Wednesday, April 6, 2011

,
जाँडरक्शि खाएर श्रीमति पीटने बढे पछि बाग्लुङमा प्रहरी अभियान शिर्षको समाचार नागरिक दैनिकमा चैत्र २९ गते आएको थियो । समाचार पढे शिर्षक अनुसार को समाचार त थिएन तै पनि एउटा शब्द श्री मति कुटने ले चाहि केहि बेर सोच्न बाध्य पारो । हाम्रो वरिपरि हामिले धेरै देखेका छौ श्रीमति कुटने बाहादुरहरु । केहि श्रीमानहरु यस्ता पनि हाम्रो समाजमा छन जसलाई आफनी श्रीमती कुटन रक्शि नै खानु पर्दैन उनिहरु बिनाकारण पनि श्रीमति कुटछन । हाम्रो समाजमा केहि महिलाहरु छन जो सधै कुटाई खान्छन र त्यसलाई नै आफनो भाग्य सम्झेर रुयेर बस्छन । अझ कति महिलाहरु त उज्यालो नहुदै कुटाई खादै ओच्छयान बाट उठछन । केहि महिलाहरु कहिले काहि कुटाई खानुलाई सामान्य सम्झिन्छन हाम्रो गाउघरमा । के शिक्षित के अशिक्षित ,के गाउ के शहर ,के धनि के गरिब सबै वर्गका धेरै जसो पुरुषले कुनै न कुनै रुपमा श्रीमति कुटेका छन । हामिले आफु सानो छदा हाम्रो वरिपरि यस्ता घेरै घटना देखेका छौ । कुनै श्रीमानले श्रीमति कुटेको समाचार हामिले पढयौ वा टिभिमा देख्यौ भने त्यस पुरुषलाई हामि गालि गर्छौ तर त्यहि घटना आफनो आखा अगाडि देखेमा नदेखे झै हिडछौ किन त यो प्रश्न हामीले आफै सँग सायद कहिल्यै गरेका छैनौ । केहि महिना अगाडिको घटना हो निक्कै नाम चलेको स्कूलको डा्रइबरले स्कूलकै अगाडि श्रीमति लाई लाति लातिले कुटिरहेको थियो त्यहा वरिपरि बसेर हेर्ने मानिसहरुको भिडनै थियो निक्कै ठुला मै हु भन्ने देखि अधिकार र सुचना मिडिया सबैखालका मानिसहरुको पहुच थियो त्यहा तर किन त्यसो गरेको भनेर त्यस पुरुषलाई प्रश्न गर्ने सायद कोहि थिएनन । महिलाहरु किन कुटाई खाएर पनि सबै कुरा सहेर श्रीमान सँग बस्छन त भन्दा उनिहरु आर्थिक रुपमा सक्षम छैनन शिक्षीत पनि छैनन छोराछोरी साना छन हुर्काउनु पर्दछ त्यसपछि हाम्रो समाज जाहा लोग्ने छोडेकि भनेर महिला माथि हेरिने र गरिने दुरव्यवहार , सानै देखि महिलालाई दिईने ज्ञान कि तिमि छोरी मान्छे हौ सबै कुरा तिमिले सहनु पर्दछ जे जस्तो परे पनि पति भनेको एउटि महिलको भगवान हो उसले जे गर्दा पनि हुन्छ तर तिमिले हुदैन सहनु नै तिम्रो धर्म हो नारी त पृथ्वी जस्तो पो हुनु पर्दछ हेरत पृथ्वीमा के छैन यहि दिसा पिसाब छ यहि मन्दिर ठुल ठुला घर भवनहरु छन हरएक कुरा भएर पनि पृथ्वीले सहेकि छिन त्यहि गुण तिमिमा हुनु पर्छ । जस्ता ज्ञान पाएकि हुन्छीन महिलाले । उनले घरमा पनि बुबाले आमालाई काकाले काकिलाई दाजुले भाउजुलाई गरेको व्यवहार देखेकि हुन्छीन जसले गर्दा उनलाई लाग्छ सबै महिलाले यसै गरेका छन मैले पनि यहि गर्नु पर्ने रहेछ किनकि म महिला भएर जन्मिए यो नै मेरो भाग्य हो ।सानै देखि सहने बानि परेको हुन्छ जसको कारण उनि जे गरे पनि सहन्छीन र सोच्दछिन कुटे पनि कुटोस मेरो भाग्य नै यस्तो अनि रोएर बस्छिन यस प्रकारको जिवन हाम्रो समाजमा धेरै महिलाहरुले बिताई रहेका छन । अझ गाउघर मा त श्रीमति कुटनु गालि गर्नु सामान्य प्रक्रिया हो । कुनै ठुलो बिषय नै होईन यो ।

0 comments to “ ”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates