यो प्रश्न मैले कुनै पत्रिकामा बाट लिएकि हुँ यदि तपाई यो पढदै हुनु हुन्छ भने भन्नुस त तपाईको बिचारमा याह कसको गल्ति छ पुरुषको कि उसकि श्री मतिको जो आफनो लोग्नेले अरु सँग सम्बन्ध राखेकोमा चिन्तीत र दु खि भएकि छ ?
म विवाहित पुरुष हुँ । मेरी एक महिला मित्रको श्रीमान्बाट गर्भधारण हुन नसक्ने रहेछ । ती महिलाले मसँग निकै अनुनय-विनय गरी उनलाई गर्भधारण गराइदिन आग्रह गरिन् । त्यतिबेला ती महिलाको प्रस्तावमा मैले सहमति जनाए र मैले ती महिलासाग एकपटक सहबास गरे । त्यतिबेला मैले, कसैको जीवनमा खुसी आउँछ भने त्यस्तो प्रस्तावलाई किन अस्वीकार गर्नु भन्ने सोचेर सहबास गरे, तर एक पटकको सहवासले गर्भधारण हुन सकेन । त्यसपछि ती महिलासाग मेरो ३-४ पटक मोबाइलमार्फत् कुराकानी भयो । जुन कुरा मेरी श्रीमतीले थाहा पाइन् र अहिले त्यही कुराले मेरी श्रीमती दुःखी छिन् । उनी बारम्बार त्यही कुरा निकालेर मसँग आफ्नो दुःख व्यक्त गर्छिन् । म मेरी श्रीमतीबिनाको जीवन कल्पना पनि गर्न सक्दिन भने अर्कातिर मैले ती महिलालाई समेत बिर्सन सकेको छैन । त्यतिबेला मसँग घटेको त्यो घटनाले यतिबेला म ठूलो संकटमा परेको छु । मेरो समस्याको समाधान के होला ?
मानिसको जीवन सोचेजस्तो सहज र सरल हुँदैन । सुखमा रमाइ रहेको मानिस अचानक नसोचेको दुःख भोग्न बाध्य हुन्छ भने दुःखमा रोइरहेको मानिसको जीवनमा पनि सुखका दिन आउँछन् । तपाईंको हकमा तपाईंले गल्ती गर्नुभयो । मेरो विचारमा तपाईंले ती महिलाको आग्रहलाई स्वीकार गर्नुअघि आफ्नी श्रीमतीसाग सल्लाह गर्नुभएको भए राम्रो हुने थियो । यहाँनिर तपाईंले बुझ्नुपर्ने कुरा के हो भने जसरी लोग्ने मानिसहरू आफ्नी श्रीमतीसाग कुनै अन्य पराइ पुरुषले यौन सम्पर्क राखेको कुराको कल्पनासमेत गर्न सक्दैनन् त्यसैगरी कुनै पनि महिलाले आफ्ना श्रीमान्ले अरू महिलासाग यौन सम्पर्क राखेको कुरालाई सहज रूपमा स्वीकार गर्न सक्दैनन् । मानिसको यो मनो विज्ञानविपरित तपाईंबाट गल्ती भएको छ । आफूबाट गल्ती भएको अवस्थामा तपाईंले आफ्नी श्रीमतीलाई भविष्यमा फेरि यस्तो गल्ती हुने छैन भन्ने विश्वास दिलाउनुपर्छ । जहाँसम्म ती महिलालाई बिर्सन नसक्ने कुरा छ, त्यो तपाईंको स्वार्थ हो । तसर्थ आफ्नी श्रीमतीसाग सुखद दाम्पत्य जीवन बिताउने चाहना राख्नुहुन्छ भने ती महिलालाई बिर्सनुमै तपाईं र तपाईंको सुखी जीवन निर्भर गर्नेछ ।
Thursday, March 10, 2011
Subscribe to:
Post Comments (Atom)
कुरा सान्दर्भिक छन् ।
hie.
yes, u provided a relevant solution to the man and his family...he should leave the unfortunate wowan and not destroy his own family...
but what about the woman who wants a child and his husband cant conceive...is it her fault that his husband cant conceive ?? does she deserve to suffer and not get the happiness of children?? obviously no...
so,i guess the relevant and practical solution to help her out of this is 'Adoption of a child'. This way the family will get their own child..and on the other hand,it will be a very novel way of helping one of many unfortunate children who dont have parents .. good for everyone in the society ...dont u think ??