Monday, April 11, 2011
Posted by
MY WORDS
,
at
5:39 AM
मेरो र किताबको साइनो कहिले र कसरी गासियो त म भन्न सक्दिन तर मैले थाहा पाएको चाहि यस्तो छ ।जब म सानि थिए हाम्रो घरमा धेरै किताबहरु थिए जहि तहि किताब नै किताब र्धािर्मक ग्रन्थ लगायत धेरै किसिमका किताबहरु थिए । मैले देख्दा मेरो ठुलो दादाको हातमा सधै किताब देख्थे उहाले सधै आफुलाई किताबको वरिपरि नै राख्नु हुन्थ्यो । सायद त्यसैको परिणम होला ममा पनि किताब पढने चाहना पसेको हुनुपर्छ । मलाई सधै लाग्दथ्यो हैन यसरी दिनैभरि त्यसमै भुलिने के हुन्छ किताबमा । म पनि उहा जस्तै किताबमा हराउन चाहन्थे । म थिए सानि हाम्रो घरमा हामि केटाकेटिले आफनो कोर्स बाहेक को किताब पढनु भनेको ठुलो अपराध गरेसरह हुन्थ्यो । केटाकेटिका कथाका धेरै किताबहरु थिए हाम्रो लागि । मैले पहिलो पढेको किताब रामायण थियो जुन म बिहान बेलुका पुजा कोठामा बसेर पढदथे । रामायण ,महाभारत , स्वस्थानि कथा,देविभागवत ,गिता जस्ता धेरै धर्मिक किताबहरु मैले पुजा कोठामा बसेर पढे धेरैको अर्थ बुझिन तर पढे । बिस्तारै मैले दादाले पढने उपन्यासहरु पढन थाले लुकेर एक दिन मेरी दिदिले देखि मैले पढेको एउटा उपन्यास उसले म बुवालाई भनिदिन्छु त उपन्यास पढने भन्न थालि उसैले त्यस उपन्यासको नाम पढि अन्नाकरेन्निना त्यसपछि त घरमा ठुलै हंगामा भयो उसले बुवालार्इृ भनिदिई मैले गालि खाए तर पनि मैले लुकेर पढने बानि छोडन सकिन । अबको मेरो पढने ठाउ भनेको घरको सिलिंग हुन थाल्यो म त्यहा लुकेर किताबहरु पढन थाले । जसमा मैले वेदप्रकाश शर्मा का जासुसि उपन्यस देखि प्रेम चंन्दका अनि अरु धेरैका पढे । मलाई किताब र लेखकको नाम भन्दा पनि त्यो किताब मा के छ भन्नेकुराले प्रोहत्साहन गर्दथ्यो जसका कारण त्यति सानैमा त्यत्रा धेरै किताबहरु मैले पढे ।अहिले पनि घरमा जादा ति किताबहरु देख्दा लाग्छ यी मैले स्कुल पढदानै पढि सकेकि हुँ। जब मैले एसएलसि दिए त्यस पछि म केहि समयको लागि काठमाण्डौ घुम्न भनेर ठुलो दादाकोमा आए । दादा किताबको सौखिन उहाकोमा निक्कै ठुलो स्टडिरुम थियो त्यहा धेरै किताबहरु थिए हेर्दा लाग्दथ्यो त्यो कुनै ठुलो लाइब्रेरी हो । त्यो रुममा टेबल कुर्सि र एउटा बेड पनि थियो । बसेर पढन मन नलागेमा दादा त्यसमै सुतेर पढने गर्नुहुदोरहेछ । म त्यहा गएपछि दादाले मलाई आज देखि त यो रुम मा सुत भन्नु भयो आज सम्म यो रुममा मैले कसैलाई सुत्न दिएको छैन त नै पहिलो होस । वाह मलाई अब के चहियो त्यत्रो किताब मेरो मन त्यसै रमायो । दादाको सानो छोरा थियो उ मसंग धेरै मान्थ्यो उ उठने बितिक्कै बोक्ने घुमाउने उसका लागि धेरै कुराहरु म गर्दथे त्यसपछि भाबि संग बस्ने घर बहिर जाने घुम्न जाने सानो दादा ,ठुलो दादा भाबिको माइती ,आफन्त धेरैको मा जानु र्पदथ्यो । दिउसो किताब पढने चान्स धेरै कम हुन्थ्यो त्यसैले म राति पढदथे घरमा सबैलाई म किताब रातभर पढछु भन्ने थाहा थियो तर कहिल्यै दादाले नपढ भन्नु भएन कहिले काही यो पनि पढ भनेर केहि किताब दिनु हुन्थ्यो। म किताबको किरो नै भईसकेकि थिए एक या दुई रातमा एउटा किताब पढेर सक्दथे त्यहा भएका सबै किताब मैले पढेर सके याहा सम्मकि दादाले दिल्लीको नेशनल स्कुल अफ ड्रामा कलेजमा पढेका कोर्सका किताब जसमा ड्रमाका हरएक भाग मेकअप देखि लिएर सबै थिए ति समेत मैले पढे ।त्यहा पढेका धेरै किताबको कुराहरु को छाप म मा अहिले पनि छ ।यसपछि भने म किताब प्रति अलि चुजि हुन थाले ।अब किताब राम्रो या नराम्रो आफना लागि छुटयाउने भए ।त्यसपछि पनि म किताबहरु पढदै गए म मा एउटा बानिको बिकास भयो केहि कुरा थाहापाउनुछ भने त्यसको बारेमा किताबमा खोज त्यसैको परिणम होला स्कुलमा हुदा सामान्य ज्ञान प्रतियोगितामा मलाई कसैले हराउन सक्दैनथ्यो म सधै जित्दथे । पछि कलेज पढदा पनि कुनै पनि कुरामा वादविवद भए सधै मेरो कुराले नै जित्दथ्यो जसरी पनि मेरो कुरा माथि हुन्थ्यो तर लजिक सहित हावाको भरमा हैन ।त्यसैले होला म सधै आकर्षणको केन्द्र हुन्थ्ये साथिहरुमाझमा यो सबै किताबलले गर्दा नै हो ।धेरै समय पछि फेरी मैले किताब ल्याएर पढने ठाउ पाए त्यो हो सोलु एफ एममा काम गर्दा त्याहको योङ स्टार क्लबको बुक लाइब्रेरी ।मलाई लागेको र पढन नपाएका धेरै किताबहरु मैले त्याहा पढे कति नाम चलेका र कति नचलेका ।कहिले काहि त्यो लाइब्रेरीमा बस्नेले पनि मलाई सहयोग गरे यो लगेर पढनुन राम्रो छ ।तपाई कति छिटो पढनु हुन्छ कति बेला पढनु हुन्छ उनिहरुका यस्ता प्रश्न सधै मेरा अगाडि आउथे अनि म हास्थे मात्र उनिहरुले कहिले काहि सुनाउथे त्यहा बाट कतिले पढन भनेर लगेको किताब पाच छ महिना सम्म पनि अएको छैन भनेर पहिलो पटक मैले किताब लिएर जादा उनिहरुलाई पनि त्यस्तै लागेको थियो रे अब यसले पनि कति महिना पछि किताब लिएर आउने हो त्यसैले मेरो किताब बुझउने मिति नै एक महिना राखेका रहेछन मलाई यी सब कुराहरु उनिहरुले नै पछि भनेका थिए उनिहरुकै सल्लाहमा मैले शब्दातित शान्तनु भन्ने किताब त्याहा पढेकि थिए जुन निक्कै राम्रो थियो ।यस्तै गरि उनिहरुले मलाई अरु पनि राम्रा राम्रा किताबहरु पढन दिए। त्यति बेला मैले कामको लागि सोलु र काठमाण्डौ गरिरहनु पर्दथ्यो त्यस क्रममा मैले बुदनगरमा दादा को मा पनि धेरै कितबहरु पढे उहाको पनि आफनै बुक लाइब्रेरी थियो र धेरै किताबहरु पनि पल्पसा क्याफे मैले त्यहि पढेकि थिए भरर्खर बजारमा आएको थियो त्यो किताब दुई रातमा पढीसकेर म सोलु फर्केकि थिए त्यो बेला ।यसरी विभिन्न समयमा विभिन्न मानिसहरुको संकलन पढने मौका पाएकि थिए मैले यो मेरो गुड लक हो भन्ने मलाई लाग्छ । त्यसपछि म काठमाण्डौ आए याहा आएको केहि समयमा नै मैले खोजपत्रकारिता केन्द्रमा ,खोजपत्रकारिता पढने मौका पाए जाहा हामिले धेरै किताबहरु पढनु पर्दथ्यो तर धेरै राम्रा किताबहरु फेरी मैले पढन पाए त्यो बेला मैले पहिलो पटक आफुले नै त्यति धेरै किताबहरु किने पढनको लागि ।जस कसैको मुख बाट यो किताब राम्रो छ भनेको सुन्ने बितिक्कै त्यो किताब मैले किने । यसरी नै म र मेरो पढाई अघि बढिरयो । म काठमाण्डौ बस्न थाले अब मैले मेरो घरमा श्रीमानको बुक लाईब्रेरी पाए वाहा पनि किताबको किरो नै हुनुहुदो रहेछ । अब याहा फेरि मैले धेरै किताबहरु पढने मौका पाए उहाँका कलेक्शन जसमा शंकर लामिछाने लगायत धेरै नाम चलेका र नचलेका लेखकहरुका किताबहरु त्याहा थिए । त्यहा भएका प्राय सबै बुक मैले पढे । वाहाले नया नया किताबहरु बजारमा आउने बितिक्कै किनेर ल्याउनु हुन्थ्यो । वाहाको बानि रहेछ किताबहरु किनि रहनु पर्ने ।उहाको एउटा गजब्बको बानि छ किताब किनेर ल्याउदा सधै धेरै किताब एकै पटक किन्नु हुन्छ एउटा मात्र किताब उहा कहिल्यै किन्नु हुन्न। जसले गर्दा मैले बजारमा आएका नया किताबहरु छिटै पढेर साथिहरुको बिचमा गफ लगाउन पाउथे यो किताब यस्तो छ त्यो किताब त्यस्तो छ भनेर एक पटक त हाम्रो मात्र किताबको बिषयमा कुरा गर्ने साथिहरुको राम्रै जमात थियो । जसले नया र धेरै किताबहरुको बारेमा कुरा गर्छ उ हाम्रो ग्रुपको लिडर नै हुन्थ्यो । त्यसैले होला हामि सबै धेरै भन्दा धेरै बुक हरु पढेर आफुलाई अब्बल देखाउथ्यौ । त्यसबेला हामि बिचमा एक प्रकारको प्रतिस्पर्धा नै थियो भने पनि हुन्छ । यसरी मैले धेरै जानाको बुक कलेक्शन पढने मौका पाए । मैले पढेका फरक मानिसका फरक कलेक्शनमा धेरै कुराहरु फरक पाए साथै कुनै पनि मानिसको रुचि एक अर्का सँग नमिल्ने रहेछ हो कहिले काहि केहि नाम चलेका किताबहरु बाहेक अरु किताबहरु सबै फरक थिए वाहाहरुको कलेक्शनमा । यसरी मैले फरक समयमा फरक कलेक्शनहरु पढने सौभाग्य पाए म आफुलाई भाग्यमानि मान्छु कि मैले वाहाहरुको कलेक्शन पढन पाए । सबै भन्दा बढि म मेरो ठुलो दादा प्रति कृतज्ञता प्रकट गर्छु उहाको हातमा चौबिसै घन्टा किताब नदेखेको भए म मा किताब प्रति यस्तो लगाव हुदैन थियो होला । मैले किताब पढन दादाले पढेको देखेर सिकेकि हु । उहाकै कारण म किताब प्रति आर्कषीत भए । मेरो पढाई को रफतार जारि रहनेछ , तथास्तु ।
Subscribe to:
Post Comments (Atom)
मान्छेले जिबनमा दुइ प्रकारले सिक्छ पढेर वा परेर । तर परेर सिक्दा कहिलेकाहीँ ढिला भइसकेको हुनसक्छ ।।