Tuesday, June 7, 2011
आस्था मान्छेको
Posted by
MY WORDS
,
at
8:00 AM
साह्रै गरिब मान्छेको उदारपनभन्दा पवित्र आस्था अरु कुनै छैन... मैले यो वाक्य किताबमा पढेकी थिए“, तर त्यो मेरो जीवनमा प्रत्येक दिन जीवन्त भएर आउ“छ । खाद्यान्न, न्यूनतम उपभोग्य सामान, इन्धन, विजुली, पानी, औषधि आदि सबै वस्तुको अभाव छ, मूल्य बढेको बढ्यै छ र बा“च्नका लागि संघर्ष जारी छ । तर, मेरो आत्मालाई शान्त्वना त्यस कुराले दिन्छ, जब म एउटी गरिब महिलालाई देख्छु, जसले घण्टौ“ लाइनमा बसेर ल्याएको मट्टितेलले छिमेकीको गर्जा टार्न हिच्किचाउन्नन् । जब एक जना त्यस्तो व्यक्तिलाई देख्छु जो आप्mनो परिवारको लागि मात्र होइन साथीभाइका लागि पनि टाढाबाट पानी ओसार्छ । जब विद्यार्थीहरु साथीमध्ये जसको घरमा बिजुली छ त्यही“ गएर पढ्छन् र बिजुली आपूर्ति बन्द भएको समस्यालाई टारिदिन्छन् । जब महिला र पुरुषहरु घण्टौ“ हि“डेर भए पनि ठीक समयमा काममा पुगेकै हुन्छन् । जब कसैको खा“चो तिम्रो भन्दा बढी महत्वपूर्ण हुन्छ, तिमी आफूस“ग भएको अन्तिम रुपैया“ सापट दिन समेत पछि पर्दैनौ । केही लिटर पेट्रोलका लागि जब ड्राइभर १० घण्टा भन्दा बढी लाइन बसेर मालिकलाई गाडी बुझाउ“छ र आखिर गर्वसाथ थोत्रो साइकलमा घर फर्कन्छ । केही अतिरिक्त गा“सले आप्mनो भोकलाई तृप्त गर्छ भन्ने थाहा हु“दाहु“दै पनि जब कसैले अर्को भोको पेट शान्त गर्ने प्रयास गर्छ । जीवन कठिन छ तर जिन्दगीको उत्सव मनाउन जसले छाड्दैनन्... काम गर्दै जान्छन् तथा भोलि राम्रो हुनेछ भन्ने आशा राख्छन्— यी सबै कुराले मलाई आस्था भन्ने कुरा आत्माबाट आउ“छ भन्ने अनुभूत गराउ“छ... र जब हृदयले सत्य अनि दुःखलाई चिन्दछ त्यतिखेर आत्मा चुपचाप बस्न सक्दैन । र जब कुनै आत्मा रुन्छ, त्यसले अर्को आत्मा खोज्छ जसले उसलाई आशा र सुख खोज्न सघाउ“छ ।
Subscribe to:
Post Comments (Atom)