धेरै बर्ष अघिको कुरा हो एउटा गाँउ नजिकै ठुलो घना जंगल थियो। जंगलमा डरलाग्दा थरिथरिका जंगली जनाबरहरु थिए । त्यस जंगलमा बाघ पनि धेरै थिए । ती मध्ये एउटा बाघले गाँउलेलाई सारै दुख दिएर अत्याएको थियो । गाँउलेहरु सधै चिन्तित थिए त्यो बाघको कारण ।त्यसले गाँउमा छिरेर कहिले घरपालुवा जनावर कहिले गाँउलेलाई नै मारेर खाने गर्दथ्यो।
गाँउलेहरुले मिलेर एक दिन त्यसबाघलाई केहि तह लगाउने बिचारले जंगलको नजिक खोर थापे । बाघ खोरमा परयो । खोर बाट निस्कन बाघले धेरै कोशिस गरयो, तर केहि सिप लागेन । त्यसैले बाघ कोहि आउछन कि भनेर बस्यो तर त्याहा त कोहि पनि आएनन । भोकै प्यासै खोरमा बाघलाई गारो भयो तर उसले केहि गर्न सकिरहेको थिएन । एक्कासि बाघले देख्यो एउटा मान्छे त्यहि बाटो भएर गाँउतिर जादै थियो । बाघले त्यस मानिसलाई नम्र भएर खोर बाट छुटाईदिन अनुरोध गरयो तर मान्छेले वास्ता गरेन उसले मनमनै सोच्यो, खुब सताएको थिइस बल्ल स्वाद पाइस । बाघले फेरि भन्यो हेर्दा त तपाई दयालु देखिनु हुन्छ । हेर्नुस त म याहा कति दिन देखि थुनिएको छु । खान पनि पाएको छैन । मैले मेरो गल्ति थाहापाए म अब देखि तपार्ईहरुलाई दुख दिने छैन ।गाँउलेहरुको केहि बिगार गर्दिन । म त सुध्रिसके ,बदमासि गर्दा पाइने सजाय मैले पाईसके । तपाईलाई धर्म हुन्छ मलाई याहा बाट निकाली दिनु भयो भने । मान्छेको मन पग्लियो ।उसले बाघलाई खोर बाट बाहिर निकाली दियो ।
खोर बाट बाहिर निस्कने बित्तिक्कै बाघले भन्यो हेर मुर्ख मान्छे म भोकाएको छु । मेरा अगाडि अरु केहि छैन । मलाई खोरमा पार्ने पनि मान्छे हो । त्यसैले सबभन्दा पहिला म तलाई खान्छु । बाघले आफना तिखा दाहा देखायो । मान्छे एकदमै डरायो । बाघ सँग जोरि खोज्नु सम्भव थिएन । मान्छेले जुक्त्ति लगायो । र बाघलाई भन्यो यो त अन्याय हो तलाई मैले उपकार गरेको छु त्यसैले तैले मलाई खानु हुन्न ।
बाघले घाँस पो खान्न हुन्न । मान्छे त खान भैहाल्छ बाघले भन्यो। त्यसपछि मान्छेले भन्यो त खान्छु भन्छस म खानु हुन्न भन्छु ।त्यसैले यसको निणय गर्नको लागि हामि पंन्चकाहा जाऊ । पाँचै जनाले खान उचित छ भन्छन भने त मलाई खानु । तर अहिले होइन । बाघले मान्छेको कुरा मान्यो ।
सामुन्ने रुख थियो । मान्छेले भन्यो रुख दाई मलाई बचाऊ, यो बाघ खोरमा परेको थियो । मैले यसलाई खोरबाट छाडिदिए । यो उल्टै मलाई खान खोज्दछ। के यो ठिक हो त?रुखले हाँगा हल्लाउदै भन्यो एकदम ठिक ।तिमि नै भन । रुखले तिमि मान्छेलाई अक्सिजन दिएको छ,छाया दिएको छ । तर तिमिहरु चाहिने भन्दा बढता हामिलाई काटेर सखाप पार्छौ। आफुलाई छाया माया दिने रुखलाई काटन हुन्छ भने बाघले तिमिलाई खान किन नहुने?
मान्छे खिस्रिक परयो । बाघ दंङ पर्दै ङयार्र गरयो। मान्छेले भन्यो एउटाले त भन्यो नी अझै चार बाकि छन । तिनिहरु अघि बढे । जाँदा जाँदै बाटोमा एउटा भैसी भेटियो । मान्छेले भैसीलाई आफनो पीरमार्का पोख्यो। भैसीले सिङ हल्लउदै भन्यो। एकदम ठिक । हामिले तिमिलाई दूध दियौ,गोबर दियौ तर तिमिहरुले हामिलाई दिन सम्म दुख दिइरहेका छौ ।हाम्रो मासु,छाला,हाड केहि बाकि राखेनौ त्यसैले बाघले तिमिलाई खानु ठिक हो ।
मान्छे खिस्रिक्क परयो । र भन्यो अझै तीन ठाँउ सोध्न बाकि नै छ बाघ । तिनिहरु अगाडि जादा भए । बाटोमा एउटा खोलो सँग भेट भयो । मान्छेले आफनो कुरा सबै सुनायो खोलालाई । मानिसको कुरा सुनिसकेपछि खालाले भन्यो ।खाँदा हुन्छ । मैले काँहा काँहा देखि पानि संगालेर ल्याइपुरयाएको हुन्छु तर हेर त यी भएभरका फोहोर फलेर । यस्तो असती मान्छलाई खान किन नहुने।
मान्छेको हंसले ठाँउ छोडयो । बाघले तीखा दाँत देखाउदै अब त खाईहाल्छु भन्यो । मान्छेले भन्यो बल्ल त तीन ठाँऊ सोध्यौ । दुई ठाँऊ बाकि नै छ खाए खाउला ।अहिले अघाडि हिड। बाटोमा जादा जादै तिनिहरुले एउटा चरालाई भेटे । मान्छेले आफनो मार्का राख्यो । चराले भन्यो खाँदा हुन्छ । मान्छेले हाम्रा मायालु अन्डा खाईदिन्छ अन्डा दिने माउ नै खाईदिन्छ।त्यतिले पनि चित्त नबुझेर हामिलाई थुनेर आफु आन्नद लिन्छ ।यस्ता बेइमानिलाई खान किन नहुने।
बाघले खानै आटेको थियो मान्छेले हात जोरेर भन्यो अब एक ठाँउ मात्र बाकि छ उसले पनि खाउ भनो भने खाउला एक छिन धैर्य गर । तिनिहरु त्याहा बाट पनि अगाडि बढे जाँदा जाँदा बाटोमा एउटा बादर भेटियो ।
मानिसले हात जोरेर बाँदर सँग आफना सबै कुराहरु राख्यो । त्यसपछि बाँदरले भन्यो मैले त केहि बुझिन तिमि के भन्दैछौ । बाघलाई हतार थियो। बुझाउने पारामा बाघले पनि यहि कुरा भन्यो ।बाँदरले भन्यो ।मैले राम्ररी बुझनै सकिन ।यत्रो बलवान बाघ पनि कतै खोरमा थुनिन सक्छ? खै त्यो ठाँउ काँहा छ ?हेरौ। उनिहरु खोर नजिक पुगे । खोरको ढोका खुलै थियो। बाँदरले भन्यो, बाघ काँहा थियो ? बाघले भन्यो भित्र। बाँदरले फेरि भन्यो काहा, कसरी भित्र । बाघलाई रिश उठ्यो बुरुक्क उफ्रियो र खोरमा पस्यो अनि उसले भन्यो यी यसरी याँहा । बाँदरले भन्यो ए। अनि यो ढोका बन्द थिएन त?बाघले भन्यो थियो । त्यसपछि बाँदरले मान्छेलाई भन्यो यति पनि बुझिनस जा खोरको ढोका बन्द गर । मान्छेले छिटो गरेर खोरको ढोका बन्द गर्छ र ढोकामा आग्लो लगाइदिन्छ। त्यसपछि बाँदरले भन्छ एक दम राम्रो सँग बुझे। राम्ररी बुझाई दिएकोमा धेरै धेरै धन्यवाद बाघ जी।
मान्छे धेरै खुशि भयो उसले बाँदरलाई धेरै धेरै धन्यवाद दियो । बाँदर रुखका हाँगाँ हाँगा उफ्रदै जंगल तिर लाग्यो। र मान्छे पनि अब देखि गलत काम नर्गर्ने निर्यणका साथ खुशि हुदै गाउतिर लाग्छ।
Wednesday, November 9, 2011
Subscribe to:
Post Comments (Atom)
कथा राम्रो लाग्यो...रुख, खोला, भैसी,चरा मार्फत दिन खोजिएको सन्देश एकदम सान्दर्भिक छ...! तर मैले नबुझेको कुरा चै, बाँदरले मान्छेलाई किन बचाँऊ छ? मान्छेका कारण, जङ्गली जिव जन्तुलाई नी त असर गरेक छ होईन र...?
हा हा हा हा, एकदमै राम्रो कथा अनि बाँदर को सहयोग अत्यन्तै रमाइलो लाग्यो, मान्छे ले बाँचुन्जेल प्रकृति र अरु प्राणी माथी गर्ने दमनहरु लाई प्रष्ट संग सरल भाषामा राखिदिनु भएको रहेछ कथाकार ले,हृदय देखि नै धन्यबाद, पढ्न पाएको मा रमाइलो अनि खुसी लाग्यो।
Bishow ji n Bikram ji thank you