Thursday, April 7, 2011

,
स्कुल भनेको ज्ञान आर्जन गर्ने ठाँउ हो तर हाम्रो नेपालमा पैसा कमाउने थलो भैरहेछ । अभिभावक लाई पढाईको नाममा शोषण गर्ने प्रचलनले तिब्र गति लिईरहेछ । यसै गरि स्कुलहरुले आफनो मनोमानि ढंगले पढाईको नाममा शोषण गर्ने हो भने हाम्रो देशको शिक्षाको भविश्य कस्तो होला अनुमान पनि गर्न सकिन्न । एउटा सानो बच्चा जसले प्ले ग्रुप बाट आफनो पढाई शुरु गर्छ । उ भरर्खर अढाई बर्षको मात्र हुन्छ उसका लागि भनेर स्कुलले एडमिसन फि सँगै लाईब्रेरी ,ल्याब, भिजुअल क्लास ,मेन्टिनेन्स जस्ता नाम दिएर भिन्न भिन्न शिर्षक राखेर पैसा असुल्नु कति सम्म न्याय हो । एडमिसन फि को नाममा बिस पच्चिस हजार माग्नु कस्तो खालको शिक्षा हो हाम्रो मा । हैन एउटा स्कुलमा एडमिसन त एक पटक पो हुन्छ याहा त हरेक बर्ष एडमिसन गर्नु पर्छ र एडमिसन फि को नाममा ठुलै रकम स्कुललाई बुझाउनु पर्दछ । अचेल त झन सजिलो भएको छ स्कुलहरुलाई प्रि स्कुल वा मन्टेश्वरी स्कुलको नाममा जति सक्दो बढि पैसा असुल्न । यसरि मनपरी गरेर स्कुल संचालन भैरहेछ । छोरा छोरी पढाउने नाममा बाबु आमा कंगाल हुने अवस्था आईसकेको छ । शिक्षामाथिको व्यपारिकरण कहिले अन्त हुन्छ होला हरएक बाबुआमाको मनमा उठेको प्रश्न हो यो । यसैगरि नै हाम्रो देशमा स्कुलहरु संच्चालन भैरहने हुन भने कुनै दिन यस्तो पनि आउछ जाहा थोरै पैसा लिने स्कुल लाई हामि आफैले स्कुल नै गन्न छोडन सक्छौ । त्यसैगरि एउटा पाच बर्षको बच्चा छ जसले भरर्खर युकेजी सकेर वान मा पढनु पर्ने छ अब उसले वान क्लास पढनको लागि इन्टरभ्यु दिनु पर्छ । नया ठाउ नया मानिस उ कति सहज हुन्छ वा हुन्न त्यस प्रति स्कुलको ध्यान कहिल्यै जादैन । स्कुल चाहन्छ उसले मागेको इक्जाममा त्यो सानो बच्चाले पास गर्नु नै पर्दछ होइन भने उ त्यस स्कुलको लागि योग्य मानिदैन । यो त बाच्चा हरुमाथि दिईने यातना होइन र एउटा अबोध शिशुलाई यस्तो गर्नु के न्याय हो पक्कै होइन तर हाम्रोमा त यी सबै गर्नु पर्दछ । इक्जाम भन्ने बितिक्कै ठुलै मानिसको होस हराउछ उ त बच्चा त्यसमाथि आमाबाबुको प्रेसर जसरी नि राम्रो स्कुलमा नाम निकाल यदि बच्चाले सकेन भने सबै दोष त्यो अबोध शिशु माथि आईलाग्छ उसले के कति अप्ठयारो परिस्थिति बाट हिडनु पर्छ । के यी सबै कुरा हरु मा चेन्ज आवश्यक छैन ? हाम्रो शिक्षा प्रणलि सहज र सजिलो बनाउन सकिन्न , बच्चाले बिना प्रेसर पढन पाउनु पर्ने होईन , किन यति गम्भिर बिषयमा हामि सबै मौन ।

0 comments to “ ”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates