Thursday, May 5, 2011

,
कहिले काहि मानिस मानिस बिचको सम्बन्ध साहै जटिल हुन पुग्छ । यस्तो कसरी हुन्छ त के के कारणहरु छन सम्बन्ध जटिल हुने । सबैले आआफनो ठाँउ बाट सोच्नु पर्ने भएको छ । सम्बन्धको जग भनेको माया , विश्वास र इमान्दारिता हो । यी सब कुराहरुमा एउटा मानिस हिडन सक्छ कि सक्दैन कुरा यति मात्र हो । कहिले काहि मानिसले आफनो सफलताको खुडकिलो चढने क्रममा सहयात्रीलाई छोडेर नयाँ यात्री बनाउछ अनि उ सँगै भुल्लिन थाल्छ रमाउछ आफनो सह यात्रीमा उ कमि नै कमि देख्न थाल्छ उसको सबै कुराहरु मा उ कमिहरु मात्र निकाल्न थाल्छ । उसँग बस्नु को सटटा भाग्न थाल्छ बाहिर मात्र हिडन खोज्दछ हरएक समय गालि गर्ने मात्र गर्छ बिस्तारै उनिहरु बिच हुने सम्पर्क माध्यम जस्तै फोन ,एस एम एस , च्याट ,इमेल जस्ताकुराहरु लाई कम गर्दै लैजान्छ । उ सहयात्री बाट टाढिने कुराहरुको माध्यम खोज्दछ र नयाँ यात्रि सँग नजिकिने सबै प्रयास गर्दछ जसरी पनि जे गरेर पनि । नयाँ यात्रिमा उसले मात्र राम्रा राम्रा कुराहरु देख्न थाल्छ उसमा उसले केहि कुराहरु पनि नराम्रो देख्दैन यो मानिसको स्वभाव हो । केहि समय नया यात्रि सँग भुल्लिए पछि र उसको मन नअघाउन्जेल सम्म त सबै कुराहरु ठिकै हुन्छन तर जुन सम्बन्ध केहि पाउने वा आफनो स्वार्थ सँग जोडिएर सुरु भएको हुन्छ त्यो सम्बन्ध उनिहरु दुबैको स्वार्थ मिलुन्जेल धेरै राम्रो हुन्छ । सबै तिर बाट उनिहरु खुशि मात्र पाउछन आफुले आफैलाई भाग्यमानि ठान्छन आफना मनमा भएका सबै कुराहरु एक अर्कालाई सुनाउछन सुख दुखका साथि हामि मात्र भन्ने सम्झिन्छन बाकि दुनिया मुर्ख लाग्छ उनिहरुलाई तर उनिहरु बिचको भ्रम कुनै दिन तोडिन्छ साहै नराम्ररी तोडिन्छ ।उनिहरु सपना बाट ब्युझिए जस्ता हुन्छन उनिहरुले भन्न हुने र नहुने कुनै कुरा नराखि सबै कुरा भनेको पछुताउछन आफुले आफैलाई मन मनै कोस्छन तर केहि गर्न सक्दैनन किनकि त्यो समय सम्म उनिहरुले ठुलै गल्ति गरिसकेका हुन्छन । त्यसपछि आफनो वरिपरिको दुनिया हेर्छन अनि थाहापाउछन धेरै ठुला मुर्ख त उनिहरु रहेछन । यसरी मानिसले आफैले आफनो सबै कुरा खतम पार्छन । त्यसैले मानिसले हरएक कुरामा धर्य गर्नु , सफलतालाई अहमको रुपमा नहेरि सहज बनाएर अघि बढनु पर्छ । मानिस सफल हुदा आफनो पछाडि धेरै मानिस हरु पाउछ तर असफलतामा केहि मानिस मात्र पाउछ त्यसैले जसले दुख परेको बेला साथ दियो त्यसलाई नभुल । सफलता सधै एउटै मानिस सँग कहिल्यै बस्दैन आज जसलाई तिमिले अयोग्य ठानेर लात हानेउ के थाहा भोलि उ तिमि भन्दा योग्य भएर पनि आउन सक्छ । जिवन कसैको पनि आफनो बसमा हुदैन समय भन्दा ठुलो यो संसारमा कोहि वा केहि छैन त्यसैले समय र मानिस बिचको सम्बन्ध बुझन सके मानिसको जिवन बेकार हुदैन । चारैतिर खुशि नै खुशि हुन्छ त्यसैले सोचौ म खुशि फैलाउन सक्छु कि दुख , घाउ बन्छु कि मलम यो सबै कुरा मानिसमै निरर्भर छ ।

0 comments to “ ”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates