Wednesday, April 6, 2011

,
गल्लिमा भुस्याहा कुकुर बढेका बढैछन तर ती कुकुरको व्यवस्थापन कसरी गर्ने के गर्ने भन्ने निकाय कतै देखिदैनन । बाटोमा हिडनेलाई धेरै सास्ती भैरहेको छ यस तर्फ कसले ध्यान दिने ? पहिला पहिला त नगरपालिकाले धेरै भएका भुस्याहा कुकुरको व्यवस्थापन गर्ने गर्दथ्यो तर अचेल त नगरपालिका पनि मौन छ एनिमल राईटमा काम गर्ने हरुका कारण । अधिकार सबैको हुनु पर्छ र पाउनु पनि पर्छ तर एउटाको अधिकार बचाउने नाममा अरुको बाटोमा हिडने स्वतन्त्रता पनि त खोसिनु भएन नि यसतर्फ पनि ध्यान दिनु पर्छ कि । हाम्रोमा जति पनि एनिमल राईटमा काम गर्ने महानुभाव हरु हुनुहुन्छ वाहाहरु सबै गाडिमा हिडनु हुन्छ होला जसको कारण भुस्याहा कुकुरले दिने दुख थाहा नभएको हो कि वा बुझपचाएर बसेको हो बुझन सकिएन । धेरै गल्लिहरुमा केहि कुकुर हरु बाटो हिडने मानिस देख्ने बितिक्कै झम्टेर टोक्न पुग्छन । ती कुकुरले टोकेकोमा त्यसको जवाफदेहिता को त ? कसले हेर्ने ? कि भुस्याहा कुकुर व्यवस्थापन गर्नु परो कि नगरपालिकालाई आफनो काम गर्न दिनु परो । एनिमल राईटका नाममा हामिले कति सास्ती पाउने ? हाम्रो गल्लिमा पनि त्यस्तै फटाहा कुकुर छ जसको कारण मैले नै गल्लिको बाटो नहिडेको महिनौ भईसक्यो म बिना स्कुटर हिडनै सक्दिन त्यसले तिन पटक सम्म मलाई टोक्न झम्टयो ,चार पाच जना बटुवा लाई टोकिसक्यो । सात जना जति बच्चालाई पनि टोकिसक्यो हाम्रो वरिपरि सबैले त्यसकुकुरलाई के गर्ने भन्ने कुरा गर्छन तर व्यवहारमा केहि गर्न सकिएको छैन । यो समस्या अहिले धेरै गल्लिहरुमा छ यसको बिषयमा कसले के गर्ने चासो कसैले दिएका छैनन काहा जाने कसलाई भन्ने के गर्ने भनेर मानिसहरु अलमल्लमा परेका छन । हर एक गल्लिमा भुस्याहा कुकुर बढेका बढैइछन ।केहि मानिसहरु यो बिषयलाई लिएर नगरपालिका गए तर यस बिषयमा नगरपालिका समेत मौन छ । भुस्याहा कुकुर लाई कसले कसरी व्यवस्थापन गर्ने अब बोल्ने निकाय काहा छ त ?

0 comments to “ ”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates