Saturday, February 4, 2012

मोबाईललाई गाली

,
छोरी भएर जन्मिनु नै हाम्रो अभाग रहेछ बुझिस याताना तिरस्कार गाली र कुटाई खाने त खप्परमै लेखेर ल्याएको हुन्छौ हामिले साला जीन्दगी यस्तै यस्तै कुराहरु भन्दै एउटी महिला सायद आफनी साथी सँग दुख पोख्दै थिईन । उनीहरु कै नजिक घाम तापेर बसेकि म उनिहरुको कुरा ले मलाई उनीहरु तीर एक पटक हेर्न मन लाग्यो । हेर्दा पढेलेखे जस्तै देखिन्थे उनिहरु ।तर दुख कष्ट पिडा र चोटले काहा छुटयाउछ र आईपरे पछि सबैलाई उस्तै हो ।
सोचे र देखे जस्तो सजिलो जीवन काहा पो पाईन्छर । जीवन भनेको कष्ट रहेछ । बल्ल बुझन थाले । सबैलाई आफनो सम्झियो तर कोहि पनि आफना रहेनछन । यो कुरा थाहा पाउन कसैलाई पुरै जीवन लाग्छ भने कसैले आधैमा चाल पाउछन भनेर अर्कि साथिचाहिले भन्दै थिईन । उनिहरुको कुरा सुन्दा लाग्यो केहि त नराम्रै भएको छ यीनीहरुको जीवनमा । म परे अन्जान सोधौ पनि कसरी न सोधौ के भएको रहेछ भनेर बुझन नपाउने अब के गरौ म अन्योलमा परे । फेरि बिचार गरे के के भन्छन सुनिरहनु परो केहि त अवश्य बुझछुकि भन्ने लाग्यो र त्यहि बसिरहे ।
के भयो फेरि तलाई भन न त यति साहै हुने गरि साथिको कुरा सुने पछि उ भन्न थाली त्यत्रो दुख कष्ट गरेर विदेश गएर पैसा कमाएर ल्याए गाँउ बाट श्रीमान र छोराछोरीलाई ल्याएर काठमाण्डौमा घर किने याहाका छिमेकी को अगाडि कहिल्यै भनिन यो मैले विदेशमा भाडा माझेर कमाएको भनेर ।छोराछोरी राम्रो स्कुलमा पढछन । त्यहि पैसाले पसल सुरु गरयौ आज त्यो पनि कति राम्रो सँग चलिरहेको छ । श्रीमानलाई अरुले नहेपुन भनेर पसल खोलिदिए पैसा सबै उसलाई दिए । ताकि श्रीमानले सम्मानका साथ हामिलाई कमाएर पालेको अरुले देखुन भनेर । तर सोचेको जस्तो काहा पो हुने रहेछ । बरु अब म घरमा बस्छु तपाईलाई पसलमा सघाउछु । बिषेश चाहि छोराछोरी तपाई र घर हेरेर बस्छु भने सहमति मै बसे ।
अचेल त उ मलाई देख्नै पो नसक्ने भएको छ । मैले उसको कमाई खाए रे । उ दुख गर्ने म घरमा बसेर मोज गर्ने भए रे । ल कमाएर देखा म जसरी भन्दै पो गालि गर्छ । म त छक्क परे । के भन्नु न नभन्नु भए । मानिस कति छिटो परिवर्तन हुदा रहेछन । जसलाई विश्वास गरे माया गरे आज उहि पो यस्तो भएर निस्कियो । यतिबेला लाग्यो मैले ठुलै गल्ति गरेछु । आफुले आफनो मानिस सम्झीएर गरे उ त बैगुनी पो रहेछ । के गर्ने होला कति दिन सम्म झगडा गरेर बस्ने । मैले त यस्तो जीवन कहिलेपनि सोचेकि थिईन । अब के गरौ अन्योलमा परे । भन्दै उनी रुन थाली ।
त्यतिकैमा मेरो फोन को घण्टी बज्यो । उनिहरु झस्किए म तिर हेरे मैले उनिहरुको कुरा सुन्दै छु भन्ने कुरा बल्ल पो उनीहरुले चाल पाएछन । त्यसपछि त रुदै गरेकि महिलाले आफनो आशु पुछदै त्याहा बाट उठिन सँगै भएकि साथि पनि उठिन र उनिहरु त्याहा बाट हिडे । अब म पो एक्लै भए त्याहा तुरुन्त उठेर हिडौ त्यो पनि गर्न सकिन बसौ मेरो मन ध्यान सबै उनिहरु मै केन्द्रित भयो । यो मोबाईलको घण्टी पनि किन बजेको होला भनेर मोबाईललाई गाली गर्नु सिवाय अरु बिकल्प म सँग थिएन । सोचे अब उनि के गलिैन काहा जालिन अरु पनि कुरा थिए कि उनका मैले त आधा अधुरो मात्र थाहा पाए । यस्तै यस्तै कुराहरु सोच्दै म पनि त्याहा बाट उठेर हिडे।

2 comments to “मोबाईललाई गाली”

  • March 12, 2012 at 10:49 PM
    Anonymous says:

    Sad but TRUE!

  • March 22, 2012 at 12:33 AM
    MY WORDS says:

    Thank you Saurav ji

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates