Wednesday, February 2, 2011

विवाह र समझदारी

,
विवाहलाई धेरैले सम्झौता मान्छन् । यथार्थमा विवाह बाध्यताको सम्झौता नभै समझदारीमा जीवन जिउने कला हो । शब्दको पछि नलागेर विवाहलाई सम्झौता नै मान्ने हो भने पनि 'सम्झौता' आफैमा नराम्रो हुँदैन । एक्लाएक्लै बाँचेका अधुरा दुई पक्ष एक भै पूर्णताको अभ्यासमा लागिपर्छन् भने त्यसमा नराम्रो के छ ? सबै काम, दायित्व र निर्णय हिजोसम्म एक्लाएक्लै गर्ने दुई पक्ष विवाहपछि आपसी सहमति, सल्लाह र समझदारीमा काम गर्छन् भने त्यसमा नराम्रो के भयो र ? विवाहपछि स्वतन्त्रता गुम्छ भनिन्छ । विवाहसँगै गुम्ने कुराको समीक्षा गर्नुपूर्व योसँगै प्राप्त उपलब्धिको पनि सम्झने कि ? विवाहपछि हामी नयाँ जीवन पाउँछौं । जीवनभरको साथी पाउँछौं । विश्वास, माया र भरोसा पाउँछौं । विवाहपछि केही जिम्मेवारी बढ्लान्, सँगै जिम्मेवारी पूरा गर्न आधा भूमिका खेल्ने सहयात्री पनि पाएका हुन्छौं । विवाहलाई 'दलदल' भन्छन् कतिपयले, सही हो । स्मरणरहोस्, कमल दलदलमै फुल्छ । कमल फुलाउन सक्नु-नसक्नु अर्को कुरा !

मायालुको आगमनको कल्पना मात्रले पछ्यौरी वा साडीको सप्को लहराउने, रिमझिम वषर्ा हुने कुरा वास्तविक जीवनमा त नहोला । एरेञ्ज वा लभ, जुनसुकै तरिकाले विवाह गरेका जोडीहरूले पूरा समझदारीमा काम गरे जीवन कल्पना गरिएभन्दा सुन्दर, आकर्षक र व्यवस्थित हुन सक्छ । 'सोचेजस्तो हुन्न जीवन' भन्नु सत्य हो । जीवन धेरै विगि्रएर 'सोचेजस्तो हुन्न जीवन' भन्नुभन्दा जीवन धेरै सपि्रएर 'सोचेजस्तो हुन्न जीवन' भन्नुमा आनन्द छ ।

0 comments to “विवाह र समझदारी”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates