यो कुरा जुन म याहा लेख्दै छु यो कुनै कथा होईन एउटी सुदुरपश्चिममा बस्ने महिला माथि घटेको सत्य घटना हो । तपाई हामिलाई थाहै छ । सुदुरपश्चिममा रहने प्राय जसो पुरुषहरु भारतका बिभिन्न सहरहरुमा गएर काम गर्छन। गाँउघरमा महिला केटाकेटी बृद्वबृद्वाहरु मात्र हुन्छन । पुरुषहरु चाडबाडको र खेतीपातीको समयमा मात्र घर फर्कन्छन। एक पटक सुदुरपश्चिमकि एउटी महिलाका श्रीमान भारत बाट काम गरेर फर्कदा एच.आई.भी संक्रमित भएका रहेछन । उनि बाट ती महिललाई पनि एच.आई.भी सरयो। श्रीमान धेरै दिन बाचेनन उनि मरे । उनि मरेपछि मात्र महिलाले कहि बाट थाहापाईन आफु एच.आई.भी संक्रमित भईछु भनेर । त्यसपछि ती महिला बिरक्त्तिएर घरबाट एक दुई दिनको लागि भनेर हिडिछन। त्याही नजिकैको एउटा बजार पुगिछन । जाहा धेरै मान्छेहरु जम्मा भएका रहेछन । दिक्क भएर गएकि उनि त्याहा के रहेछ भनि नजिकै एक कुनो बसिछन। त्याहा भएका सबै कुराहरु सुनिछन । त्याहा एच.आई.भी सम्बन्धि कार्यक्रम हुदै थियो । उनले आफुलाई लागेको एच.आईं.भी सम्बन्धि कुराहरु सुनिन अनि कसरी सावधान हुन सकिन्छ के के गर्नु हुन्छ के के हुन्न सबै जानकारिहरु बटुलेर त्याहा बाट उनि केहि राहत पाए जस्तो भयो र गाँउ फर्किन। गाँउमा पुगेपछि साथिहरुलाई पनि जानकारि गराउनु भनेको कुरा सम्झिन्छीन अनि आफु सँग मिल्ने एउटी साथिलाई गएर एच.आई.भीको बारेमा सबै भन्छिन । अनि सल्लाह दिन्छीन त पनि परदेशमा भएका आफना श्रीमान लाई चिठिलेख तपाई घर आउदाँ साथमा कन्डम लिएर आउन भन्नु यसले हामि महिलालाई आफना पति बाट सर्नसक्ने एच.आई.भी बाट बच्न सहयोग गर्छ। मलाई त मेरा पति बाट सरिहाल्यो अब कति दिन बाचिन्छ के थाहा? बैनी त चाहि सुरक्षित होस। मलाई जस्तो तलाई नहोस भनेर यसो भनेकि हुँ। ती महिलाकि साथिले उनले भने जस्तै गर्छिन ।
एक दिन ती साथि महिलाका श्रीमान परदेश बाट घर फर्किन्छन । अनि आफनी श्रीमती लाई भक्कु कुटछन । त बाइफाले को नाठो छ तेरो याहा र मलाई त्यस्तो चिठि लेखिस बेसरम भन्दै ना ना थरि गालि पनि गर्छन । साथि महिलाले भन्छिन मलाई यो सब कुरा सिकाउने साइली भाउजु हो ।उहाँले जे जे भन्नु भयो मैले त्यहि त्यहि गरेकि मात्र हुँ मलाई केहि नर्गनुस यसमा मेरो गल्ति केहि छैन। यति सुनेपछि रिशले झन आगो हुदै ती पुरुष, जसले भनेकि हुन्छीन त्यहि महिलाको घरमा पुग्छन र उनलाई भएभरको गालि गर्छन । तपाई दाई मरेपछि छाडा हुनु भएछ भाउजु। आफु बीग्रेपनि अर्काको घरपरिवार त नबिगार्नु नी भन्दै उनलाई पनि कुटेर जग्ल्टयाएर लछारपछार पारेर हिडेछन।
यस पछि ती महिलालाई के भयो त्यो त मलाई थाहा भएन । अझै पनि हाम्रो देशका केहि सिमित ठाँउहरु बाहेकका महिलाको अवस्था यस्तो छ । पहिलेको तुलनामा अहिलेका महिलाले धेरै कुराहरु पाएका छन । जस्तो कि स्वास्थ्य,शिक्षा ,श्रोत र साधनमा पहुच ।तर केहि महिलाहरुले मात्र सिमित माहिलाले पाएको यी सबै कुराहरु सम्पूर्ण महिलाले कहिले पाउलान सोच्न मन लाग्छ । हामि कहिले सम्म अपहेलीत जीवन जीउने । कहिले सम्म अरुको भरमा बाच्ने । एक छाक खानको लागि पनि अरुको मुख ताक्ने । याहा सम्म कि एच आई भी पनि लोग्नेको उपहार स्वरुप महिलालाई लागेको छ । राम्रो कुरा भन्दा पनि हामि गलत ठहरिन्छौ ।
Tuesday, November 15, 2011
Subscribe to:
Post Comments (Atom)