Wednesday, March 23, 2011

,
एउटी गृहणी जो चाहि बिहान सबेरै देखि बेलुका अबेर सम्म पनि घरको काममा व्यस्त हुन्छीन ।बिहान दूध समयमा आएन वा पाईएन,धारामा पानि आएन,तरकारीमा हाल्ने मसला सकिएछ,चिया हाल्दा शिशाको कप फुटयो,स्कूल जाने बेलामा बच्चाको एउटा मोजा पाइएन,श्रीमानको घडि वा मोवाईल हरायो,बच्चाको स्कुल बस छुटयो,श्रीमानको लुगामा आइरन लगाउनु थियो बति गयो,तरकारी मिठो भएन,खाना पाक्न ढिला भयो,बेलुका बच्चालाई खाजा के बनाउने,ग्यास सकिएको छ फोहोर लुगा धुनुछ,बिरामि आफन्तलाई अस्पतालमा भेटन जानुछ,बच्चाको फि तिर्न स्कुल जानु छ,घर सफा गर्नु छ जस्ता दैनिक समस्या देखि घरपरिवारमा बिरामि,बिवाह,मृत्यु जस्ता साना ठुला समस्या लिएर उनि मानसिक तनाव वा दबाब भोगिरहेकि हुन्छीन ।उनका लागि केहि सोच्ने फुर्सद कसैसँग हुदैन ।उल्टै दिनभर घरमा बसेकि त छनी जस्ता कुराहरु परिवारका सदस्यहरुको मनमा आउछ ।एउटि महिला को जिवन सधै भिन्न भिन्न पुरुषहरुको वरिपरि घुमिरहन्छ सानि हुदा बुवा,दाजु र आफुभन्दा सानो भाई समेत उनको गार्जन हुन्छ ।उनिहरुले जे भन्छन उनिले त्यहि गर्नु पर्छ ।कसरी हिडने कसरी बोल्ने ,काहा जाने काहा नजाने,के गर्ने के नगर्ने धेरै कुराहरु उनका सामु हुन्छन,गर्ने भन्दा पनि नर्गने को सुचि चाहि लामो नै हुन्छ ।त्यसै गरि जब उनि विवाह गरेर पतिको घरमा आउछिन त्यहा आएपछि झन गर्न हुने र नहुनेको सुचि बढछ ।सर्वप्रथम त उनले लगाएका लुगा कपडा बाट शुरु हुन्छ विवाह गरे पछि यो यो लुगा लगाउनु हुन्न,बिहान सबै भन्दा अगाडि उठ राति सबै भन्दा ढिलो सुत,राति कसैलाई पानि खान मन लागो तिमि नै उठ,खाना पकाउ र अन्तिमा खाउ पुगे पनि खाउ नपुगे पनि खाउ जसलो जे भनेपनि जवाफ नलगाउ लगायौ भने तिमि चोथाले हुन्छेउ ।पति घरपरिवार र छोराछोरी भन्दै जिवन बिताउ तर पछि तिनैले तिमिलाई नपढेकि पाखे दुनिया नबुझने समय सँग चल्न नसक्ने भन्दै धेरै आरोपहरु लगाउछन र आफु बाट टाढा बनाउछन तिमि बुढि हुन्छेउ काम गर्न सक्दिनौ अनि तिमि सबैको लागि बेकार हुन्छेउ। यो कुरा हामि मध्ये धेरैले देखेका छौ घरपरिवामा सबै जना जान्ने सुन्ने भएपछि घरकि ति आमा वा श्रीमति बेकार कि हुन पुग्छीन अरुका लागि उनि किचकिचे हुन्छीनउनले गरेको त्यो सबैकामको श्रेय पाउनुको सटा गालि पाउछिन । हामि मध्ये कतिले आफनी आमाका यी सबै दुख बुझेका छौ ।एक पटक मायाले उनलाई हेरेका छौ सायद छैनौ एक पटक हृदयमा हात राखेर सोच्नुस त के तपाईले बर्षौ देखि गृहणि नाम पाएर पनि केहि नभनि तपाई हाम्रो सेवा गर्नेको कुरा समस्या वा तनाव सुनेका छौ ?हाम्रो समाजमा केहि सिमित महिलाहरु मात्र छन जो पढेका छन जागिर खान्छन तर धेरै महिला यस्ता छन जसले आफनो घरपरिवारका लागि आफनो पढाई जागिर सबै छोडेर बसेका छन ।अझ गाउघरतिर जाने हो भने त झन कति यस्ता महिलाहरु भेटिन्छन जो धेरै श्रम र्गछन ।

0 comments to “ ”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates