Wednesday, March 30, 2011
Posted by
MY WORDS
,
at
2:13 AM
हामि महिला ,महिला भएकै कारण हाम्रो जिवनमा धेरै चुनौति र संर्धषहरु छन ।त्यसलाई कसरी मिलाएर लाने भनेर हामि सधै सोचिरहेका हुन्छौ ।सानो छदा हामिले स्कुलमा गएर पढनुका साथै घरमा आएर घरको कामधन्दा पनि गर्नुपदथ्यो । स्कुलको पढाई र घरको कामले गर्दा खेल्न जान भ्याउदैन थियौ । एक दिन शनिवार पनि संगै पढन जाने दाजुभाईका र घरका अन्य सदस्यका लुगाधुने र घरको काममा आमालाई सघाउदैमा दिन बितिहाल्थ्यो । अलि ठुलि भएपछि त झन छोरी मान्छे काहा खेल्न जानुहुन्छ जस्ता कुराहरु सधै हाम्रा अगाडि आउथे । ती हरएक क्षणलाई हामिले सहज रुपमा लिदै अगाडि बढदै आयौ ।आज हाम्रा सामु झनठुला चुनौतिहरु छन । घरगृहस्थी सम्हाल्नु , करिअर अगाडि बढाउनु ,श्रीमान संग मिल्ने गरि आफनो जिवन शैलि बदल्नु यि सबैकाम सहज रुपमा गर्नु पर्छ। हामिले गरेका कामका कारण परिवारमा बाधा नपरोस सधै हामि सचेत भईरहेका हुन्छौ। हामि माथि दोहोरी जिम्मेवारी छ घरगृहस्थी र अफीस सबै ठाउमा आफुलाइ राम्रो बनाउनेको लागि सधै लागिपर्दछौ। हामिले आफुलाई धेरै जसो ठाउमा बदल्ने गरेका हुन्छौ जस्तो विवाह गरेर आएको घरमा परिवारका सदस्य शाकाहारि छन भने आफु पनि शाकाहारि हुने,बच्चाको स्कुल जानु पर्ने भएकोले आफनो चेकअप लाई पछिको लागि सार्ने, श्रीमान को सरुवा हुदा आफनो जागिर छोडेर भए पनि उनिसँगै जाने,घरमा पाहुना आएकोले गर्दा आफना साथिहरुसँगको भेटघाटलाई स्थगित गर्ने, थाकेर लखतरान भएको बेला खान बनाउने, फुटबल म्याचको कारण मनपर्ने कार्यक्रम नहेर्ने , सबैकाम सकेपछि मात्र आफनो अफिसको महत्वपुर्ण काम गर्ने,यति हुदा हुदै पनि हामि डटेर काम गर्छौ र काम कुरालाई पुरा गर्छौ। आफनो दिनहु हुने कामलाई मिलाएर गर्छौ। जिवनमा अचानक आउने सुख वा दुखको पनि हामि डटेर सामना गरिरहेका हुन्छौ। कहिले काहि धेरै कुराहरु मध्ये बाट एउटा छान्नु,उथल पुथललाई साम्य पार्नु,धेरै पटक अप्ठयारा निर्णयहरु गर्नु पक्कै पनि सजिलो छैन हाम्रो लागि । यति हुदा पनि हामिले हाम्रो जिवन र घरपरिवालाई सधै सहज रुपमा सँगै लिएर हिडेका छौ । त्यसैले कहिले काहि मलाई लाग्छ हामिमा अदभूत शक्ति छ ,सृष्टि हामिमै निहित छ,हामिले सबै कुरालाई मिलाएर सहज रुपमा हिडन सक्यौ भने संसार हाम्रो हातमा छ । हाम्रो यो यात्रा सजिलो त पक्कै छैन तर हिडनु छ निरन्तर....................................
Subscribe to:
Post Comments (Atom)