Wednesday, February 1, 2012

कसलाई आफनो मान्ने ?

,
कुरा केहि समय अगाडिको हो मलाई दिउसो एक महिला मित्रको फोन आयो । उनि कुरा गर्दा गर्दै रुन खोज्दै थिईन । भनिन हेरन आज पुलिसको डिआईजीकी श्रीमती घरमा छैनन रे घरबाट हराईन रे ।मलाई मेरा श्रीमानले फोन गरेर भनेका चरित्रहिन आईमाई थिई रे को सँग भागि सबै आईमाई यस्तै हुन्छन । तेरा साथिहरु जति सबैलाई फोन गरेर भन भनेर साहै नराम्ररी भन्यो । न मैले केहि गरेको छ । न मेरो कुनै गल्ति छ यो मानिसलाई सधै म मा अरुका कुराहरुलाई समेत जोडेर नभनि कन हुदैन । कस्तो मानिस होला यो । आखिर किन यसले सधै मलाई यस्तो गर्छ । सोच्दछु आफैलाई अच्चम लाग्छ। भन्दै उनि रुन थालिन । उनको कुरा सुनेर मलाई पनि दिक्क लाग्यो ।आखिर किन गर्छन केहि पुरुषहरु आफनी श्रीमतीको अपमान वा भनौ उनि माथि हिंसा यातना यो प्रश्न मा सधै म सोचिरहन्छु । त्यस बखत उनलाई सम्झाई बुझाई त गरे तर उनको कुराले मलाई पनि कता कता नराम्रो लाग्यो । एउटी महिला घर बाट बेपता हुने बित्तिकै उसलाई किन चरित्रहिनको पगरी गुथाईन्छ मैले बुझननसकेको कुरा । यस घटनाका कारण पनि हुन सक्छ मेरो ध्यान गीता सम्बन्धि हरेक न्यूजमा केन्द्रित भयो । केहि दिन पछि डिआईजी आफैले श्रीमती मारेको हो भन्ने सुन्ने बित्तिकै मैले साथिलाई म्यासेज पठाए । अब भन तिम्रो श्रीमानलाई श्रीमती चरित्रहिन हैन डिआईजी आफै चरित्रहिन रहेछ यस्ता पनि पुरुषहरु हुन्छन सधै महिलाको मात्र गल्ति हुदैन ।
तर मैले भने जसरी उनि काहा भन्न सक्छीन र पतिलाई देख्ने बित्तिक्कै डराउछीन । उनले म भन्न सक्दिन भनिन मैले भनन भन्दा पनि उनमा हिम्मत नै थिएन ।कस्तो श्रीमान हो त्यो जसले सधै उनीलाई गालि गर्ने धम्काउने यातना दिने काम गर्छ उनको कुरा सुनेर सधै मलाई पीडा हुन्छ सोच्दछु उनी कसरी सहेर बसेकि छन ।कठपुतली जस्तो छ उनको जीवन सबै उसकै इसारामा चल्नु पर्छ आफुले केहि गर्न पाउन्न । यो त एउटा उदाहरण मात्र हो हाम्रो नेपाली समाजको जाहा यस्ता धेरै महिलाहरु भेटिन्छन । जसले आफनो श्रीमान नै भगवान हो भन्ने मानेर बसेका छन । उसको खिलाफ कुरा गर्नु भनेको पाप सरह मान्छन फेरि उनीहरु माथि नै अन्याय र अत्याचार किन ?जसले इमान्दारिताका साथ सम्बन्ध निभाउछ उसलाई त माया गर्ने बुझने असल जीवन साथि पाउनु पर्ने मा सधै राक्षस किन पर्छन ?
यातना सहेर पनि किन बस्छन त महिलाहरु पति सँग भन्ने कुरा धेरै मानिसहरुको मनमा आउछ । मैले देखेका हरएक महिलाहरु भन्छन । श्रीमान छोडेर काहा जानु हामि साथमा दुई तीन वटा बच्चा हरएक महिला सँग छन । कसले पाल्छ उनिहरुलाई ? श्रीमान ले हामिलाई जे गरे पनि कम्तिमा छोराछोरीले पेटभरि खान पाएका छन स्कुल पढन पाएका छन । म कमाएर ल्याउन सक्दिन भाडा माझेको बाट आएको कमाई बाट बच्चा पढाउन सकिन्न म सँग पढाई त्यति धेरै छैन त्यसमाथि गाँउको सरकारी स्कूलमा पढेकि अहिले हरएक ठाँउमा अंग्रजीको बोलवाला छ मलाई कसले दिन्छ जागिर उसलाई छोडने बित्तिक्कै सबै खत्तम हुन्छ । म एउटाको कारण छोराछोरीले समेत दुख्ख पाउछन। माइती जाने कुरा नसोचे पनि हुन्छ किनभने नेपाली बाबु आमाका लागि छोरीहरु सधै बोझ हुन्छन हाम्रो दुख्ख देखेर पनि चुपचाप बस्छन आईज छोरी हामि तलाई राख्छौ भन्ने हिम्मत न बाबु आमा सँग छ न दाजु भाईमा हाम्रो बारेमा सबै थाहा छ हाम्रा आफन्तलाई तर कोहि पनि अगाडि सरेर हाम्रो पक्षमा बोल्दैनन। यस्तोमा हामिले चुपचाप बस्नुनै बेस भन्छन उनीहरु । यदि हामिले उसलाई छोडेपनि समाजका अगाडि हामि नै चरित्र हिन हुन पुग्छौ । उसलाई छोरी दिने धेरै हुन्छन तर हामिलाई डेरा भाडामा दिने मानिस पाउन्न । यस्तो समाजमा हामिले के गर्ने सहनु को बिकल्प छैन हामि सँग त्यसैले रुदै बस्ने हाम्रो नियती हो उनिहरु भन्छन।
गीताकी आमाले गीता मरेपछि भन्नु भएको थियो सायद मैले छोरीलाई सम्बन्ध बिच्छेद गर्न दिएको भए मेरी छोरी मर्ने थिइन यहि कुरा हाम्रो समाजका हरएक छोरीमा लागू हुन्छ । गीता त उदाहरण मात्र हुन। उनी भन्दा अगाडि पनि कयौ गीताहरु यसरी नै मरेका छन र उनी पछि पनि धेरै गीताहरु मर्ने छन । सबै जना मरेपछि मात्र यस्तो उस्तो भन्न आउछन ।सबै आमा बाबुलाई छोरीको भन्दा बढि चिन्ता समाजको छ आफनो ईज्जतको छ उनीहरु समाजमा आफनो प्रतिष्ठा छोरीका कारण गुमाउन चाहदैनन । छोरीले जस्तो दुख कष्ट पाएपनि आखाँ बन्द गरेर बस्छन ।
यस्तोमा एउटी महिलाले कसलाई आफनो मान्ने ? जसले जन्म दिन्छन उनीहरु या जो सँग विवाह हुन्छ उ ? यी दुबै कहिल्यै एउटी छोरीका लागि आफना बनेनन । उनिहरुले सधै आफनो स्वार्थ,प्रतिष्ठा को लागि महिलाको बलि चढाए ।

0 comments to “कसलाई आफनो मान्ने ?”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates