Tuesday, June 21, 2011

उदेश्य एउटै हो फरक भनेको टाइटल मात्र

,
हाम्रो नेपालमा एक बर्षमा धेरै सुन्दरी प्रतियोगिता हरु हुन्छन । हरेक प्रतियोगिताको लक्ष्य र उदेश्य एउटै हो फरक भनेको टाइटल मात्र हो कसैले के नामले कसैले के नाम राखेर प्रतियोगिता गराउछन । सुन्दरी प्रतियोगिता भनेको रुपैया पैसा धेरै हुनेहरुको लागि एउटा मनोरज्न र समय कटाउने ठाउ मात्र हो हरेक बर्ष ब्यापक प्रचार प्रसार गरेर आवेदन दिने मध्ये बाट करिब बिस देखि तिस जना नारीहरु लाई सहभागि गराएर बिभिन्न क्षेत्रका भनिएका ब्यक्तिहरुबाट प्रश्न सोधिन्छ र केहि मिनेटका सवाल जवाफ पछि ती मध्ये एकलाई सुन्दरी भनेर घोषित गरिन्छ र ब्यापक प्रचारबाजी गरिन्छ अझ धेरै ठाँउमा ‘सुन्दरी’ को उपमा दिएर नेपालकै नारी मध्ये उत्कुष्ट भन्दै प्रचार गरिन्छ।“

हरेक बर्ष धेरै सुन्दरी प्रतियोगिता नेपालमा हुन्छ र यसको बिरोध पनि ।समाजमा कुनै कुराको बिरोध हुनु नयाँ कुरा होईन तर हरेक पटक हुने यस्ता प्रतियोगिता सबै बिवादित छन । कुनै पनि कुरा आफैमा नराम्रो हुदैन त्यसैले यस प्रतियोगिता भित्र पनि धेरै कमि कमजोरी हरु छन यस प्रति केहि नियमहरु बनाउने हो भने पक्कै पनि यो राम्रो हुन सक्छ । सरकारी पक्ष बाट यसलाई केहि नियम भित्र राख्न सके अझ राम्रो हुन्छ कि ?

प्रतियोगितालाई संन्चालकहरले एउटा व्यापारिक अवसरको रुपमा लिएका हुन्छन। धन खर्चेर प्रचार गरि के के हुन लागेको जसरी ठुलो बनाईन्छ र त्यसबाट केहि छोटा प्रश्न सोधेर एक जनालाई ‘सुन्दरी’ भनिन्छ र प्रचार गरिन्छ , सुन्दरता कसरी मापन गरिन्छ अस्पस्ट छ । आयोजकले सधै जुरीले गरेको निर्र्णयलाई आधार मानेर प्रतियोगिता संन्चालन गरेको कुरा भन्छन । एक महिने प्रशिक्षण दिएर कक्षामा राम्रो प्रस्तुती दिने मानिसहरु लाई कहिल्यै पनि टप १0 मा लगिदैन । संन्चालक भन्छन फाईनलको दिन जुरीले जसजसको नाम दिन्छन त्यहि निर्णय मान्न हामि बाध्य छौ हामिलाई थाहा हुन्छ कसको क्षमता कति छ तर हाम्रो हातमा केहि हुन्न जसको कारण जे रिजल्ट आउछ हामि स्विकाछौ तर अर्को तिर जुरी बस्न जानेहरु भन्छन हामिलाई प्रश्न र बिजेताहरुको लिस्ट दिएको हुन्छ जसको कारण हामि आयोजकले जे भन्छन त्यहि गछौ यसमा दोष कसको कति तपाई आफै अनुमान लगायन सक्नु हुन्छ । त्यसैले अचेल धेरै मानिसहरु सुन्दरी प्रतियोगितामा जुरी भएर जान मन पराउदैनन त्याहा गएर जज गर्नु भनेको आफनै जज गर्नु रहेछ यो भनाई जज बस्न जानु हुने जजकै हो । सुन्दरी प्रतियोगिताका सुन्दरी हरुलाई ४५सेकेन्ड देखि १ मिनेटसमय तोकिएको हुन्छ आफनो परिचय र थिम भन्नको लागि त्यति मात्र हेरेको भरमा कसरी टप १o छान्न सकिन्छ प्रतियोगि हरु प्रश्न गर्छन त्यसैले यस्ता हरएक प्रतियोगिता बिवादित छन काहा गएर आवाज उठाउने कुनै ठाउ छैन प्रतियोगिहरु गुनासो गर्छन । सुन्दरी प्रतियोगिता नराम्रो होइन तर याहा जसरी खेल हुन्छ त्यो मात्र यसको खराब पक्ष हो चिन जस्तो देशले सुन्दरी प्रतियोगिता गरीरहेको छ । भारतका कयौ सुन्दरी हरु मिस बल्ड मिस युनिर्भस भइसकेका छन हाम्रो देशमा भने सुन्दरी प्रतियोगिता च्याउ उम्रिएझै हुन्छन तर उपलब्धी मुलक कुनै छैन मात्र पैसा कमाउने एउटा राम्रो थलो भएको छ ।

प्रश्न सोधेर त बौदिकता पो नापिन्छ यस ले कसरी सुन्दरता नापिन्छ भन्ने प्रश्नलाई पनि हामि नकार्न सक्दैनौ।भनिन्छ सुन्दरता हेर्ने मानिसको आँखामा भर पर्छ यसो भन्दैमा एउटा तरिकाले काम गर्ने अनि अर्को तरिकाबाट प्रचार गर्नुलाई कति सम्म सहि मान्न सकिन्छ ।कार्यक्रम संन्चालन गर्नेले आफनो कार्यक्रम ठुलो बनाउन खोन्नु कुनै नया कुरा होईन। सुन्दरी प्रतियोगिताको दायरा के कति ? यस्ता कार्यक्रममा पूर्व देखि पश्चिम सम्मका सबै वर्गका महिलालाई लक्षित थियो कि थिएन ? ज्याला मजदुरी गर्ने,महिला हिंसा र बिभेदका बिरुद लडने,महिना बारि हुदा छाउपडिमा बस्नु पर्ने महिला हरुको प्रतिनिधित्व थियो त?कुनै महिलालाई रुपैया पैसाका कारण कार्यक्रममा सहभागि हुन रोक्यो कि रोकेन किनकि यस्ता कार्यक्रमका सहभागिले आयोजक लाई ठुलै रकम बुझाउनु पर्छ। केहि सिमित महिलालाई समेटेर मात्र गरिएका यस्ता कार्यक्रमको आधारमा एउटी महिलालाई छानेर नेपाल भरिकै उत्कृष्ट भन्नु कति जायज छ ?

त्यसैले मेर्रो भनाई सुन्दरी प्रतियोगिता हुनु हुदैन भन्ने पटक्कै होईन। यो हरेक बर्ष हुनु पर्छ महिलाहरुले आफुमा भएको प्रतिभा देखाउन पाउनु पर्छ तर निश्पक्ष ढंगमा हुनु पर्छ भन्ने मात्र हो। कार्यक्रमका बिजेता हुनेले समाजिक सेवामा आफुलाई लान सक्छन महिला हिंसा माथि काम गर्न सक्छन अरु पनि थुप्रै काममा आफुलाई अरुको आइडल बनाउन सक्छन ।यी माथि प्रस्तुत गरिएका कुराहरु कसैप्रति आक्षेप,आरोप नभई अहिलेको परिस्थिति र त्यसले उब्जाएका प्रश्नहरु मात्र हुन तपाई आफैले सहि र गलत छुटयाउन सक्नु हुन्छ भन्ने आशा राख्छु ।

2 comments to “उदेश्य एउटै हो फरक भनेको टाइटल मात्र”

  • August 11, 2011 at 9:18 PM
    Lava Kafle says:

    wonderful creative true realistic , hats off to you

  • April 4, 2012 at 2:02 AM
    MY WORDS says:

    Thank you Lava ji

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates