Saturday, February 12, 2011

आधुनिकता

,
आधुनिकताले सबै कुरा बदलिदिएको छ । सबै सीमा तोडि्दै गएका छन् । एसएमएस गर्नु कुनै गार्‍हो काम होइन । भाषाको ज्ञान नभए पनि यो खेलमा रमाउन सकिन्छ । कहिल्यै पछाडि हट्नु पर्दैन, जे आउँछ त्यही लेख्यो पठायो चलिहाल्छ । यहाँ भावुकतामा डुबेर मायाका शब्द टाइप गर्नु आवश्यक छैन, जस्तोसुकै टाइप गरे पनि अरू केही बुझ्नु पर्दैन, मात्र यौन बुझे पुग्छ । यो नयाँ समयमा बढ्दो आधुनिकताले नै मायाका बारेमा पनि नयाँ अर्थ लेखिरहेको छ । जसले विवाहभन्दा पहिले हुने शारीरिक सम्बन्ध बढाइ रहेको छ । विवाहपछि श्रीमान्सँग बस्न मन लागेन भने अर्को नयाँ सम्बन्ध बनाउनुमा कुनै आपत्ति छैन ।

एसएमएस शब्द शारीरिक सम्बन्धको पर्यायवाची बन्दैछ । यो कुनै यौनको औषधीभन्दा कम छैन । उत्तेजना बढाउन त्यति नै छाडा एसएमएस चाहिन्छ, त्यहाँ नयाँ शब्दकोश नै तयार हुन्छ । जेजस्तो गरे पनि हुने, कुनै नियम छैन । कति अचम्म छ आधुनिकतामा रमेको माया ? यहाँ चोखो प्रेमको कुनै ठाउँ छैन । आधुनिकतामा बगिरहेको यो बेलामा मायाको अर्थ व्यापक बन्दै गएको छ कि संकुचित ?

0 comments to “आधुनिकता”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates