Sunday, November 6, 2011

हिन्दिकाटुर्न र साना केटाकेटीहरु

,
तपाईको घरमा साना केटाकेटीहरु छन भने तपाईलाई पनि पक्कै हिन्दिकाटुर्न च्यानलले दिक्क बनाईसकेको छ हैनत । अहिले हरएक घरमा जाहाँ दुई बर्ष भन्दा माथिका छोरा छोरी छन। वाहाहरुलाई आफना नानिले हिन्दी बोलेर र काटुर्न हेरेर हैरान पारे भन्ने मात्र सुन्न पाईन्छ । थापागाँउ निवासि बबिता उपाध्याय भन्नु हुन्छ ‘मेरा छोराछोरीले निक भन्दा अर्को च्यानल हेदै हेदैनन । स्कूल बाट आउने बित्तिक्कै लुगा नै नबदलिई काटुन सुरु हुन्छ । हेर्न न दियो रोएर र कराएर हैरान पार्छन’ । सजनी राई,धोबिघाट मेरो नर्सरीमा पढने एक छोरी छन उनको त बानि नै भईसक्यो काटुर्न नहेरे केहि गर्नै नमान्ने याहा सम्मकि खान खान पनि कार्टुनै चाहिन्छ । त्यसमाथि हिन्दी बोलेर हैरान । मेरो छोरोले हिन्दी बोलेर र काटुर्न हेरेर दिक्क भएपछि हामिले तिम्रो डोरेमनलाई(डोरेमन भनेको काटुर्नको एउटा पात्र हो जसलाई धेरै बालबालिकाले मन पराउछन) पुलिसले पकडेर लगेछ अब देखि डोरेमन आउदैन भनेको मात्र के थियौ छोरो रुएर डोरेमन मात्र भन्न थाल्यो खाना खान पनि छोडयो त्यसपछि आफैले ल ल आयो डोरेमन भनेर काटुर्न हेर्न दिनु परयो त्यसपछि बल्ल छोरो खुशि भयो भन्नु हुन्छ शान्तिनगर निवसी कलपना कोईराला,यी माथिका त केहि उदाहरण मात्र हुन आफना बालबालिकाले हिन्दी काटुर्न हेरेर हिन्दी बोलेकोले चिन्तित धेरै आमा बुवा लाई अब के गर्ने भन्ने चिन्ता थपिएको छ । मेरो साढे चार बर्षको छोरोले यति राम्रो हिन्दी बोल्छ मै छक्क पर्दर्छु घरमा फोहोर लिन आउने मानिसलाई कचरा लिन आयो भन्छ भ्यागुतो देख्यो कि मेढक भन्न थाल्छ भन्नु हुन्छ पाटन निवासी शेखर शर्मा । निक,कार्टुन नेटवर्क,सिबिबिज ,डिजनी लगायत धेरै काटुर्न च्यानल छन तर केटाकेटीले सबै भन्दा बढि मनपराउने भनेको निक नै हो । ओगि एण्ड कक्रोचेस,निन्जा हतौडि,परमेन,जिक एण्ड सार्को,पावर रेन्जर यी नामहरु सबै केटाकेटिको मुखमा झुण्डिएको छ र यी सबै निक च्यानलमै आउछन । सिबिबिजमा देखाईने काटुर्न अरु भन्दा शिक्षा प्रद हुन्छन तर कुनै पनि बालबालिका यो च्यानल हेर्न त्यति रुचाउदैनन । बालमनोबिज्ञ सारिका श्रेष्ठ भन्नु हुन्छ यसमा बालबालिको नभई आमा बुवाको गल्ति छ किनकि आफनो काम गर्नको लागि र बच्चा भुलियोस भनेर काटुर्न च्यानल आफैले हेर्ने बानि लगाउने अब बानि लागो भनेर चिन्ता मात्र गरेर हुन्न तपाई आफनो बच्चाले साच्चै काटुर्न धेरै नहेरोस भन्ने चाहनु हुन्छ भने उ सँग खेल्नुस उसलाई धेरै भन्दा धेरै समय दिनुहोस बाहिर खेल्न लानुस यति गर्ने बित्तिक्कै उसको यो बानिमा सुधार आउने छ । आफुले बिकल्प केहि नदिईकन गालि गरेर कुटेर बानि छुटउछु भन्ने सोच्नु हुन्छ भने तपाईले आफनो बच्चालाई झन जिददि बनाउदै हुनुहुन्छ त्यसैले आफनो छोराछोरीलाई समय दिनुुस।
सहरको बसाई एकल परिवार के सम्भव हुन्छ त आफना छोराछोरीलाई काटुर्नको संसारबाट बाहिर निकाल्न आमबाबुलाई पक्कैपनि गारो त छ तर असम्भव भने छैन ।

0 comments to “हिन्दिकाटुर्न र साना केटाकेटीहरु”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates