Tuesday, June 14, 2011

चिन्ताको बिषय मित्रता

,
एक सज्जन महानुभाव र उहाकि कवयत्री साथि धेरै अघिको कुराहो यो ,सज्जनले आफनै अफिमा पहिलो पटक कवयत्री लाई देखेका र भेटेका थिए । उनको मन कवयत्री प्रति पुगेर फकिएको थियो । त्यसपछि लामो अन्तरालमा भेट भयो तर कुरा राम्ररी हुन सकेन त्यतिबेला कवयत्रीले सज्जनलाई खासै घास हालिनन किनकि उनि आफुले आफैलाई निक्कै मै हु ठान्थीन ।त्यसपछि कवयत्री लागिन विदेश तिर ठुलठुला सपना बुन्दै तर सपना देखेजस्तो भएन विदेश धेरै दुख र हन्डर खानु परयो उनले त्याहा । पढन भनेर गएकि थिइन उनि त्यसैले जे जस्तो परेपनि बिचमा फकिदा हुने बेइज्जती महसुस गरेर जसोतसो बसिरहेकि थिइन ।त्यहि बिचमा सज्जन पनि काम बिषेशका कारण पुगे विदेश । उनको र कवयत्रीको भेट अब चाहि साहै राम्रो सँग भयो । लगभग एक महिना भन्दा बढि सगै बसे उनिहरु यहि बिच उनिहरुको फेन्डसिप धेरै नै झागियो । उनिहरु एकअर्का प्रति असाध्यै लगाव राख्न पुगे । सज्जन विदेश बाट फकिए तर कवयत्रीलाई भुल्न सकेनन । उनिहरु च्याट,इमेल र फोनको माध्ययम बाट एक अर्का सँग जोडिइरहे । उनिहरुको दोस्ती कुन लेवलको हो उनिहरुलाई नै थाहा भएन । लेवलहरु जति सबै क्रस गरियो इमेल र च्याटमा त अरु चाहि थाहा भएन । सज्जनले कवयत्रि को दुख देखेका हुनाले आफनै अफिसमा सगै काम गर्ने अफर गरे यसरी सगै काम गर्न पाइयो भने त लास्टै मोज हुन्छ सोल्टी के थाहा सँगै काम गर्न पाईन्छ कि । उताबाट पनि जवाफ आयो सँगै काम गर्न पाइयो भने त अरु के चाहियो र हौ । यसपछि त काम पनि सँगै अफिस पनि एउटै र रुम पनि एउटै केवल दुई जनाको मात्र बसाई । यो दोस्तीको बारेमा बिस्तारै अफिसमा हल्ला हुन थाल्यो अफिसका सबैले दुबैलाई जिस्काउन थाल्छन । उनिहरुको बिचको नजदिकि पनि धेरै नै भयो । कवयत्रीले सज्जन प्रति धेरै नै मरिमेटन थाल्छीन र सज्जन पनि कवयत्रिका बारेमा नराम्रो सुन्नै नसक्ने भइसकेका हुन्छन। उनि कवयत्रीका लागि जे पनि गर्ने भैसकेका हुन्छन । यतिकैमा सज्जनकि जाहानले कसरी कसरी यो कुरा थाहा पाउछिन त्यसपछि त सज्जनको घरमा दिनै पिच्छै झगडा । जब जाहानले आफुलाई छोडेर जाने सम्मको अवस्था आउछ सज्जको जिवनमा अनि उनि आफनो बारेमा सोच्न थाल्छन मैले यो के गरे विवाहित पुरुष छोराछोरीको बाउ म के भएको । उनले कवयत्रीलाई सम्झन्छन उ पनि कस्ती घरमा लोग्ने छ छोराछोरी छन तैपनि म सँग ? अनि उनि यो दुरघटनाले निम्त्याउने अवस्था प्रति सजग हुन थाल्छन तर कवयत्रिलाई चटक्क छोडन पनि मिलेन सगै हिडन पनि मिलेन ।त्यसपछि आफनी जाहानले थाहा पाएको उनिहरुको सम्बन्धको बारेमा भन्छन । कवयत्रि पनि झस्कीन पुग्छीन। उनि सज्जनकि जहान सँग डराउछिन उनिलाई देख्ने बितिक्कै भाग्न थाल्छीन तर सज्जन यहि कारण देखाएर आफु बाट टाढा भएको उनिलाई साहै गारो हुन्छ । उता सज्जन आफनी जाहानलाई खुशि पार्ने हरएक कुराहरु गर्न थाल्छन । कवयत्री सज्जनको ध्यान आफुतिर तान्ने कोशिमा छिन । सधै सज्जनलाई ताकेर नयाँ नयाँ कबिता गजल लेख्न थाल्छीन उनका ती सामग्रीहरुमा अफिसका साथिहरुको एक्यबदता हुने गर्छ सधै उनिहरु सबैले कमेन्ट गर्दा सज्जनलाई घुमाएर भनेका हुन्छन र भन्ने गर्छन त्यसैले यतिबेला सज्जन दिक्क छन के गरौ र नगरौको दोधारमा पुगेको छ उनको जिवन यतिबेला । कहिले काहि मानिस अन्जानमा कति गहिरो खाडलमा खस्छ यतिबेला महसुस हुदैछ उनलाई । उता जाहानले आफुलाई माया र बिश्वासमा ठुलो घात गरेको गरको महसुस गरेकि छिन जसको कारण उनको व्यवहार परिवर्तन भएको सज्जनले महसुस गरेका छन । पहिलाको त्यस्तो हास्दो खेल्दो रमाइलो घरको वातावरणमा निरासा छाएको छ । जसको कारण त्यहि मित्रता हो सज्जनलाई थाहा छ । उनले आफनो परिवारको लागि सबै कुराहरु बिर्षन खोजेका छन तर कवयत्रिका कबिता र घोचपेचका कारण बिचमै बिथोलिने पो होकि यो चिन्ताले सज्जलाई भित्र भित्रै पोलिरहेको छ । सज्जनलाई अचेल केहि नगरेपनि कवयत्रिका व्यवहारका कारण के होला चिन्ताको बिषय भएको छ । यतिबेला सज्जनले महसुुुुस गरृेका छन आफुले व्यवहारमा गलत केहि नगरे पनि लेखेर अथवा बोलेर गरिएको एुउटा गलत मित्रताले मानिसलाई कति अप्ठयारोमा पार्छ ।

0 comments to “चिन्ताको बिषय मित्रता”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates