Thursday, May 5, 2011
Posted by
MY WORDS
,
at
10:21 AM
हामि साथि किन बनाउछौ वा हामिलाई साथि किन चाहिन्छ यो बिषयमा हामिले आफुले आफैलाई कहिल्ये प्रश्न गरेका छौ कि छैनौ एक पटक सोच्नुस त ? आफनो जिवनको पहिलो साथि को थियो तपाई सम्झिनु हुन्छ । साथि अथवा मित्रता वा मित्र जे भने पनि हाम्रो जिवनको एउटा अमुल्य पाटो जो सँग हामि आफना धेरै कुराहरु भन्छौ । साथि भनेको जो कोहि पनि हुन सक्छ साथि केवल साथि मात्र हो तर तपाई साथिको नाममा केटा हुनुहुन्छ भने केटि र केटि हुनुहुन्छ भने केटा साथि बनाउन बढि जोड दिनुहुन्छ भने त्यहा अवश्य कुनै दिन प्रेमि वा प्रेमिका वाला माया पलाउछ र तपाईहरु साथि बन्न कहिल्यै सक्नुहुन्न जब साथिको सिमाना नाघेर मित्रता गासिन्छ त्यो मित्रता कहिल्यै साथि बन्न सक्दैनन । हो साथिमा जेण्डर कहिल्यै हुदैन र साथि केवल साथि मात्र हुन्छ केटा वा केटि हुदैन । राम्रो अथवा बेस्ट फ्रेडको बिचमा केहि सिमाना र नियमहरु हुन्छन जुन दिन तपाई यी कुरा लाई बेवास्ता गरेर साथि बनाउनु हुन्छ उ तपाईको साथि हुनै सक्दैन उ त केवल प्रेमि वा प्रेमिका हो । हामिले हाम्रो वरिपरि यस्ता धेरै साथिका नाममा कलंक देखेका छौ जो जागिर पाउनका लागि मात्र साथि बनाउछन वा पैसाका लागि जो सुकै सँग जस्तो पनि व्यवहार गर्छन उनिहरुले लेखेका कुराहरु कुनै प्रेमि प्रेमिकाले लेखेको भन्दा केहि फरक हुदैन आफनो स्वार्थको लागि जे पनि गर्छन ।तपाईको मित्रता जुन लेवल बाट सुरु भएको छ त्यहि अनुसार चल्छ यदि तपाईले च्याटको माध्यम बाट मित्रता गास्नु भएको छ भने त्यो त्यसै अनुसार चल्छ च्याट बाट गासिएको मित्र सँग कस्तो कुराहरु हुन्छन त्यो तपाईलाई पनि थाहाछ जुन दिन तपाई आफनो मित्र त्यहि लेवलको कुराहरु र्गनु हुन्न तपाईको मित्रले के गर्छ यो कुरा सायद मैले भनिरहनु र्पदैनन । धेरै खराब साथिहरु बनाउनु भन्दा नबनाउनु नै बेस हो । र अर्को महत्वपूर्ण कुरा कहिल्यै पनि आफनो पर्सनल कुराहरु साथिलाई नभन्नुस । हामी मध्ये केहिको बानिछ घरमा भएको झगडा होस वा अरु केहि सानो भन्दा सानो कुरापनि साथिलाई सुनाउने । जब तपाईको साथिले आफनो श्रीमान वा श्रीमतिको नराम्रो कुराहरु गर्न थाल्छ अनि बुझनुस उसले अरु कसैलाई मनपराउछ वा कसैसँग प्रेममा परिसकेको छ।जब सम्म कुनै मानिस अरु कसैको प्रेममा र्पदैन तब सम्म उसले आफनो श्रीमान वा श्रीमतिमा नराम्रो देख्दैन तर जब उ कसैसँग प्रेम गर्न पुग्छ अनि आफनो जिवन साथिमा नराम्रो मात्र देख्न थाल्छ र अरु सँग पनि उसको बारेमा नराम्रो कुराहरु मात्र गर्छ यस्ता साथिहरु बाट बच्नु नै बुदिमानि हो ।त्यस्तै जुन केटि मानिसको धेरे केटा साथि छ वा केटा मानिसको धेरै केटि साथि छ उ सँग प्रेम वा विवाह गर्नु अघि दश पटक सोच्नुस उसले तापाईलाई जिवनको कुनै पनि मोडमा ठुलै धोका दिन सक्छ ।त्यसैले तपाई आफै सोच्नुस तपाईले गासेको मित्रता कस्तो किसिमको छ । साथि को नाममा कलंक वा केवल साथि ।
Subscribe to:
Post Comments (Atom)