Thursday, February 3, 2011

कथा

,
आज म पवित्र तिर्थस्थल देवघाटको एउटा वृद्ध आत्रममा छु । याहा बस्न थालेको पनि पाँच बर्ष बितिसकेछ तर म बुढो भएर याहा आएको हैन । याहा म मात्र एक जना वयस्क हु सबैले कति धेरै माया गर्छन मलाई सबै भन्दा बढि आत्रमको गुरुले मेरो हरेक कुरामा सहयोग गर्नु हुन्छ सानो भन्दा सानो कुरामा पनि धेरै ध्यान पुरयाउनु हुन्छ । यो उहाको माया सरु प्रति हो जस्तो लाग्छ । वाहाले मेरो लागि जे जति गर्नु भएको छ सायद सरु लाई सम्झेर होला । आज मलाई मेरो अतितका ती दिनहरु याद आईरहेछन । म गाँउमा जन्मिएको एउटा केटो जो सधै आफनो कक्षाको पढाईमा फस्ट हुन्थ्यो । फस्ट ब्वाई को अघि पछि सधै साथिहरुको भिड हुन्छ । केटा केटि सबैको तर म बाहिरी रुपमा केहि नभने पनि केटा हरुको भिड भन्दा आफनो वरिपरि केटिहरुको भिड मनपराउथे सायद हरेक केटाहरुलाई यस्तै हुन्छ तर कसैले पनि यो सत्यलाई स्विकारर्न सक्दैनन र म पनि भित्र जे जस्तो चाहे पनि बाहिर त सधै अनुसासित हुन्थे । हरेक केटि जो मेरो नजिक आउथिन म सँग कुराहरु गर्थिन मेरो मनले उनलाई मनपराउन थालि हाल्थ्यो उनलाई लिएर म सपनाको दुनियामा धेरै टाढा पुगिहाल्थे । यो कुरा मेरो जिवनमा धेरै पटक भयो तर मैले कसैलाई पनि आई लव यु भनिन । कहिले काहि मलाई लाग्दथ्यो कसैलाई त आफनो मनको कुरा भनौ फेरि सोच्दथे यो भन्दा राम्रि केटिको लागि त मेरो जिवनको ढोका सधैको लागि बन्द हुन्छ । होस भन्दिन । म ठुलो भए शहरमा गएर पढन थाले पढाई सकेर जागिर खान थाल्छु यो बिचमा पनि मैले मेरा सहकर्मि मध्ये धेरैलाई मन पराए केहि लाई भने केहि लाई भनिन । कसैसँग अफवेयर पनि भयो कसैले रिजेक्ट पनि गरे । तर मेरो मनले कसलाई खोजिरहेको थियो मलाई नै थाहा छैन । एक दिन मलाई घरबाट आमाको फोन आउछ शिब सानिमा धेरै बिरामि भएकि छ रे त घर आईज हामी सानिमा को मा जऊ न त र म हुन्न ।म पनि कामले गर्दा कहि जान पाएको थिइन सानिमाको नाम सुन्ने बितिक्कै किन किन जान मन लाग्यो त्यसैले एक हप्ताको लागि अफिस बाट छुटिलिएर आमा र म सानिमाकोमा गयौ । हामि पुग्दा सानिमा लाई धेरै सन्चो भैसकेको रहेछ । त्याहा धेरै रमाइलो भयो । पहिलो पल्ट मैले सरुलाई त्यहि गाँउमा देखे उनि असाध्यै राम्रि थिईन सायद उनलाई बनाउने बेलामा भगवान सँग धेरै समय थियो र भगवानले उनलाई फुर्सदमा बनाए का हुन । उनिमा नराम्रो भन्ने केहि कुरा थिएन । मैले सानिमा सँग सरुको बारेमा जान्न खोजे अनि वाहाले भन्नु भयो मेरी छिमेकिकि छोरी हो सबै कुरा राम्रो छ यो केटिको घरमा विवाह गर्न खोजिरहेका छन के तलाई केटि मनपरि यदि विवाह गर्छस भने गर यस्ति केटि पाईनन म कुरा गर्छु उसको बुवा सँग तलाई त दिन्छन पनि । आमालाई पनि सरु मन परिन त्यसपछि सानिमाले उनको बुवा सँग कुरा गर्नु भयो । उनको बुवाले म केटा सँग कुरा गर्छु भन्नु भएछ र उहाँ म सँग कुरा गर्न आउनु भयो उहाको र मेरो बिचमा सामान्य केहि कुरा हरु भए त्यस पछि उहाले घरमा गएर भन्नु भएछ मैले सरुको लागि यस्तै केटा खोजेको हु अब म ढुक्क भए मेरी छोरी लाई लिएर त्यसपछि हाम्रो विवाह भयो । सरु पनि म सँगै काठमाण्डौ आईन । घरमा एक्लै हुने भईन उनि भनेर हामिले सल्लाह गरेर उनि पनि एउटा ट्राभल एजेन्सिमा काम गर्न थालिन ।हाम्रा दिनहरु बडो रमाइलोका साथ बितिहेको थियो । म बढि अफिसको कामले घर बाहिर धेरै जानु पर्दथ्यो त्यसैले गर्दा हामि सँग आआफनै बाईक थियो । सँगै अफिसमा काम गर्ने सरुकि शान्ति नाम गरेकि मिल्ने साथि थिईन त्यो बाहेक उनि सँग अरु केहि थिएन विवाह गरेर आए देखि उनले मलाई एक दिन पनि कहि छोडेर गईनन बरु म नै कहिले काहा कहिले काहा हिडिरहन्थे । काठमाण्डौमा हुदा पनि कहिले अफिसका साथिहरु कहिले मिटिड.कहिले र्र्पािर्ट कहिले के सधै बाहिर हुन्थे बिहान आठ बजे निस्किएको म रातिको आठ बज्दा पनि फकिएको हुदैनथिए । कहिले काहि यो भन्दा छिटो पुग्दथे तर अपवादको रुपमा मात्र । हाम्रो विवाह भएको पनि पाँच बर्ष भईसकेछ । गएको केहि महिना देखि सरुलाई केहि भएको हो कि जस्तो मलाई लागिरहेको थियो । धेरै पटक सोधे तर उनले जवाफ केहि दिईनन खालि केहि हैन र छैन मात्र भनिरहिन । उनि लाई ठुलो चोट परेजस्तो लाग्यो । तर पनि मैले उनको उदासिको कारण पता लगाउन सकेको थिइन । म अफिसको एउटा प्रोगामको लागि पाल्पा गएको थिए त्यसबेला मलाई सरुको मोबाईल बाट कसैले फोन गरो र सोध्यो यो तपाईको मान्छेको मोबाईल हो मैले भने हो उनि मेरी वाईफ हुन अनि उसले भन्यो तपाईको लागि साहै नराम्रो खबर छ आज वाहाको स्कुटर लाई ट्र्रकले हानेछ र वाहा को मृत्यु भैसकेकोछ तपाई जति सक्दो चाडो काठमाण्डौ आउनुहोला म छाँगा बाट झरे जस्तो भए त्यसपछि मलाई के भयो म कसरी काठमाण्डौ पुगे मलाई केहि थाहा छैन । सरु गएपछि मैले आफुलाई धेरै एक्लो पाए काम सकेर घर आउदा सधै उनि घरमा नै हुन्थीन कहिले काहि घर ढिलो आएकोमा झगडा गर्थिन समय नदिएको भनेर रिसाउथिन त्यो भन्दा अरु नराम्रो हाम्रो बिचमा केहि भएन । एक दिन मलाई सरुको सम्झना धेरै आइरहेको थियो र मैले उनको ल्यापटप लिए र खोले उनको मृत्यु भएदेखि अहिले सम्म त्यसलाई मैले छोएको पनि थिइन तर आज हेर्न मन लाग्यो । मैले ल्यापटप लाई खोले त्याहा त मेरो नामको एउटा फोल्डर रहेछ टु शिब भनेर लेखेको थियो । त्यसमा मलाई उनले धेरै लेटर हरु लेखेर छोडेकि रहिछन मैले सबै पढे तर एउटा लेटर पढे पछि चाहि म शक भए मैले आज सम्म उनको मृत्यु लाई एक्सिडेन्ट सम्झेको थिए तर उनले त आत्मा हत्या पो गरेकि रहिछन । उनले लेखेकि थिईन प्रिय शिब
म तिमिलाई धेरै माया गर्छु तिमि बिनाको जिवन म कलपना पनि गर्न सक्दिन । मैले तिमि माथि आखा बन्द गरेर विश्वास गरे तर तिमिले मलाई धोका दियेउ ।तिमि कामको लागि धेरै ठाँउहरु गएउ त्याहा भेट भएका हरएक केटि लाई तिमिले फेस बुकको माध्यम बाट फ्रेड रिक्वेस्ट पठायौ फ्रेड बनायौ र उनिहरु सँग च्याटमा रमायौ । तिम्रा यसरी रमाउने धेरै केटि साथिहरु भए र उनिहरु सँग तिमिले हरेक मर्यादालाई भुल्यौ र च्याटमा रमायौ । सायद यो कुरा तिमिलाई थाहा थिएन गएको छमहिना देखि मैले तिमि माथि नजर राख्न थालेकि थिए मलाई तिम्रा केहि कुरा हरु प्रति शंका लागेर यसो गर्न थालेकि थिए तर त्यसको बदलामा मैले तिम्रा यस्ता सबै कुरा हरु थाहा पाए । तिमि को सँग कस्तो लेवलको कुराहरु गर्छौ तिम्रा ति हरेक कुरा कति पटक म आफैले तिम्रा केहि च्याटमा बसेर हेरे तिमिले पक्कै पनि बुझयौ होला । इमेल बाट कतिलाई कफि र लन्च सँगै खान बोलायौ र खायौ तिम्रो मोवाईलको म्यसेजका त झन के कुरा गर्नु मैले तिम्रा ति सबै कुरा हरु थाहा पाए तिमिलाई लाग्यो होला मैले बाहिर जे गरे पनि तिमिलाई माया गरिनै रहेको थिए तिमिलाई दुख दिएको थिइन । ति त मेरा पर्सनल कुरा हरु हुन बाहिर त लोग्ने मानिसले के के गर्छन के के नि खालि तिमिलाई दुख नदिए भएन ।तर शिब म र अरुमा यहि फरक छ म मेरो मान्छे केवल मेरो हुनुपर्छ र म प्रति इमान्दार अरु त मैले तिमि सँग केहि मागेकि नै छैन। धेरै सोचे यो कुरालाई लिएर तिमिलाई छोडेर कतै जउ तर बुवाको कारण यो म गर्न सक्दिन किनकि तिमि मेरो लागि भनेर रोज्ने मेरो बुवा हो । उहा तिमि माथि धेरै विश्वास गर्नु हुन्छ मैले तिमिलाई छोडेको घटना उहाँको मृत्युको कारण हुन सक्छ यो तिमिलाई पनि राम्ररी थाहाछ साथै तिम्रो घरमा पनि ठुलो चोट पर्छ । साथै बदनामि अरु धेरै कुराहरु सँगै आउछन त्यसैले मैले धेरै सोचे र यो निणर्य गरे जसको कारण म सजिलै मर्न सके मैले आफैले मेरो स्कुटर त्यो ट्रकको मुनि लगेकि हुँ यसमा त्यो ड्र्रइभरको केहि दोष छैन तिमि उसलाई केहि नगर र प्रहरीमा गएर उसलाई छुटाईदेउ है। मैले मेरो इन्सुरेन्स गरेकि छु यो सबै कुरा शान्तिलाई थाहाछ उसलाई मैले इमेलमा सबै कुरा लेखेकि छु उसले तिमिलाई अवश्य सहयोग गर्नेछे ।
सरु
यो पढेपछि त म पुरै खालि जस्तो पो भए यो सबको कारण म आफै पो रहेछु म सरुको हत्यारा पो रहेछु । यो सबकुराले गर्दा मैले राम्ररी काम गर्न सकिरहेको थिईन सरुका हरएक कुरा दिमाखमा एनि टइम घुमिरयो । एक दिन शान्तिले फोन गरिन शिब सरुको इन्सुरेन्सको पैसा लिनुछ त्यहा तिमि चाहिन्छ प्लीज हिडन है मलाई जान मन छैन भने तर शान्तिले मानिनन र म जानु परयो तर त्यो पैसा मैले लिन मानिन र शान्ति सँग नै छोडिदिए यसै गरि दिनहरु बितिरहेको थियो एक दिन धेरै कुराहरु मनमा खेलाउदै बाइकमा जादै थिए एक्कसि मेरो बाईक गएर एउटा गाडिमा ठोक्किन पुग्यो र मेरो एक्सिडेन्ट भयो जसको परिणाम म अपाहिच भए मलाई कसैको साहारा चाहिने भयो । मैले आफुले कमाएको जति सबै उपचारमा सके यो अवस्थामा म एक्लो भए मलाई कसैले पनि साथ दिएनन। मानिसहरु कति स्वार्थी हुदारहेछन मलाई यतिबेला आभास भो । छमहिनाको अस्पताल बसाई पछि अब म काहा जाने मलाई नै थाहा थिएन सबैले मलाई बेकार भनेर छोडिसकेका थिए। त्यतिक्कैमा मैले शान्तिलाई मेरो अगाडि पाए उनि मलाई लिन भनेर त्याहा आएकि रहिछन उनले मलाई भनिन शिब देवघाटमा सरुको गुरुले आत्रम खोल्नु भएको छ मैले वाहालाई सबै कुरा भनेर तिमिलाई त्याहा बस्ने मिलाई दिएकि छु तर सरु र तिम्रो बिचको सत्यकुरा कहिल्यै कसैसँग नभन्नु है मैले भनेको कुुरा तिमिले बुझयौ हैन । मैले सरुको इन्सुरेन्सको पैसा बाट केहि तिम्रो लागि राखिदिएकि छु तिम्रो नाममा बाकि सबै आत्रमको नाममा दिए तिम्रो लागि भनेर तिमि बाचुन्जेल त्याहा बस्न सक्छौ । शान्तिले यति भनेर मलाई आत्रम पुरयइदिईन । त्यस दिन देखि म यहि आत्रममा छु । गुरुले सरुको बारेमा धेरै कुराहरु सुनाउनु हुन्छ उनि यस्ति थिइन उस्ति थिईन धेरै कुराहरु जुन कुरा मैले उनि मेरो जिवनमा हुदाँ कहिल्यै पनि जान्ने र बुझने प्रयास नै गरिन ।

0 comments to “कथा”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates