Thursday, February 10, 2011

बिजुली, मलाई डिभोर्स देऊ

,
म सुत्छु, ऊ उठ्छ म उठछु ऊ सुत्छ
म आउछु ऊ जान्छ , म जान्छु ऊ आउछ
म सबेरै उठछु ऊ पनि सबेरै जाँन्छ
म साँझमा आउछु ऊ पनि साँझमै जान्छ
न म भा बेला ऊ अाँउछ न ऊ भा बेला म हुन्छु
यो कस्तो लुकामारी उसको र मेरो
म उसलाई झुपडिमा डाँक्छु
ऊ क्वाटर र भिआइपी एरिया ताँक्छ
म उसलाई काम गराउन राख्छु
उ जेनेरेटर र इन्भर्टर डाक्छ
यो कस्तो सम्बन्ध जेनेरेटर र इन्भर्टर सँग उसको
हिजो उसले यिनिहरुलाई कसैको घरमा मात्र भेट्दथ्यो
हामिलाई प्रतिक्षालयमा राखि कसैको प्यास मेटथ्यो
आज त झन उसलाई कसैले यिनैको डोलिमा अन्भायो
छिमेकिलाई माया गर्दा हाम्रो काखमा लोडसेडिड. जन्मायो
यो कस्तो विश्वास घात उसको हामि माथि
अब म उ बिना बाच्ने भैसके
उ म बिना छिमेकी सँग नाच्ने भैसक्यो
म उसलाई डिभोर्स गर भन्छु
उ प्राधिकरण आँउ भन्छ
म प्रधिकरण भेट्न जाँन्छु
उ मध्यरातमा भेटौला घर जाँउ भन्छ
म डिभोर्स पेपर माँग्छु
उ दिनमा एक दुई घन्टा म सँग टाइम कटाउछु भन्छ
मेरो मैन सँग माया बसिसक्यो भन्छु
उ झड्केलो जेनेरेटर पठाउछु भन्छ

0 comments to “बिजुली, मलाई डिभोर्स देऊ”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates