Saturday, February 12, 2011
मायाका बारेमा
Posted by
MY WORDS
,
at
9:02 PM
आधुनिकीकरणसँगै मायाका बारेमा युवापुस्ताको सोच पनि बदलिएको छ । जोसँग डेटिङ गयो उसँगै विवाह गर्नैपर्छ भन्ने छैन ।अहिले कसैका लागि चिठी लेख्न फुर्सद छैन । फोनमा कुरा गर्नु पनि समयको बर्बादीभन्दा अरू केही होइन । आधुनिक पुस्ताका लागि यो सबै काम ख्याल-ठट्टाभन्दा अरू केही हुन सक्दैन । उनीहरूको माया मात्र शारीरिक सम्बन्धमा केन्दि्रत छ । उनीहरूको माया जुनी-जुनीको माया र समर्पणमा अटाएको छैन । इन्टरनेटको चक्रब्युहमा परेका युवाहरू हिजोआज फेसबुक र हाइफाइभमा आफ्नो माया व्यक्त गर्न थालेका छन् । उनीहरूमा केही संकोच छैन, जसले पढे पनि हुने । ब्लगमा जे मनमा आयो त्यही लेख्यो । नेटबाट एसएमएस कपी गर्यो अनि तुरुन्त अरूलाई पठायो । भए हुन्छ नभए सन्च भनेझैं छ अहिलेको प्रेम । मन पराएका मान्छेलाई फूल पठाउनु र रगतले लेखेको चिठी पठाउनु पूरै बेबकुफी बन्दै गएको छ । आधुनिक भावनामा गरिने प्रेममा आई लभ यू लेखेर एसएमएस पठाए भैहाल्छ, जस्तोसुकै प्रतिक्रिया आओस् मतलब छैन । सूचना-क्रान्तिको समयमा माया त केवल समय कटाउने साधन बनेको छ । एउटासँग च्याटिङ गर्यो अर्कोसँग मोबाइलमा एसएमएसको बार । भनिन्छ, एसएमएस कुनै नशालु पदार्थभन्दा कम छैन । त्यसमा रिंगटोन पनि जोडिएको छ । रिंगटोनले नै कसले फोन गरेको थाहा हुन्छ र त्यो कललाई कट र एसेप्ट गर्ने आफ्नै हातमा छ । रिंगटोन पनि एउटा नशा बनेको छ । वास्तवमा सुविधाले मानिसको जिउने स्टाइल र सोचमा पूरै परिवर्तन ल्याएको छ । मोबाइल मायाको साइनो लाउने सजिलो माध्यम भएको छ ।अहिलेको पुस्ताले मायालाई शारीरिक सम्बन्धसँग तुलना गर्ने गरेको छ । जो राम्रो छ, जोसँग पैसा छ उसले माया पाउँछ । अरूलाई भने माया पाउन गार्हो छ । त्यसैले पैसा हुनेले मायाको भिखारी हुनुपर्दैन । भावना, आत्मीयता सबै बेकार कुरा हुन् । मुख्य कुरा त अहिलेको युवा पुस्ता चोखोपनमा विश्वास गर्दैन । यसलाई उनीहरूले हल्का रूपमा लिने गरेका छन् ।
Subscribe to:
Post Comments (Atom)