Wednesday, March 23, 2011

,
आज पनि रवि र रिनाको झगडा परयो किनकि रिनाले भनिन हेर रवि मेरो बिचारमा कुनै पनि मानिसको जिवनमा पद होईन उसको चरित्र ठुलो कुरा हो बलियो मोटो छ भन्दैमा हामि दशैमा कुकुर काटेर त्यसको मासु खान सक्दैनौ ?हो त्यसत्यै हो मानिस पनि धेरै पढेको छ चार पाँच वटा विषयमा डिग्रि गरेको छ फर्रर अंग्रेजी बोल्छ विदेश पनि घुमेको छ भन्दैमा उसको चरित्रहिनता कुनै पनि मानिसको नजर बाट लुक्नसक्दैन राम्रो कुरा बाहिर आउन धेरै समय लाग्छ तर मानिसको नराम्रो कुरा सधै उ भन्दा एक कदम अगाडि हिडछ उ जाहा जाहा पुग्छ त्यो कुरा उ भन्दा अगाडि पुगिसकेको हुन्छ । रविलाई रिनाले उसलाई यी सब कुराहरु भनि भन्ने पर्छ तर रिनालाई त रविको बारेमा केहि थाहा नै हुदैन रिना पनि छक्क पर्छिन रविको यस्तो व्यवहार सँग हैन यो रविलाई अचेल के भएकोछ पहिला त कहिल्यै उसले यस्तो र्गदैनथ्यो ।
रवि र रिना लोग्ने स्वास्नी हुन विवाह गरेको पनि चार बर्ष वितिसकेकोछ । साहै राम्रो मिलेको जोडिछ उनिहरुको रविका साथिहरुले आफन्तले चिनेजानेका हरएकले उसलाई भन्ने र्गछन यार तिमि त साहै भाग्यमानिछौ कति राम्री भाउजु पाएका छौ सबैले काहा पाउछन र यस्ती जीवन साथि ।रवि सबैका कुरा सुनेर मख्ख पर्छ उ रिनालाई धेरै माया गर्छ उसका हरएक कुरामा ध्यान दिन्छ उसको पहिलो प्रथमिकता सधै रिन हुन्छीन रविका हरएक कुरामा रिनाले सल्लाह सुझब साथ दिन्छीन। रिना उसको जिवनमा आएदेखि रविले कहिल्यै केहि कुरामा पछाडि फर्केर हेर्नु परेको हुदैन दुबै मिलेर आफना दुख सुख मा एकअर्कालाई साथ दिएका हुन्छन । जस्तो सुकै परिस्थिति किन नआओस दुबै मिलेर सामना गर्छन ।रविले रिनालाई पाएपछि महशुस गर्छ एउटा असल जिवन साथि पाएमा हरएक मानिसको जिवन रमाइलो हुने रहेछ। तर मानिस न हो कहि न कहि त उसले जानेर या अन्जानमा भुल गर्छ जतिबेला सम्हालिन खोज्दछ त्यो समय सम्म धेरै ढिलो भैसकेको हुन्छ । त्यसपछि उसले घर परिवार स्वास्नी छोराछोरी सबै सम्झन्छ अनि आफुले आफैलाई धिक्कर छ तर केहि गर्न सक्दैन ।
रविले पनि त्यहि गर्छ एक दिन कामको शिलशिलामा बाहिर जादा एउटा साथिले एउटि केटि सँग चिनजान गराई दिन्छ पहिलो भेटमै त्यो केटि रवि सँग धेरै खुल्छे जसका कारण रवि उ प्रति आर्कषीत हुन्छ । पहिला सामान्य कुराकानिबाट सुरु भएको उनिहरुको सम्बन्ध मोवाईल म्यासेज फोन हुदै च्याट सम्म पुग्छ । उनिहरु च्याटका कारण धेरै नजिक हुन पुग्छन हरएक कुरा ओपन हुन्छ उनिहरुको बिचमा यसैक्रममा रविको अफिसमा एउटा पोष्ट खालि हुन्छ त्यो ठाउमा रविले उसैलाई ल्याउछ । उ अफिस आउन थालेपछि रविलाई पनि खुब रमाइलो लाग्छ उ उसलाई हरएक कुराहरु ध्यान दिएर सिकाउछ उसका प्रत्येक कुरामा ध्यान पुरयाउछ । अफिसको कामले बाहिर जानु पर्दा उसको पहिलो रोजाई त्यहिकेटि हुन्छे । उ जाहा जान्छ सँगै लिएर जान्छ । कहि फोटो खिचाउनु परेमा त्यो केटि उसँग टासिन आईपुग्छे । उनिहरुको ग्रुपमा खिचेका फोटाहरुमा पनि उ रविको काखमै बसुलाझै भएकि हुन्छे । उसले रविलाई समेत नया नया स्टायलहरु सिकाएर फोटो खिचिदिन्छे । उ रवि सँगै जान थाले पछि रविका एक्लै खिचेका फोटाहरु पनि धेरै हुन्छन रवि उ सँग मख्ख छ । रविले उसलाई जे गरे पनि उ केहि प्रतिक्रिया दिन्न रविले कहिले काहि गालि गर्दा प्रमिकाले जस्तो घुर्कि लगाउछे र रिसाउछे अनि रवि उसलाई भन्छ सानु त्यस्तो होईन म त तिम्रो प्रगति पो हेर्न चाहन्छु काम राम्रो गर पो भनेको त मैले तिमिलाई । सानु तिमिलाई थाहाछैन जसले धेरै माया गर्छ उसैले गालि गर्छ क्यात यो पनि मैले नै भन्नु पर्छ ।तिमि काम राम्रो गर म तिम्रो साथमा छदैछु नि कामको बेला काम फनको बेला फन यो रविको सिदान्तहो। त्यसैले मैले तिमिलाई काम बाहेक फन पनि त धेरै गराएको छु नि आफु जाहा जादा पनि तिमिलाई नै साथ लगेको छु म याहा भन्दा अरुके गरौ तिम्रो लागि यति सुने पछि त केटि खुशि हुने भैहालिनी । यसैगरि उनिहरुको सम्बन्ध अगाडि बढिरहेको हुन्छ । रिना लाई कता कता रविमाथि शंका हुन थाल्छ पछिल्लो समयमा आएका रविका केहि परिर्वतनहरुका कारण उनि उ माथि नजर राख्न थाल्छीन नभन्दै उनले सोचेको कुरा सहि हुन आउछ । यो बिषयमा उनि रवि सग कुरा र्गर्छिन तर उ सबै कुरा सहि हो भनेर स्विकार्न चाहदैन । उसले मनमनै सोच्दछ यदि सबैकुरा रिनालाई भनो भने हाम्रो सम्बन्ध बिग्रन्छ उनिले आवेशमा आएर जे पनि गर्न सक्छिन ।रिना लाई सहिकुरा नभन्नु नै बेस छ साथै म आफै पनि त उनिलाई धेरै माया गर्छु उनि बिनाको जिवन म पनि त कलपना गर्न सक्दिन नी । उसले धेरै सोच्दछ अनि रिन सँग भन्छ हेर रिना तिमिलाई भुलेर मैले त्यस्तो केहि गरेको छैन म जाहा जादा पनि मन भित्र तिमिलाई नै साचेर हिडेको छु तिमि बाहेक यो मनमा अरु कोहि छैन तर अफिसको कामको लागि मात्र हो यो सब के गर्नु काम राम्रो बनाउनको लागि जे पनि गर्नुृ पर्छ भनेर उसले रिनालाई भन्छ । तर अब रिनालाई उसका कुनै कुरामा विश्वास लाग्दैन उ हरएक दिन झुठ माथि झुठ बोलिरहेको हुन्छ उनि सुन्छीन तर केहि प्रतिक्रिया दिन्नन ।उनले अचेल हास्न बोल्न रमाउन सबै भुल्न थालिन उनको मनमा आफुलाई रविले दिएको चोटमात्र याद आउछ । कहि गएपनि शान्ति छैन उनको मनमा केहि गरेपनि रमाउन सक्दीनन आफै देखि दिक्क मान्न थाल्छीन । अबको उनको साहारा के त धेरै सोच्दछीन आफुलाई लिएर अनि बिस्तारै पान पराग चुरोट रक्शि गाजा चरेसलाई आफनो साथि बनाउछिन ती सारा कुराहरु बिर्षन ।जब नशामा हुन्छीन एकखालको रमाइलो अनुभव हुन्छ उनलाई यसै गरि आफनो दिनहरु बिताईरहेकि हुन्छीन ।रविलाई यी सबकुराहरुमा वास्तै हुदैन उसको हिडाईको रफतार झन बढिरहेको हुन्छ रिनाको बारेमा समेत सोच्ने फुर्सदनै हुदैन उसलाई । उ त बर्षमा बार दिन पनि घरमा बस्दैन सधै घर बाहिर । उसले सोच्दछ मैले रिनालाई चाहिए जति रुपैया पैसा दिएकै छु अरु के चाहियो उनिलाई ।
यता रिना पुरै ड्रग एडिक हुन्छीन उनिलाई नशा भन्दा अरु कुनै कुरामा ध्यान हुदैन । एक दिन रवि टि बि हेदै हुन्छ ड्रग एडिक हरुलाई प्रहरीले प्रकाउ गरेको न्युज आउछ त्यहा उसले रिनालाई देख्छ होइन होला भनेर घरमा फोन गर्छ उसकोमा काम र्गर्ने मानिसले हो मेडम लाई प्रकाउ गरेको छ प्रहरीले भनेर भन्छ । त्यसपछि उ तुरुन्त फर्किन्छ र उनलाई छुटाएर ल्याउछ ।उसले आज धेरै समय पछि रिनालाई राम्ररी हेर्छ उनिलाई त नशाले खतम पारिसकेको देख्छ । रिना त कन्ट्रोल बाहिर हुन्छीन उनलाई नशा भन्दा बाहेक केहि याद हुदैन रवि सँग उनि नशा मागिरहेकि हुन्छीन । रबिले उनलाई धेरै सम्झाउने प्रयास गर्छ तर सक्दैन । अनि डक्टरको लिएर जान्छ तर उनिलाई त नशाले जिवनको अन्तिम अवस्थामा पुरयाई सकेको हुन्छ । यस्तो लास्ट स्टेजमा पुग्दा सम्म पनि तपाइले कसरी थाहा पाउनु भएन अच्चम लाग्यो मलाई तपाइ जस्तो हज्बेन्ड लाई देखेर डक्टरले भन्छ । रवि केहि बोल्नसक्दैन । उ रिनालाई ठिक गराउनको लागि रिक्वेष्ट मात्र गर्छ । यता रिना नशा नपाएर छटपटि रहेकि हुन्छीन उनि पागल जस्तो हुन पुग्छीन यो पिडा उनिलाई सहन साहै गारो हुन्छ त्यसैले नर्सहरुले पकडिरहेको हात छुटाएर हस्पीटलको झयाल बाट हामफल्छीन ।

0 comments to “ ”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates