Monday, March 12, 2012

भुलभुलैया

,
हरेक मानिसको दुनियालाई बुझने र सोच्ने तरिका फरक हुन्छ । कसैले कसरी बुझछन कसैले कसरी । मानिसले जति राम्रो या नराम्रो जस्तो सुकै काम गरेको होस तर त्यसको जस र अपजस फरक तरिकाले पाउछ । आफनो स्वार्थ पुराहुन्जेल कुनै पनि मानिसले नराम्रो काम गर्नेलाई पनि उसको अगाडि तपाईले राम्रो गर्नु भएको छ भन्छ भने अर्कोतिर राम्रो काम गर्नेबाट आफनो स्वार्थ सिद्दगर्न नपाएको मानिसले उसको अगाडि नै नराम्रो भन्छ । यसरी हेर्ने हो भने आफैले आफैलाई अरुको नजरमा राम्रो या नराम्रो मानिस भनेर कसरी छुटयाउने ।प्रश्न गम्भिर छ । कसैले पनि कसैको ज्यादा तारिफ गर्न थाल्छ चाप्लुसी गर्न थाल्छ त्यस्ता बाट टाढा हुनुुस किनकि त्यसले तपाईलाई ठुलै भडकेलोमा पार्छ । यस्तो कुरा कसैले पनि मनपराउदैनन मानिस सधै आफनै तारिफको भोको हुन्छ उसले यर्थार्थ सिकाउने ,देखाउने र बताउनेलाई सधै आफनो बिरोधी सम्झिन्छ ।
भनिन्छ मान्छे जस्तो बाताबरणमा पुग्छ बिस्तारै उ पनि त्यहि अनुसार चल्न थाल्छ । उसलाई थाहै हुदैन उ कहिले देखि उनिहरु जस्तै भयो । उ सम्झिन्छ आफु उनिहरु जस्तो भएको छैन साथि भएकोले हिडेको बोलेको मात्र हो । कसैलाई पनि आफनो जीवनको सहि गलत छुटयाउन गारो पर्छ । कहिलेकाहि हामि हिडेको बाट गलत हुन्छ तर झुटो प्रशंशाले गर्दा सहि देख्छौ । हजार जना स्वार्थी मित्रले तारिफ गर्छन तर एउटा साचो मित्रले गलत औलाईदिन्छ तर त्यसको बदला तपाई उसलाई झुठो तारिफमा मग्न भएर मेरो सफलता पचाउन नसकेको आरोप लगाउनु हुन्छ । त्यसैले राम्ररी सोचेर बिचार गर्नुस तपाईको जीवनको सहि मानिस को हो ?

0 comments to “भुलभुलैया”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates