Friday, June 17, 2011

मानिस

,
मान्छे लोभी छ भने उसमा अरु दोष के हुनु परयो? अर्काको निन्दा वा चुक्ली गर्ने बानि भएको मानिसले अर्को कुन पाप गर्नु परयो ?सत्यमा विश्वास गर्ने सत्यवादि मानिसले किन तपस्या गर्नु परयो ? सत्यता भन्दा ठुलो धर्म अर्को कुन छ?मन स्वच्छ छ भने किन तीर्थ गर्नु परयो ?मानिसमा सज्जनता छ भने अरु गुण किन चाहियो ?स चरित्र भएको मानिसलाई आभुषणको के काम ?मानिस बदनाम छ भने मृत्यु किन चाहियो ?
लोभि व्यक्तिले गुण र अवगुण देख्दैन उ आफनो मतलवको लागि जे पनि गर्छ आफनो मात्र स्वार्थ हेर्छ। चुक्लीलगाउने व्यक्तिलाई पापको डर हुदैन ,उ जस्तो सुकै पाप गर्न पनि तयार हुन्छ आफनो मतलबको लागि । साचो र सत्य व्यवहार गर्ने व्यक्तिलाई कुनै तपस्याको आवश्यकता छैन ,सत्य नै सबै भन्दा ठुलो तपस्या हो । समाजमा राम्रा कामहरुका कारण प्रसिद व्यक्तिलाई बहुमुल्य गहनाको के आवश्यकता, श्रृगार र अतर पनि उसका अगाडि अर्थहिन हुनेछन। समाजमा बदनाम भएको व्यक्ति मरेतुल्य हुन्छ त्यसलाई मृत्युले किन मार्नु परयो र बदनामि बुझने मानिसका लागि आफैमा ठुलो मृत्यु हो । ( चाणक्य बाट लिएको )

0 comments to “मानिस”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates