्द्रजीले जसरी पत्निलाई लिएर अघि बढनु भयो त्यो चाही सम्मान योग्य काम हो ।
भनाई र गराईमा फरक हुन्छ । हाम्रो समाजमा भन्ने मानिस धेरै छन । धीरेन्द्रजी जसरी काम गर्ने मानिस कम छन । आफनी पत्निलाई समाजमा उसको एउटा आफनै पहिचान दिनु भनेको सजीलो काम होईन तर गर्ने हातहरुले जस्ता सुकै बाधा पनि हटाएर राम्रो कामको सुरुवात गर्छन । तपाईहरुको यो जोडिलाई मेरो सलाम ।

2 comments to “वाह जोडि भन्नेहरु”

  • July 23, 2019 at 12:01 AM

    मैथिलीको सर्वोउत्कृट जोड़ी मध्ये १ धीरू-रूपालाई सलाम !

  • July 23, 2019 at 12:44 AM

    Absolutely correct

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates